मोटरपार्टसमा बम विस्फोट

Posted on
  • Feb 5, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ माघ/ अज्ञात समूहले वीरगंजको व्यस्त एक पसलमा दिउंसै बम विस्फोट गराएका छन् ।
    आज वीरगंजको आदर्शनगर पुरानो बसपार्क नजिक रहेको उरुसा मोटरपार्टसको पसलमा बम विस्फोट हुंदा सो पसलको सिसा फुटेको छ भने मानवीय क्ष्ँति भएको छैन ।
    घटनास्थलमा मुनचुन साह एण्ड विशाल गुप्ता ये तो झांकी है, पूरा बिहार, झारखण्ड, नेपाल अभि बाकी है भन्ने पर्चा भेटिएको छ ।
    यसअघि माघ २० गते पनि माइस्थानस्थित जुस कर्नरमा सोही समूहले बम विस्फोट गर्राई यस्तै प्रकारको पर्चा छाडेर गएका थिए ।
    बम विस्फोट गराउने समूह भारतीय अपराधी हुनसक्ने प्रहरीको अनुमान छ ।

    विद्यालय राजनीतिक क्ष्ँेत्रमा परिणत हुंदै

    वीरगंज, २३ माघ/ नेकपा एमालेका सभासद रामचन्द्र प्यासीले शिक्षण्ँ संस्था राजनीतिक क्ष्ँेत्रमा परिणत हुंदै गइरहेको आरोप लगाएका छन् ।
    बाराको बेलहियास्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयको २५ औं बार्षर्िकोत्सवको उदघाटन गर्दै सभासद प्यासीले शैक्ष्ँिक संस्थाले राजनीति छाडेर विद्यार्थीको भविष्य उज्वल बनाउनुपर्नेमा जोड दिएका छन्। ।
    सभासद प्यासीले शैक्षकि विकासको लागि सहयोग गर्न तयार रहेको बताउदै आफू सोही विद्यालयबाट प्राथमिक तहसम्म अध्ययन गरेको बताए।
    कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति र शिक्षकबीच फूटवल प्रतियोगितामा तीन-बिरुद्ध चार गोल गरी व्यवस्थापन समिति बिजयी भएको आयोजकले जानकारी दिएका छन्।

    0 comments: