"भ्यालेनटाइन डे" को केही सर्न्दर्भहरु

Posted on
  • Feb 13, 2009
  • by
  • mukesh
  • in

  • - मुकेश बस्नेत

    आज भ्यालेनटाइन डे । अरु चाड पर्वहरुभन्दा विलकुलै पृथक । पश्चिमा मुलुकबाट आयातित यस महोत्सवले अब नेपालीको दशैं, तिहार र अन्य पर्वभन्दा निकै चर्चा बटुलिसकेको छ ।
    विशेषगरी युवा वर्गहरुले यो पर्व निकै उत्साह, उमंगका साथ आ-आफनै ढंगले मनाउने गर्दछन् । आज वीरगंजको घडीअर्वा पोखरी परिसरमा युवा जोडीहरु खचाखच भरिएका हुन्छन् । सिनेमा हल, क्याबिन रेष्टुरेन्ट, बौद्ध बिहार लगायत सुनसान ठाउंहरुमा प्रेमीहरुको जोडीहरु जताततै देख्न पाइन्छ ।
    यस दिन राजधानीको गल्ली, होटल, रेस्टुरा, क्याफे, डांडाकांडाहरुमा युवाजोडीहरुले चुम्माचाटी गरिरहेको देख्न पाएपछि मेरा एक मित्र दंग पर्दै भन्छन्, "कति उदार छ हाम्रो देश, अझैं पांच वर्षछि काठमाडौं अमेरिका बन्ने निश्चित छ ।"
    मेरा एक मित्रसंग भ्यालेनटाइन डेको स्मरण सुनाउन आग्रह गरेपछि उनले धाराप्रवाहमै भन्न थाले- त्यस दिन म पे्रमिकाको गाउंघर नजिकै खेतमा भेट्न गएको थिएं । उनी लुक्दै-छिप्दै आइन्, घण्टौभर कुराकानी गर्‍यौ, यताबाट उताबाट यता कयौं किलोमिटर हिंडे पनि थकाइ लागेन । अचानक मेरो दिमागमा एउटा आइडिया आयो, आंखामा भुसुनो परेको बहाना गरे, उनले मेरो आंखा, हर्ेन केलाउन थालिन् अनि मैले मौकामा चौका मारे, बुझयौं ।
    "के...-" मैले सोधे
    "भ्यालेनटाइन डे" उसले गर्वसाथ भनेपछि बल्ल बुझे यस शब्दको अर्थ ।
    उसको स्मरण सुनेपछि मेरो अर्को परम मित्रलाई सहिनसक्नु भयो र उसले पनि आफनो भ्यालेन स्मरण सुनायो । सुरुमा त मैले उसको भ्यालेन स्मरण बुझन सकिन तर कथा सकिएपछि बल्ल बुझे ।
    उसको लागि केही वर्षअघि आजैको दिन यति महत्वपर्ूण्ा थियो कि खुशीको साध्य नै थिएन । रातभरि नसुतेर जागा भएर सबेरै उठयो, कहिल्यै न नुहाउनेले मयलहरु माडेर नुहायो, भेस्ट, जिन्स लगाएर विदेशी परफयुम दलेर विद्यालय, क्याम्पस नगइ हातमा गुलाब फूल अनि रगतले लेखिएको प्रेमपत्र लिएर बाटोभरि प्रेमिकाको प्रतिक्षा बसेको थियो ।
    अचानक मेरो मित्रको १६-१७ वषर्ीया प्रेयसी आएपछि मित्रले भन्यो- "क.क.क.कि.र.ण."
    "के ...-"
    "भ्यालेनटाइन डेको उपहार त लेउ"
    "लिन्न" प्रेमिको उपहार प्रेमिकाले ठाडै अस्वीकार गरेपछि प्रेमीले प्रेमिकामाथि फूल प्रहार गर्‍यो । प्रेमिकाले प्रतिउत्तरमा जुत्ता प्रहार गर्‍यो । मित्रलाई सही नसक्नु भयो । टाउकोमा बज्रेको जुत्ता बोकु न टोकु भयो । खपिनसक्नु, सहिनसक्नु भएपछि मेरो मित्रले प्रेमिकाको जुत्ता लिएर अहिलेसम्म पनि फरार नै छन्।
    उसलाइ प्रेमिकाको अगाडि भ्यालेनटाइन डेले भिलेन -खलनायक) बनाएको थियो ।
    मित्रहरुको स्मरण सुनेपछि तेश्रो मित्रले भ्यालेनटाइन डे स्मरण सुनायो । उ मख्खीचुस थियो त्यसैले प्रेम गर्न अलि कञ्जुस्याइ गथ्र्यो । बरु इन्टरनेटमा एकसेएक ग्रिटिङ कार्डहरु सित्तैमा पाइन्छ । किन पसलमा गएर महंगो ग्रिटिङ किन्नु पर्‍यो । अनलाइनमा एकसेएक प्रेमिकाहरु पाइन्छ, गफहरु गर्न पाइन्छ, किन प्रेमिका खोज्दै हिंड्नुपर्‍यो । तर चरम लोडसेडिङका कारण भ्यालेनटाइन डे भरि अनलाइनमा बस्ने मेरो तेश्रो मित्र अहिले निकै चिन्तित भएका छन् । र, भन्छन्- हाम्रँे प्रेम विद्युतको तारमा बगिरहन्थ्यो अचानक च्याटिङ गर्दागर्दै लाइन नै कट्यो ।
    मेरा घर नजिकै रहेको एक बुद्धिजीवी बुढापाकालाई आफनो भ्यालेनटाइन डे स्मरण सुनाउन आग्रह गर्दा उनी त्यत्तिकै जङ्िगएर भन्न थाले- भान्टाङभुन्टुङ डेले विकृतिबाहेक नेपाललाई केही दिएको छैन । छोरा-छोरी, नाति-नातिना जम्मै बिग्रिसकेका छन् । यस दिन र उत्सवलाइ क्यालेन्डर र देशबाट नहटाए, सडक आन्दोलन गर्ने, नेपाल बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

    पार्किङ शुल्क र सवारी कर बलजफती उठाइएको आरोप

    वीरगंज, २ माघ/ वीरगंज उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्क ठेक्का र जिल्ला विकास समिति पर्साले लगाएको सवारी कर ठेक्का बलजफती उठाएको नारायणी व्यवसायी संघका पदाधिकारीहरुले आरोप लगाएका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नारायणी यातायात व्यवसायी संघका क्ष्ँेत्रीय उपाध्यक्ष विनोद मानन्धर र वीरगंज सेक्टरका कार्यसमिति सदस्य लक्ष्मी प्रकाश पाठकले बीउमनपा र जिविसले लगाएको ठेक्काबाट नाजायज काम भएको र अनुचित ढंगबाट ठेकेदारहरुले असुल गरिरहेकोले कर बन्द नगरिएमा आन्दोलनमा उत्रन चेतावनी दिएका छन् ।
    उनीहरुले यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनीसमेत दिइएको छ । जिल्ला विकास समितिको कार्यालय पर्साले कर संकलन गर्ने ठेक्का विनोद न्यौपानेलाई दिएको छ ।
    यसैवीच सोही पत्रकार सम्मेलनमा तर्राई ट्रक यातायात व्यवसायी संघका का.वा. अध्यक्ष्ँ दिपकराज शर्माले मोबाइल नं. ९८५५०२०१६६ बाट नारायणी यातायात व्यवसायी संघका का.स. लक्ष्मी प्रकाश पाठकलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।

    घाइते प्र.ज. बुधन रायको मृत्यु

    वीरगंज, २ फागुन/ दर्ुघटनामा परी घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
    आज जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत प्रहरी जवान बुधन रायको हेलिकप्टरबाट काठमाडौंस्थित अस्पतालमा पुर्‍याउने क्रममा मृत्यु भएको हो।
    बिहीवार दिउंसो बाराको लिपनी मालमा नेपाली सेनाको गाडी र प्रहरी चढेको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार भएका तीनजना प्रहरी घाइते भएका थिए । घाइतेमध्ये प्रज रायकोअवस्था चिन्ताजनक भएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो ।

    बालिका घाइते

    वीरगंज, २ फागुन/ निजगढमा मोटरसाइकल ठक्करबाट एक बालिका सामान्य घाइते भएकी छन् ।
    आज दिउंसो करिब २ बजे मोटरसाइकल ठक्करबाट निजगढ-४ कछाडिया टोल निवासी १३ वषर्ीय पूजा कुमारी कुंवर घाइते भएकी हुन्। साइकल लिएर जांदै गर्दा ना ३ प ७३५८ नं.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । घाइते बालिकाको उपचार नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।

    घरबाटै मोटरसाइकल गायब

    वीरगंज, २ फागुन/ वीरगंज उपमहानगरपालिका वडा नं. १४ निवासी राजेशप्रसाद गुप्ताको घरबाट मोटरसाइकल हराएको बताइएको छ।
    आज बिहान बा २७ प ८४५५ नं.को मोटरसाइकल चोरहरुले चोरेर लगेको पीडित गुप्ताले बताए।
    रानीघाट क्ष्ँेत्र वरपर राति लोडसेडिङको समयमा चोरहरुले घरको ताला फोडेर सामान चोरेर लैजाने कार्यमा वृद्धि भएको गुनासो आइरहेको छ।

    ६५० केजी गांजा नष्ट

    वीरगंज, २ फागुन/ विभिन्न समयमा पक्राउ गरेको लागूऔषध गांजा प्रहरीले नष्ट गरेको छ ।
    आज जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकारहरुको रोहबरमा ६२० केजी गांजा जलाएर नष्ट गरेको हो ।

    ढुवानी व्यवसायीको आन्दोलन जारी

    वीरगंज, २ फागुन/नेपाल आयल निगमले २० वर्ष पुराना ट्याङकरलाई विस्थापित गर्न खोजेको आरोप लगाउंदै पेट्रोलियम ढुवानी व्यवसायीले दोश्रो दिन पनि आन्दोलन जारी राखेका छन्।
    आज बिहान १० बजेदेखि १२ बजेसम्म मध्यमाञ्चल ट्याकंर ढुवानी व्यवसाय संघले आयल निगमको डिपोहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म पेट्रोलियम लोड-अनलोड बन्द गरेका हुन्।
    २० वर्षपुराना थोत्रो टैंकरलाई पेट्रोलियम पदार्थ ओर्सार्न कुपन नदिएको विरोधमा उनीहरू पर््रदर्शनमा उत्रिएको एक टैंकर चालकले बताएका छन्।

    फोरम मधेशद्वारा चरणबद्ध आन्दोलनको घोषणा

    वीरगंज, २ फागुन/ मधेशी जन अधिकार फोरम मधेश बाराले आफूहरुको विभिन्न माग पूरा नभएको भन्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ।
    आज जिल्ला प्रशासन कार्यालय बारामार्फ प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र बुझाइ आफनो मागप्रति वेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
    ज्ञापनपत्रमा फागुन ३ गतेदेखि ७ गतेसम्म प्रचारप्रसार, कोण, आमसभा, फागुन ८ गते मधेश व्यापी मशाल जुलुस, फागुन ९ र १० गते मधेश व्यापी आम हडताल गर्ने उल्लेख छ ।

    0 comments: