शव राखेर वीरगंज- कलैया सडकखण्ड अवरुद्ध

Posted on
  • Feb 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ फागुन/ दर्ुघटनामा मृत्यु भएका एक प्रहरीका आफन्तजनहरुले वीरगंज-कलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।
    आज पीडित परिवारले कलैयाको जिल्ला प्रहरी कार्यालय अगाडि सडकमै मृतक बुधन रामको शव राखेर पर््रदर्शन गरेपछि सडक अवरुद्ध भएको हो। उनीहरुले क्षतिपर्ूर्तिवापत दश लाख रुपैयां र परिवारमध्ये एकजनालाई सरकारी जागिर र दोषीलाई कारबाहीको माग गरेका छन् ।
    बिहीवार लिपनीमाल सडकखण्डमा पथलैयाबाट वीरगंज आउ“दै गरेको नेपाली सेनाको वा १ ज ६९८३ नम्बरको गाडीले सोही दिशाबाट आउ“दै गरेको बा.२७ प १३३४ नम्बरको मोटरसाइकलस“ग ठोक्किदा तीन प्रहरी घाइते भएका थिए भने घाइतेमध्ये प्रहरी जवान बुधन रामको काठमाडौंस्थित उपचारको क्रममा मृत्यु भएको थियो ।

    मुस्लिम समुदायको एजेण्डा र्सार्वजनिक

    वीरगंज, ३ फागुन/ मधेशी मुस्लिम नागरिक समाजले मुस्लिम समुदायको समस्या र एजेण्डा सरकार र राजनीतिक दलहरुलाई जानकारी गराउन र्सार्वजनिक गरेको छ।
    आज वीरगंजको गण्डकमा आयोजित मुस्लिमहरुको भेलामा केन्द्रीय अध्यक्ष मसिरुद्दिन अंसारीले विभिन्न १६ बुंदे एजेन्डा र्सार्वजनिक गरेको हो।
    विज्ञप्तिमा मुस्लिम समुदायका हकहितका लागि राजनैतिक, शैक्ष्ँिक र धार्मिक अधिकार सुनिश्चित गर्ने, मुस्लिम समुदायका जातिय धार्मिक सहिष्णुतालाई अक्षुण्ण राख्दै राष्ट्रिय मूलधारमा ल्याउने लगायत उल्लेख छ।

    0 comments: