बासिङ मेसिन, कुलर, एसी, वरिष्ठ प्रहरी र प्रवक्ताको निवासमा

Posted on
  • Feb 5, 2009
  • by
  • mukesh
  • in
  • -उत्तम पौडेल
    वीरगंज, २३ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साबाट हाल सीमा चौकी छपकैयामा खटेका प्रनानि मेघराज चौरसियाले आफनो मातहतमा रहेका प्रहरी हवल्दार राजकिशोर साहलाई भारतको रक्सौल र वीरगंजको कपडा तस्करहरूको घरघरमा पठाइ मासिक ५ लाख सम्म उठाउने गरेको बुझिएको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साबाट बसपार्क अस्थायी पोष्टमा खटेका प्रनानि मदनप्रसाद ठाकुर र प्रहरी जवान विनोद पासवानले भारतको बेतिया, मोतीहारी, रक्सौलबाट मेशिनरी सामान किनेर वीरगंज भंसारमा लाग्ने राजस्व तिरी ल्याउने सबै सर्वसाधारणलाई डर त्रास देखाइ भन्सारको मूल्याड्ढन गरेको र राजस्व तिरेको आधा हुन्डी -दलाली) लिने गर्दछन् ।
    गण्डक प्रहरी पोष्टमा कार्यरत प्रनानि विष्णु दर्लामीले प्रहरी हवल्दार सीताराम यादवसंग बारा जिल्ला अन्तर्गत पर्ने कलकारखानाको संचालकहरूसंग र भारतको बेतिया बनारस, लखनउ, मुजफफरपुरबाट तस्करी गरी ल्याउने कपडा, सुरूवाल, कर्ुता सिलिकको साडी, बनारसी साडी, महिला तथा पुरूष तस्करहरूसंग गण्डक प्रहरी पोष्टमा अनावश्यक दुःख दिइ यादवले प्रति साठी किलोको पोकाको १ हजारको दरले लिने गर्दछन् ।
    महिला कपडा तस्करहरूले मासिक दस्तुरी बेलामा बुझाउन नसके प्र.ह. यादवले प्रनानि दर्लामी कहां लगी महिलाहरूलाई छामछुम गराउन लगाउने गरेका छन् ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट हाल रजत जयन्ती ट्राफिक पोष्टमा खटिगएका प्रह शंकरनारायण श्रेष्ठ, प्रह संजय भण्डारीले ट्राफिक निरीक्षक एक नारायण कोइरालालाई भारतीय ट्रक नेपाली ट्रक भंसार क्षेत्र अर्न्तर्गत पर्ने बसहरूको बुकिङबाट मासिक साठी हजार आप\mनो मातहतमा रहेको प्रह श्रेष्ठ र भण्डारीसंग उठाउन
    लगाउंछन् ।
    मासिक चालिस हजार प्रनि कोइरालालाई पर्सा ट्राफिकमा बुझाउने गर्दछन् । बसपार्क ट्राफिक पोष्टमा खटिगएको बेला प्रसनि रामसुन्दर आर्य र प्र.ह. उत्तम आचार्य, प्रह संजय भण्डारी, प्रज विनय यादव, राजबहादुर श्रेष्ठ, पूर्व निरीक्षक थापालाई मासिक बसपार्कबाट उठाएको हुन्डीबाट ४० हजार दिने गर्दथे । हाल प्रज बल बहादुर ओलीले पनि सोही हुन्डी कायम गरी प्रनि कोइरालालाई दिने गर्दछन् ।
    पावरहाउस चोक ट्राफिक पोष्टमा खटेका प्र.ज. रमेश यादव, प्रह संजय भण्डारी, होमबहादुर खतिवडा, प्रज बलबहादुर ओलीले पूर्व ट्राफिक निरीक्ष्ँक कमल थापालाई ट्राफिक पोष्टमा कार्यरत रहेको बेला मासिक २ लाख दिने गर्दथे ।
    हाल प्रनि कोइरालाको हनुमान होमबहादुर खतिवडा, पावरहाउस ट्राफिक पोष्टमा केही नदिने शर्तमा पर्सर्ाा्राफिकबाट खटेका छन् । हाल गण्डक ट्राफिक पोष्टमा कार्यरत प्रसनि नन्दु गुरूङ र ट्राफिक हवल्दार अच्छेलाल महतोले प्रनि कोइरालालाई भारतीय ट्रक, नेपाली ट्रकले ओभरलोडिङ पार्किङ निषेधमा पार्किङ गराइ नगर प्रवेश भनी प्रति ट्रक १ सय लिने गर्दछन् ।
    प्रसनि गुरूङले प्रनि एकनारायण कोइरालालाई मासिक २ लाख पर्सर्ाा्राफिकमा बुझाउने गर्दछन् । प्रिmज, कुलर, वासिंग मेशिन, एसी पटक पटक गरी प्रनि कोइरालाले एक गृह प्रवक्ता, अख्तियार प्रवक्ता भीमप्रसाद पौडेल, गृहसचिव मोहनकृष्ण सापकोटालाई पर्सर्ाा्राफिकबाट उठेको हुन्डी -दलाली) बाट भेट आप\mनो विश्वासिलो ट्राफिक हवल्दार होमबहादुर खतिवडा, अच्छेलाल महतो, संजय भण्डारीसंग पटक पटक गरी निवासमा पुर्‍याउन लगाउने समाचार स्रोतको दाबी छ । - साभारः राष्ट्रिय दैनिक

    0 comments: