नेशनल मेडिकलका स्वास्थ्यकर्मीद्वारा कोणसभा

Posted on
  • Feb 6, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ माघ । विभिन्न २१ बु“दे मांग राख्दै आन्दोलनरत नेशनल मेडिकल कलेज वीरगंजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले बजार परिक्रमा गरी कोणसभा गरेको छ ।
    आज वीरगंजबाट निस्किएको स्वास्थ्यकर्मी श्रमिकहरुले बजार परिक्रमा गरी उद्योग वाणिज्य संघ अगाडि कोणसभामा परिणत भएको हो । कोणसभामा श्रमिक संघ इकाइ समितिका अध्यक्ष संजीव यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कर्मचारी र स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन हडतालमा उत्रिएपछि कलेज व्यवस्थापन पक्षले आकस्मिक बाहेक सबै सेवा बन्द रहने सूचना जारी गरेको छ ।

    भारत तथा श्रीलंकाबीचको तेश्रो एक दिवसीय प्रतियोगिता

    तुलसा बस्नेत
    मकवानपुर, २४ माघ/ पाहुना टोली भारत श्रीलंकाबिरुद्धको पा“च म्याच श्रृंखला क्लिनस्वीप गर्ने महत्वाकांक्षातर्फअघि बढेको छ ।
    गए राति कोलम्बोमा सम्पन्न चौथो एक दिवसीय म्याच पनि ६७ रनले जितेपछि घरेलु मैदानमा श्रीलंकालाई हवाइट वास गर्ने भारतको चाहना चुलिएको हो ।
    टस जिती पहिला ब्याटिङमा उत्रिएको भारतले गौतम गम्भीरको र्सवाधिक १५० रनको योगदानमा पुरै पचास ओभरमा ५ विकेट गुमाएर ३३२ रन बनाएको थियो । जवाफमा श्रीलंका ४८ ओभरमा अल आउट हुनुअघि २६५ रनमा अल आउट भएपछि जित भारतको पक्षमा गएको हो ।
    पांच म्याचको श्रृंखला पाहुना टोली भारतले जितिसकेको अवस्थामा श्रीलंकाका लागि बांकी म्याच जित्नु प्रतिष्ठाको विषय थियो । पांच म्याचको श्रृंखला ४-० ले भारतको पोल्टामा गैसकेकोले अव बांकी म्याच जित्नु श्रीलंकाका लागि लाज जोगाउनका लागि मात्रै हुनेछ ।

    आहा गोल्डकपको सातौ संस्करण

    पोखरा, २४ माघ/ पोखरामा जारि सातौं आहा गोल्डकपको फाइनल टोलीको छिनोफानो भएपछि आज पोखरामा मैत्रीपर्ूण्ा म्याच भएको छ । आज कास्कीमा रहेका पर्ूव फूटबल खेलाडी र सहारा युकेका भेट्रान्स खेलाडीबीच मैत्रीपर्ूण्ा म्याचले पोखरेलीहरुमाझ फुटबलको क्रेज झन् बढ्ने अपेक्षा गरिएको छ ।
    हिजो सम्पन्न अन्तिम सेमिफाइनलमा पाहुना टोली सहारा यू केलाई ० का बिरुद्ध ४ गोलले पराजित गर्दै आर्मी क्लबले फाइनल यात्रा तय गरेको थियो । आर्मीले भोलि शनिवार हुने फाईनल खेलमा अर्काे बिभागीय टोली पुलीस क्लबको सामना गर्ने छ ।

    अपहरणमुक्त गर्न माग गर्दै सडकखण्ड अवरुद्ध

    -प्रकाश खतिवडा
    सप्तरी, २४ माघ/ पांच दिनअघि अज्ञात समूहले अपहरण गरि बेपत्ता बनाएका सप्तरी रायपुर २ का व्यापारी बैद्यनाथ साहलाई अपहरण मुक्त गर्न मांग गर्दै सप्तरीका व्यापारीहरुले आज विहानैदेखि रुपनी सडकखण्डमा चक्काजाम गरेका छन्।
    चक्काजामका कारण पर्ूव र पश्चिमबाट आएका दजनौ सवारीका साधन र सयौ यात्रु अलपत्र परेको छ ।
    अपहरण गरि वेपत्ता बनाइएका ५५ बषर्ीय व्यापारी साहलाई मुक्त नगरेसम्म चक्काजाम नखोल्ने व्यापारीले चेतावनी दिएका छन् ।
    साहलाई पांच दिनअघि सुतिरहेको अवस्थामा घरबाटै अज्ञात समूहले अपहरण गरि वेपत्ता बनाएको छ । उनलाइ किन र कसले अपहरण गरेको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

    0 comments: