चोरी सवारी साधनलाई वैधानिकता दिने काम भइरहेको खुलासा

Posted on
  • Feb 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ माघ/ भारतीय टयाक्टर, मोटरसाइकल, ट्रक र बस भारतका विभिन्न प्रान्तबाट नेपाल भित्र्याइ यातायात व्यवस्था कार्यालय नारायणी अंचल वीरगंजबाट ब्लुबुक लिइ चोरी सवारी साधनहरूलाई वैधानिकता दिने काम भइरहेको रहस्य खुलेको छ।
    यातायात व्यवस्था कार्यालय नारायणीबाट लिएको ब्लु बुकमा एउटा नम्बर, टयाक्टरको इन्जिनमा अर्को नम्बर फेला परेको छ।
    बारा, जीतपुर गाविस-३ का लालबाबु खां पैठानको नाममा रहेको ना १ त १६६५ को ब्लुबुकमा एउटा नम्बर, टयाक्टरको इन्जिनमा अर्को नम्बर देखा परेको छ। ब्लुबुकमा चेसीस नं. ३२ हर्ष पावर टिडीएफ ४२७१६७ चेसीस नं. ३ एस ३६१७३ इन्जिन नम्बर रहेको छ भने नियमित यातायात व्यवस्था कार्यालयबाट जांच पास हुने टयाक्टरको इन्जिनमा चेसीस नं. १८९४ एम १ टांफे ए ११ के ६ आर के ५ र इन्जिनमा १९०८६१ एम ३५७७ बी उल्लेख छ।
    इलाका प्रहरी कार्यालय सिमरामा सो चोरीको टयाक्टरको बारेमा छानबिन गर्नका लागि सिमराकी अमृता देवी पाण्डेले उजुरी दिंदा कुनै सुनुवाइ नभएको जानकारी हुन आएको छ।
    ब्लुबुक र इन्जिन चेसीसमा फरक नम्बर देखा परेपछि सो टयाक्टर खरिद गरेकी अमृता देवीले टयाक्टर साविक धनीलाई नै फिर्ता गर्दा टयाक्टर धनी लालबाबु खां पैठान र विष्णु देव कलवारले बिक्री भइसकेको टयाक्टर फिर्ता हुंदैन, तपाईसंग लिएको रकम १,२५,५००।- पनि फिर्ता गर्दिन भनी चोरीको टैक्टर बेचेर पैसा पचाएका छन्।
    बजरंगवली आइरन स्क्रयापका प्रोप्राइटर राजाराम साह कलवारले लालबाबु खा“ पैठानको नाममा रहेको चोरीको टयाक्टर अमृता देवी पाण्डेलाई गत पुस २३ गते विक्री गरेका थिए।

    पत्रकारलाई दुव्यवहार गरेको घटनाप्रति भत्र्सना

    वीरगंज, ३ फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं अंकुश दैनिकका सम्पादक ओमप्रकाश खनाललाई वीरगंज भंसार कार्यालय प्रमुखले धम्की एवं दूव्यवहार गरेको घटनाप्रति रिपोर्टस क्लब नेपाल पर्सा शाखाले घोर भत्र्सना गरेको छ।
    आज क्लबका अध्यक्ष्ँ कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी समाचार संकलन गर्ने क्रममा वीरगंज भंसार पुगेका पत्रकार ओमप्रकाश खनाललाई भंसार प्रमुख केवलराज भण्डारीले दर्ुर्व्यवहार गरेको घटना निन्दनीय योग्य भएको उल्लेख छ।

    भावि संविधानमा मुस्लिमहरुको अधिकार

    वीरगंज, ३ फागुन/ भावि संविधानमा मुस्लिमहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्।
    आज पर्साको बहुअरीमा मधेशी मुस्लिम नागरिक समाजले भावि संविधानमा मुस्लिमहरुको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले जोड दिएका हुन्।।
    कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मसरुद्दिन अंसारी, कमरुल होदा, शेख जुम्माद्दिन, समसुल होदा समानी लगायतको उपस्थिति थियो। कार्यक्रममा बारा, पर्सा, रौतहटबाट सहभागीहरुको उपस्थिति थियो।

    पदस्थापन कार्यक्रम

    वीरगंज, ३ फागुन/ जागृति विकास मंच, पर्साको नयां पदाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भयो।
    आज महिला जागृति सहकारी संस्था माइस्थान, वीरगंजमा चयन हुने नया“ पदाधिकारीहरु अध्यक्ष्ँ रामारानी श्रेष्ठ, उपाध्यक्ष गायत्री श्रेष्ठ, सचिव जानकी हाडा, कोषाध्यक्ष संजु श्रेष्ठ, सहसचिव अमृता वैद्य, सदस्य शान्ति अमात्य, मिरा प्रधान, मन्जु श्रेष्ठ, सुनीता श्रेष्ठ, रमा रावल, कृष्णराज भण्डारीलाई पदस्थापना गरिएको थियो।
    निर्वाचन अधिकृत हृदयमोहनमान श्रेष्ठ, संस्थाका वरिष्ठ सल्लाहकार सरस्वती शाक्यलगायतको उपस्थिति रहेको सो कार्यक्रमको रमारानी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

    बिरामीको उद्धार

    वीरगंज, ३ फागुन/ गम्भीर बिरामी भएर सडकमै दर्ुइ दिनदेखि अलपत्र परेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ।
    आज बिहान वीरगंजको माइस्थान, गीता मन्दिर नजिकैबाट हेटौडा घर बताउने नरदीप -चंखे)को बिर्ता वडा प्रहरीले उद्धार गरेको हो।
    विगत ३० वर्षेखि वीरगंजको माइस्थान र गीता मन्दिरको होटलहरुमा काम गर्दै आइरहेका नरदीप पेट फुलेर विरामी भएपछि फागुन १ गतेदेखि बाटोमै सुतीरहेका थिए। प्रहरीले उनको उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचारार्थ भर्ना गरेको छ।

    धमला परिवारको प्रेस विज्ञप्ति


    काठमाडौं, ३ फागुन/ रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष्ँ ऋषि धमलालाई सादा पोशाकका प्रहरी क्लबको पुतलीसडकस्थित कार्यालयमा प्रवेश गरी माघ २१ गते मंगलबार साूझ साढे छ बजे पक्राउ गरेको घटनाले सम्पर्ूण्ा धमला परिवार गम्भिर ध्यानाकर्षा एवं मर्माहात भएको छ ।
    आज धमला परिवारले एक प्रेस विज्ञप्ति जारी गरी ऋषि धमला शुद्ध पत्रकारीता गर्ने चर्चित पत्रकार हो । एक दशक भन्दा अगाडी रिपोर्र्टर्स क्लब नेपाल मार्फ जनतालाई सूसूचित बनाई देशको जल्दो बल्दो मुद्यालाई उठान गरि जनता समक्ष पुर्‍याउने काममा प्रतिबद्ध हुनुहुन्छ । उहालाई सरकारले लगाईएको आरोप कपोल कल्पित र भ्रामक हो । दिनैपिच्छे प्रेस स्वतन्त्रताका घट्नामा अग्रसर गणतान्त्रिक सरकारको यो पछिल्लो हस्तक्ष्ँेपबाट प्रेस जगत नै असुरक्षित भएको ठहर गरेको छ ।
    सादा पोशाकमा कार्यालयमा प्रवेश गरी धमलालाई पक्राउ गरिएको हो । यो घट्नाले पत्रकारले थप असुरक्ष्ँित भएको महशुश गरेका छन् । धमलालाई निर्सत रिहा गर्न माग गर्दछ । सरकारले बारम्बार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जनाए पनि त्यसको कार्यन्वयन नभएकोमा धमला परिवार खेद व्यक्त गर्दछ उल्लेख छ ।

    0 comments: