व्यापारी, समाजसेवी गिरधारीलाल लाठको निधन

Posted on
  • Feb 6, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ माघ/ वीरगंजको प्रतिष्ठित व्यापारी एवं समाजसेवी गिरधारीलाल लाठको ७३ वर्षो उमेरमा निधन भएको छ ।
    गए राति ११ बजे वीरगंज, आदर्शनगरस्थित निवासमा उहांको निधन भएको हो ।
    श्वास प्रश्वास लगायत विभिन्न रोगको प्रकोपले गर्दा विरामी भइ थला परेर महिनौंदेखि घरमै उपचार गराइ आइरहेका थिए ।
    वि.सं. १९९७ साल कात्तिक एकादशीका दिन वीरगंजमा सामान्य परिवारमा जन्मनुभएका गिरधारीलाल लाठले आप\mनो जीवनलाई र्सार्थक बनाएर २०६५ माघ २३ गते कृष्णपक्ष एकादशीकै दिन यस पृथ्वीमा आप\mनो भौतिक शरीर त्याग गरेर स्वर्गारोहण हुनुभएको छ ।
    ६९ वर्षो उमेरमा स्वर्गारोहण हुनुभएका गिरधारी लाल लाठको चार छोरा धु्रव लाठ, ओमप्रकाश लाठ, गोपाल लाठ र दिपक लाठ, तीन छोरी र धर्म पत्नि विद्या देवी लाठ हुनुहुन्छ ।
    महावीर रोडस्थित आफनो निजी लाठ निवासमा दिवंगत हुनुभएका गिरधारी लाल लाठको मृत्युको खबर सुन्नासाथ स्तब्ध हुंदै गिरधारी लाठको मृत्युको खबर सुन्नासाथ स्तब्ध हुंदै वीरगंजका सामान्य नागरिकदेखि प्रतिष्ठित व्यक्तिहरु घरमा भेला भएका थिए ।
    निजी निवास लाठ गल्लीबाट सुरु भइ वीरगंजको श्मशानघाटमा पुगेको शबयात्रामा र्सवसाधारण व्यक्तिदेखि समाजमा विशेष भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरुको उल्लेखनीय रुपमा सरिक थिए ।

    शहीद सिजनको सम्झनामा फलफूल वितरण

    वीरगंज, २४ माघ/ चार वर्षअगाडि शाही नेपाली सेनाद्वारा गैर न्यायिक हत्या गरिएका वीरगंज-१४ रानीघाटका नेकपा माओवादी पर्सर्ाांगठन समितिका सदस्य, जनमुक्ति सेना नेपाल भोजपुरा बटालियनका भाइस कमाण्डर शहीद क. सिजनराज पाण्डे ँप्रभात’ को सम्झनामा परिवारहरुको तर्फाट वीरगंजमा अवस्थित विभिन्न मठ मन्दिरमा रहेका पूजारी, साधुबाबा र असहाय व्यक्तिहरुमा यथाशक्य फलफूल र रुपिया आज वितरण गरिएको छ ।
    २०६५ साल माघ २४ गते सिजनराज पाण्डे ँप्रभात’ को शाही नेपाली सेनाद्वारा रौतहट जिल्लाको पचरुखी गाविस छतिवनमा भूमिगत जीवनको अवस्थामा गैरन्यायिक हत्या भएको थियो । हत्या भएको दिन परिवारजनहरुले रानीघाट मठ, कुमारी माइ, गहवा माइ, गीता मन्दिर,कालीमन्दिर,विर्तामाइ, हनुमान मन्दिर, अलखियामठमा रहेका पूजारी, ब्राह्मण, जोगीबाबा र असहाय व्यक्तिहरुमा सिजनको सम्झनामा फलफूल र रुपिया वितरण गरेका हुन् ।

    नेशनल मेडिकलका स्वास्थ्यकर्मीद्वारा कोणसभा

    वीरगंज, २३ माघ । विभिन्न २१ बु“दे मांग राख्दै आन्दोलनरत नेशनल मेडिकल कलेज वीरगंजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले बजार परिक्रमा गरी कोणसभा गरेको छ ।
    आज वीरगंजबाट निस्किएको स्वास्थ्यकर्मी श्रमिकहरूले बजार परिक्रमा गरी उद्योग वाणिज्य संघ अगाडि कोणसभामा परिणत भएको हो । कोणसभामा श्रमिक संघ इकाइ समितिका अध्यक्ष संजीव यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    र् कर्मचारी र स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन हडतालमा उत्रिएपछि कलेज व्यवस्थापन पक्षले आकस्मिक बाहेक सबै सेवा बन्द रहने सूचना जारी गरेको छ ।

    सदभावनाको कार्यकर्ता भेला

    वीरगंज, २४ माघ/ सदभावना पार्टर्ीीमहतो समूह) पर्सर्ाा आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमको आयोजना गर्‍यो ।
    प्रमुख अतिथि सो पार्टर्ीी केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले वर्तमान राजनीतिक परिवेश एवं मधेशको विषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा अतिथि सहअध्यक्ष लक्ष्मणलाल कर्ण्र्ाा विधान संगठन एवं देशको संविधानको विषयमा प्रकाश पार्नुभएकोथियो ।
    त्यसैगरी सहमहासचिव अनिलकुमार झाले नेतृत्व विकासको सर्न्दर्भमा प्रकाश पार्नुभएको थियो भने सह महासचिव सुन्दरप्रसाद कर्ुर्मीले मधेशको यथार्थताको विषयमा प्रकाश पार्नुभएको थियो । केन्द्रीय सदस्य गया पासवान, प्रचारप्रसार प्रमुख शिव पटेलसमेतले मन्तव्य राख्नुभएको सो कार्यक्रममा पार्टर्ीीार्यकर्ताहरूलाई ६ जना व्यक्तिहरूले प्रशिक्ष्ँण दिनुभएको थियो ।
    सदभावना जिल्ला कार्यसमिति पर्सर्ााे आयोजनामा सम्पन्न सो कार्यक्रमको संचालन जिल्ला सचिव राजेश साहले गर्नुभएको थियो ।

    माघ २५ र २६ गते तर्राई बन्दको आह्वान

    काठमाडौं, २४ माघ/ थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले माघ २५ र २६ गते तराइ बन्दको आह्वान गरेको छ ।
    आज थारू कल्याणकारिणी सभाले एक प्रेस विज्ञप्ति जारी गरी पहाडी मधेशी, हिन्दूवादी, ब्राम्हणवादी षडयन्त्रका विरूद्ध एकजुट हुन आह्वान गर्दै नेपाल सरकारले बलजफ्ती रूपमा अध्यादेश ल्याएर तर्राईका थारू लगायतका आदिवासी समुदायको हक अधिकार मधेशी समुदायलाई जिम्मा लगाउने प्रयत्न गरिरहेको आरोप लगाएको छ । विज्ञप्तिमा अध्यादेश जारी गरी सरकारी सेवा तथा रोजगारीमा आरक्षण दिंदा तर्राईका आदिवासी समुदायलाई मधेशी वर्गमा राख्ने सरकारले तयारी गरिरहेको बताउंदै यसबाट चिन्तित हु“दै थारू कल्याणकारिणी सभाले आन्दोलनको घोषणा गरिसकेको उल्लेख छ । रोजगारीमा आरक्षण दिंदा थारू तथा तर्राईका अन्य आदिवासी समुदायले पाउनर्ुपर्ने सुविधा मधेशी समुदायले एकलौटी रूपमा पाउने स्पष्ट रहेको भन्दै विगतमा पनि तर्राईका आदिवासी समुदायलाई मधेशी समुदाय अर्न्तगत राखेर सरकारले आदिवासी समुदायले पाउनर्ुपर्ने सेवा सुविधा तथा राजनीतिक अधिकार मधेशी समुदायलाई दिदै आएको दाबी गरेको छ ।
    विज्ञप्तिमा सरकारले तर्राईका आदिवासी समुदायको हक अधिकार मधेशी समुदायलाई दिने, उनीहरूले पाउनर्ुपर्ने आरक्षण मधेशी समुदायले खान पाउन् भनी जुन षडयन्त्र गरिरहेको छ त्यसका विरूद्ध थारू कल्याणकारिणी सभाले माघ २५ र २६ गते तर्राई वन्दको आव्हान गर्दै तर्राई बन्दलाई सफल पारी तर्राईका आदिवासीहरूको हक अधिकार समाप्त पार्ने षडयन्त्रलाई परास्त गर्न अपील गरेको छ ।
    तर्राईका थारू लगायतका आदिवासी समुदायले विगतदेखि नै पहाड र तर्राईको हिन्दूवाद, ब्राम्हणवाद एकै हो भन्दै आएको छ । यस क्रममा अहिले तर्राई र पहाडका ब्राम्हणवादीहरू एक जुट भएर तर्राईका आदिवासीहरूका विरूद्ध जाइलागेका छन् । तर्राईका आदिवासीहरू सबैलाई आफ्नो पाइताला मुनी ल्याउने उद्देश्यले मधेशी हिन्दूवादी ब्राम्हणवादी र पहाडे खस ब्राम्हणवादीहरूले अहिले अध्यादेश मार्फ षडयन्त्र गरेका छन् । पहाडी र मधेशी ब्राम्हणवादी हिन्दूवादीहरूको संयुक्त गठवन्धन षडयन्त्रका विरूद्ध आव्हान गरेको तर्राई बन्दमा साथ दिन सम्पर्ूण्ा महानुभावहरूमा अपिल गरेको उल्लेख छ ।
    भोलीदेखि हुने तर्राई बन्दका लागि आवश्यक सम्पर्ूण्ा तयारी पूरा गरिएको बताउ“दै बन्दका क्रममा उद्योगधन्दा, कलकारखाना, बजार, शैक्षिक संस्था, यातायात बन्द गर्न अनुरोध गरेको छ । एम्बुलेन्स, प्रेसका सवारी साधन तथा अन्य आकस्मिक भनी परम्परागत रूपमा किटान गरिएका सवारी साधनलाई भने निर्वाध चल्न दिइने बताइएको छ ।
    तर्राईका सबै आदिवासी, मुस्लिम तथा अल्पसंख्यकलाई अध्यादेश मार्फ आरक्षणका नाममा समाप्त पार्ने पहाडी, मधेशी, हिन्दू ब्राम्हणवादी संयुक्त षडयन्त्रका विरूद्धमा बन्दको आह्वान गरेको थारू कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखीले जनाएका छन् ।

    ऋषि धमलालाई फसाउने षड्यन्त्र-कोइराला

    काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई फसाउन सुनियोजित षड्यन्त्र भइरहेको बताएका छन् ।
    आज संयुक्त राष्ट्रसंघका प्रतिनिधिसहितको ९ सदस्यीय अन्तर्रर्ााट्रय मिसन टोलीसंगको भेटमा उनले प्रेसमाथि आक्रमणको शृंखला चलिरह“दा धमलामाथि षड्यन्त्र भइरहेको बताएका हुन् । भेटका क्रममा रहेका नेपाल पत्रकार महासंघका एक पदाधिकारीले भन्नुभयो, ँकांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ऋषि धमलाको गिरफ्तारीलाई गम्भीर रूपमा लिंदै फसाउने षड्यन्त्र भएको बताउनुभयो ।’ कोइरालाले प्रेसमाथि एकपछि अर्को आक्रमण भएको, माओवादी नेतृत्वको सरकारनै प्रेसविरूद्ध लागेको बताउंदै लोकतन्त्रको घांटी निमोठ्न प्रेसमाथि आक्रमण भइरहेको बताएका थिए ।
    कोइरालाले आफू प्रेसमाथिको आक्रमणलाई चुपचाप सहन नसक्ने बताएका थिए । संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहितको ९ सदस्यीय अन्तर्रर्ााट्रय मिसन टोलीले कोइरालासंग नेपालको प्रेसको अवस्थाबारे छलफल गरेको थियो । टोलीमा आइ एफ जे, आर्टिकल १९, आईपीआई, रिपोर्टस विदआउट बोर्डस, युनेस्को, वर्ल्ड पे्रस प्रिmम लगायतका संघसंस्थाका प्रतिनिधिहरू सहभागी छन् । प्रहरीले रणवीर सेनासंग सम्बन्ध रहेको आरोप लगाउंदै धमलालाई तीन दिनअघि क्लबको पुतलीसडकस्थित कार्यालयबाटै गिरफ्तार गरेको थियो ।

    रिपोर्र्टर्स क्लब नेपालमा प्रहरी प्रवेश

    काठमाडौं, २४ माघ/ रिपोर्र्टर्स क्लब नेपालमा प्रहरी प्रवेश गरी खानतलासी गरेको छ । आज दिउ“सो एक बजे सिंहदरबारबाट खटिएको प्रहरीले खानतलासी गरेको हो । पर्ूर्जीसहित आएका प्रहरीले खानतलासी गरेका हुन् । यसैवीच रिपोर्र्टर्स क्लब नेपालले प्रहरीद्वारा खानतलासीको घटनालाई भर्त्सना गरेको छ ।
    विज्ञप्तिमा रिपोर्र्टर्स क्लब नेपालमा प्रहरी प्रवेश गरी केही सामाग्री लगेको छ । छानविनका लागि भन्दै क्लबको लेडरप्याड, अध्यक्ष ऋषि धमलाको भिजिटिङ कार्ड, रसिद प्याड र रर्ेकर्डर लगेको छ ।
    महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाबाट सादा पोशाकमा आएका प्रहरीले दिउंसो प्रवेश गरी खानतलासी गरेको हो । खानतलासी लगत्तै संचारकर्मीहरू क्लबमा आइपुगेका थिए ।
    नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रमेश बिष्ट, प्रेस काउन्सिलका शिव लम्साललगायत क्लबमा आई खानतलासीको भर्त्सना गरे ।
    बिष्टले संचारसंस्थामाथि प्रवेश गरी खानतलासी गर्नुलाई प्रेसलाई आतंकित बनाउने राज्यको नियत भन्दै आलोचना गरे । क्लबमाथि सुनियोजित आक्रमण गरेर राज्यले प्रेसका अधिकारलाई कुण्ठित पार्ने षड्यन्त्र गरेको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

    दश वर्षभत्र मुलुकमा सञ्चार क्रान्ति हुने

    मकवानपुर, २४ माघ/ सूचना तथा सञ्चारमन्त्री कृष्ण्ँबहादुर महराले दश वर्षभित्र मुलुकमा सञ्चार क्रान्ति हुने बताउनु भएको छ ।
    आज हेटांैडामा आयोजित तेश्रो मध्यमाञ्चलस्तरीय क्यान इन्फोटेक मेलाको उद्घाटन गर्दै मन्त्री महराले योजना महत्वाकांक्षी भए पनि सूचना प्रविधिका क्षेत्रमा एक वर्षमा आएको परिवर्तनले क्रान्ति सफल हुने संकेत गरेको दाबी गर्नुभयो ।
    कार्यक्रममा मन्त्री महराले लोडसेडिङ र गुण्ँस्तरमा जोड नदिइएका कारण्ँ नेपाल टेलिकमको सेवामा समस्या आइरहेको उल्लेख गर्दै निजीक्षेत्रस“ग सहकार्य गरी समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाण्ँिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सूचना प्रविधिले व्यापार व्यवसायमा समेत सहयोग पुर्‍याउने भएकाले यससम्वन्धी मेलाहरूको निरन्तरतामा जोड दिनुभयो । यही माघ २७ गतेसम्म चल्ने मेलामा एक सय वटा स्टलहरू राखिएका छन् ।

    0 comments: