नारायणहिटी संग्राहलय हेर्न दर्शकहरुको भीड

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २६ फागुन/ शाहवंशीय राजतन्त्र समाप्त भइ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि खुला गरिएको नारायणहिटी दरबार संग्राहलय अवलोकन गर्न दैनिक नरनारी र विदेशी नागरिकहरूको भीड लाग्ने गरेको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि दिउंसो ३ बजेसम्म अवलोकनका लागि टिकट काट्ने व्यवस्था भए पनि टाढा-टाढाका मानिसहरू टिकट काट्न बिहान सबेरैदेखि लाइनमा बस्ने गरेका छन्।
    प्रत्येक दिन ५ सय जनालाई मात्र अवालेकनको व्यवस्था नेपाल सरकारले गरेकोले लाइनमा बसेर पनि टिकट नपाउंदा ५ सय भन्दा बढी मानिसहरू अवलोकन नगरी र्फकन विवस भएका छन्। टिकट दर नेपाली विद्यार्थीहरूका लागि रू २० र नेपाली नागरिकलाई १००, र्सार्क मुलुक र चीनका नागरिकहरूका लागि २५० र अन्य देशका लागि रू ५ सय टिकट दर कायम गरिएको छ। एकपटकमा ३० जनाको समूहले मात्र अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । नारायणहिटी दरबार संग्राहलय अवलोकन गर्न नेपाली नागरिक तथा विदेशी नागरिकहरूको ठूलो अभिरूचि रहेको छ तर दैनिक ५ सय भन्दा बढीले अवलोकन गर्न नसक्ने भएपछि अवलोकनको चाहना लिएर लाइनमा बस्नेहरू निराश भएका छन्।

    0 comments: