एम्बुलेन्स चालकहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र प्रभावित

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २६ फागुन/ एम्बुलेन्स चालकहरु अनिश्चितकालीन आन्दोलनमा आज दोस्रो दिन पनि सम्पर्ूण्ा कामकाज ठप्प पारेर सडकमा उत्रिएपछि स्वास्थ्य क्ष्ँेत्र प्रभावित भएको छ।
    आज पनि वीरगंजको घण्टाघरमा दुइ दर्जनभन्दा बढी एम्बुलेन्स सडकमा तर्ेसाएर चालकहरुले दोषीलाई कारबाही नभएसम्म सडक अवरुद्ध गरेका छन्। यसबाट पर्सा, बारा, रौतहट, र्सलाहीलगायतका स्थानीयवासीहरु पीडित भएका छन्। विरामीले सही समयमा उपचार नभए ठूलो जनधनको क्षति हुने निश्चित छ।
    गत फागुन २३ गते नारायणी उपक्षेत्रीय अस्पतालबाट चन्द्रनिगाहपुरमा विरामी लिएर गएको केडिया आ“खा अस्पतालको एम्बुलेन्स र अन्य एम्बुलेन्समाथि थारू पर््रदर्शनकारीहरूले ढुंगामुढा गरी क्षति गराएको विरोधमा पर्सर्ााजल्लामा संचालित भारतीय नम्बर र नेपाली नम्बरका ४० वटा भन्दा बढी एम्बुलेन्स घण्टाघरमा तर्ेसाइ सडक अवरूद्ध गरी चालकहले क्षतिपर्ूर्ति र उचित कारबाही नभएसम्म सवै एम्बुलेन्स सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।
    चालकहरूले तोडफोडको क्षतिपर्ूर्ति, एम्बुलेन्स चालकहरूमाथि हातपात गर्नेहरूलाई कारबाही नगरेसम्म एम्बुलेन्स सेवा संचालन नहुने जानकारी गराएको छ । स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएको लगत्तै सम्पर्ूण्ा एम्बुलेन्सका चालकहरूले आ-आफ्नो एम्बुलेन्स घण्टाघरमा आज दोस्रो दिन पनि तर्ेसाएर सडक अवरूद्ध गरेका छन् ।
    विरामी ओसार्ने एम्बुलेन्स जस्तो संवेदनशील सेवाको गम्भीरता र अपरिहार्यतालाई थारू आन्दोलनकारीहरूले नबुझ्दा एउटा विषम परिस्थिति सिर्जिएको छ । थारू आन्दोलनलाई अराजकतातर्फ उन्मुख गराउन खोजिएको छ । आन्दोलन हांक्ने नेताहरू एम्बुलेन्स सेवा अनिश्चितकालीन बन्द र सडक अवरूद्ध भएकोतर्फअबिलम्ब माफी मांगी सेवा संचालनमा सहयोग पुर्‍याउन र आन्दोलनलाई शान्तिपर्ूण्ा बनाउन स्वतन्त्र बुद्धिजीवीहरूको सुझाव रहेको छ।

    0 comments: