ठाकुर राम बहुमुखी क्याम्पसमा दुइ वटा बम विस्फोट, ८ जना घाइते

Posted on
  • Mar 19, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ चैत/ ठाकुर बहुमुखी क्याम्पस वीरगंजको स्ववियु निर्वाचन स्थल बाहिर आज दुइ वटा बम विस्फोट हुंदा ८ जना घाइते भएका छन् ।
    आज बिहान १०ः४० बजे नेपाल बैंक क्षेत्रीय कार्यालय नजिकै रहेको स्ववियु निर्वाचन क्याम्प नजिकै बम विस्फोट भएको थियो भने त्यसको केही समयपछि पुनः क्याम्पस हाता नजिकै दोस्रो बम विस्फोट भएको थियो ।
    पहिलो बम विस्फोटमा परी र्सलाहीका सुधीर साह, कविन्द्र यादव, रंजितकुमार, उपेन्द्र यादव, वीरभूषण यादव, अनिल चौधरी, हरिकृष्ण चौधरी, विकास श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये दुइजना गम्भीर अवस्थामा रहेका छन् ।
    घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
    ठाराब क्याम्पसमा हुन लागेको स्ववियुको निर्वाचन १० बजेदेखि सुरु भएको छ । कूल विद्यार्थी मतदाता ७ हजार ६ सय ७२ रहेका छन् भने उम्मेदवारहरु १४० जना रहेका छन् ।
    त्यसैगरी आज भइरहेको चिकित्सा शास्त्र अध्ययन संस्था बिर्ताको स्ववियु निर्वाचन ११ बजेदेखि सुरु भएको छ भने निर्वाचन प्रक्रिया सांझ ५ बजेसम्म चल्ने बताइएको छ ।
    उक्त क्याम्पसमा १२० जना मतदाता रहेका छन् । १४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । जसमध्ये ७ जना नेविसंघ तर्फर ७ जना अखिल क्रान्तिकारर्ीतर्फबाट उम्मेदवारी दिएका छन् । यसैवीच आज पनि नेविसंघका दर्ुइ समूह -नविन सिंह) र -संतोष सिंह) समूहहरू ठाराब क्याम्पसमा अनसनमा बसेका छन्।
    बम विस्फोटपछि वीरगंजको आदर्शनगर र माइस्थान क्षेत्रका सम्पर्ूण्ा पसल, बजारहरु बन्द भएका छन्।
    त्यसैगरी बुधवार सांझ ६ः१५ बजे वीरगंजको व्यस्त बजार माइस्थान मन्दिर नजिकै बम विस्फोट हुंदा आठ जना घाइते भएका छन्।
    बम विस्फोटबाट बाराको स्रि्रौनगढ निवासी सुमितकुमार जैसवाल, र्सलाहीको भक्तिपुर लालबन्दी घर भएका बसन्त लामा र वीरगंज रामटोल निवासी लडडु साह गम्भीर घाइते भएका छन् भने वीरगंज, विर्ता-४ निवासी ७२ वषर्ीय वृद्ध निर्मला गौतम, वीरगंज -९ निवासी सीमा दुबे, मुन्ना देवी, भारतको रक्सौल निवासी धर्मेन्द्र शर्मा घाइते भएका छन्।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु उपचार पछि घर फर्किसकेका छन्।
    बम विस्फोटको जिम्मेवारी अखिल जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका नगर इन्चार्ज बताउने बिस्फोट बीले लिएको स्थानीय संचारमाध्यमले जनाएको छ।
    यसअघि पनि सोही स्थानमा पटक-पटक बम विस्फोट भएको थियो।

    0 comments: