नयां संविधान बनाउने महत्वपर्ूण्ा घडी आइपुग्यो- राय

Posted on
  • Feb 5, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ माघ/ संविधान निर्माण दबाब र सुझाव समूहका संयोजक एवं नेपाल जनता पार्टर्ीी केन्द्रीय अध्यक्ष रामचन्द्र रायले इतिहासमै पहिलोपटक संविधानसभा मार्फ नयां संविधान बनाउने महत्वपर्ूण्ा घडीमा आइपुगेको बताएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्साले कलवार कल्याण धर्मशालामा आयोजना गरेको विशेष साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले नया संविधान बनाउने अवसरलाई सदुपयोग गर्न नागरिक समाजबाट पहल र योगदान आवश्यक्ता औल्याएका थिए।
    उनले राजनीतिक, सामरिक, उन्नत र आर्थिक दृष्टिले समृद्धशाली हिन्दू राष्ट्रसहितको संघीय पर्ूण्ा लोकतान्त्रिक राष्ट्र निर्माण गर्न प्रतिबद्ध रहेको बताउंदै संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको घोषणा, राज्यको पुनसंरचना, दिगो शान्ति स्थापना र आप\mनोसंविधान आफैले बनाउने जस्ता जिम्मेवारी पूरा गर्न पुस १० गते काठमाडौंमा आयोजित नागरिक समाजकोएक भेलाद्वारा ५१ सदस्यीय संविधान निर्माण दबाब र सुझाव समूह गठन गरेको जानकारी गराए ।
    संयोजक रायले संविधान लेखनको समयमा ध्यान दिनुपर्ने महत्वपर्ूण्ा बुंदाहरु छलफल र अनुमोदनका लागि आम जनताबाटप्राप्त सुझाव र सल्लाहलाई समेटेर नयां संविधानकोप्रारुप संविधानसभामा पेश गर्ने बताए ।
    उनले सत्ताको प्रमुख कर्तव्य जनजीवनको सुरक्षा, जनसम्पत्तिको रक्ष, जनसम्मानको सुरक्ष्ँा, जनसंस्कृति -जीवन मूल्य) को रक्षा, जनता शासन र प्रशासनलाई आफनो कर्तव्यपालन एवं सत्ता संचालनको लागि पर्ूण्ा लोकतान्त्रिक शासन व्यवस्था, सशक्त देशको निर्माण, हिन्दू राष्ट्रको सुरक्षा, समृद्धशाली राष्ट्रको संरचना, सामाजिक न्याय,समरसता एवं सुरक्षा, शासन पद्धति र कार्यकारी अधिकार, मौलिक हक र राजनीतिकका निर्देशक सिद्धान्तलगायत २५ बुंदे सुझाव पेश गरी पत्रकार सम्मेलन, विचार गोष्ठी, हिन्दू सम्मेलन, जनजागरण अभियान,धर्ना र पर््रदर्शन गरी आम जनताको चाहनालाईनया संविधानमा समावेश गराउन संविधानसभासमक्ष पुर्‍याउने घोषणा समेत गरेका छन्।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गर्नुभएको थियो ।

    विषाक्त मदिराबाट ७ को मृत्यु, अस्पतालमा तालाबन्दी

    वीरगंज, २३ माघ । विषाक्त मदिरा सेवन गरी गम्भीर विरामी परेका थप एक विरामीको स्वास्थ्यउपचारको क्रममा मृत्यु भएको छ ।
    आज वीरगंजस्थित नारायण्ँी उपक्षेत्रीय अस्पतालमा उपचारकै क्रममा रौतहटको रघुनाथपुर गाविस वडा नं. ३ निवासी रामनाथ ठाकुरको मृत्यु भएको हो ।
    यसअघि भारतको रक्सौलस्थित डंगकन अस्पतालमा उपचार्थ भर्ना गरिएका बारा खोपवा निवासी अकलु मण्डल र बिर्ता गम्हरियाका असिम माझी, गम्हरीयाका राजेन्द्र हजरा, राम विलास राउत, इन्द्र राउत र बसबिटि जिगडीयाका समाहिर रामको मृत्यु भईसकेको छ । सिकिस्त विरामी जिगडिया गाउ“ विकास समिति पा“चका भोजा राय यादवको चिन्ताजनक अवस्था रहेको र उनको गौर अस्पतालमा उपचार भइरहेको छ।
    रौतहटको बसविटी जिगडिया निवासी सिकन्दर साहको भट्टीबाट खरिद गरी रक्सी पिएपछि सोमवार राति चार जनाको हिजो २ जनाको र आज एक गरि ७ जनाको मृत्यु भएको छ भने १५ जना बिरामी छन् ।
    यसैवीच रौतहटबाट प्राप्त समाचार अनुसार विषाक्त रक्सी सेवनबाट ७ जनाको मृत्यु भइसक्दा पनि स्थानीय प्रसासनले घटनाका सम्बन्धमा छानबिन गर्न पहल नगरेको र बिरामीहरुको उपचारमा अस्पतालले लापरवाही गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
    आज दिउंसो १२ बजे नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अजय कुशवाहाको नेतृत्वमा गएका विद्यार्थीहरुले रौतहटको गौरस्थित जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक सम्पर्ूण्ा वार्डमा तालाबन्दी गरेका हुन्।

    नेशनल मेडिकल कलेज ठप्प

    वीरगंज, २३ माघ । नेशनल मेडिकल कलेज शिक्षण्ँ अस्पतालमा आकस्मिक बाहेक सम्पर्ूर्ण्ँ सेवा ठप्प भएको छ ।
    आज अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले नारा जुलुससहित वीरगंजको घण्टाघरमा चक्काजाम गरेका थिए ।
    २१ बु“दे माग राख्दै आन्दोलनरत कर्मचारी र स्वास्थ्यकर्मीहरु अनिश्चितकालीन हडतालमा उत्रिएपछि कलेज व्यवस्थापनले आकस्मिक बाहेक सबै सेवा बन्द रहने जनाएको छ।
    त्यस्तै माघ २४ गते बजार परिक्रमा र कोणसभा, २५ गते वीरगंज उद्योग वाणिज्य संघ अगाडि कोणसभा, २६ गते ज्ञापनपत्र सहित जिल्ला प्रशासनसमक्ष्ँ कोणसभा,२७ गते वीरगंजको घण्टाघरमा २ घण्टा चक्काजाम र २८ गते थप आन्दोलनको घोषणा गरिने श्रमिक संघ इकाइ समितिका अध्यक्ष संजीव यादवले जानकारी दिए।

    निजगढ र चपुरमा पर््रदर्शन

    वीरगंज, २३ माघ । सरकारले एकीकृत प्रशासनिक सेवा केन्द्र खोल्ने निर्ण्ँय स्थगित गरेको विरोधमा बारा, रौतहट र र्सलाहीमा आज पनि पर््रदर्शन भइरहेको छ।
    आज निजगढमा सडकमै टायर बालेर आन्दोलनमा उत्रिएका पर््रदर्शनकारीले पर्ूव-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भने हजारौं यात्रीहरु अलपत्र परेका छन ।
    यसैवीच रौतहटको चन्द्रनिगाहपुर, र्सलाहीको हरिवन र लालवन्दीमा पनि सरकारले सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने निर्ण्ँय खारेज नगरेको विरोधमा आन्दोलन गरिरहेका छन्।

    परिचयात्मक कार्यक्रम सम्पन्न

    वीरगंज, २३ माघ/ वीरगंज नगर विकास समिति र पोखरिया नगर विकास समितिका नवनियुक्त पदाधिकारी, सदस्य सचिव लगायत कर्मचारीहरुबीच आज कार्यालय परिसरमा परिचयात्मक कार्यक्रमको सम्पन्न भयो ।
    कार्यक्रममा वीरगंज नगर विकास समितिका अध्यक्ष्ँ सुन्दर साह र सदस्य रामाज्ञाप्रसाद कुशवाहा, मुस्तकिम अंसारी, शैलुनेशा र पोखरिया विकास समितिको अध्यक्ष्ँमा मदनप्रसाद चौहान र सदस्यहरु राजेशकुमार, माया साहलगायतको उपस्थिति थियो ।
    त्यसैगरी मधेशी जन अधिकार फोरम पर्सर्ााजिल्ला उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव र जिल्ला सदस्यहरुमा प्रभु यादव, युवा फोरमका जिल्ला अध्यक्ष्ँ वीरेन्द्र यादव र जिल्ला नेता दिनेश चौरसियालगायत ३०/३५ जनाको उपस्थिति रहेको कुरा सो कार्यालयका सुब्बा कमलजीले बताए ।

    0 comments: