मदिरा खाइ बिरामी परेका थप एकको मृत्यु

Posted on
  • Feb 4, 2009
  • by
  • mukesh
  • in
  • मदिरा खाइ बिरामी परेका थप एकको मृत्यु

    वीरगंज, २२ माघ/ विषाक्त मदिरा सेवन गरी गम्भीर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
    गए राति भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचारको क्रममा बाराको कोपवा निवासी अकलु मण्डलको मृत्यु भएको हो ।
    रौतहटस्थित विलाश राउतको पसलबाट विषाक्त मदिरा सेवन गरी हालसम्म पांचजनाको मृत्यु भइसकेको छ भने घाइते अन्यहरूको डंकन अस्पतालमा उपचार भइरहेको छ ।

    रिपोर्टस क्लब नेपाल पर्साको प्रेस विज्ञप्ति

    वीरगंज, २२ माघ/ रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष्ँ एवं युवा पत्रकार ऋषि धमलालाई सादा पोशाकका प्रहरीले पुतलीसडकस्थित क्लबको कार्यालयमा प्रवेश गरी हिजो सा“झ साढे छ बजे अपहरणको शैलीमा पक्राउ गरेको घटनाको रिपोर्र्टर्स क्लब नेपाल पर्सा शाखाले घोर भर्त्सना एवं निन्दा गरेको छ।
    आज रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी भूमिगत गिरोह रणवीर सिंहसंग सम्बन्ध रहेको अर्थहीन आरोप लगाउदै गिरफतार गर्नुलाई सुनियोजित षड्यन्त्रका रूपमा लिएको भन्दै धमलाको तत्काल रिहाईको माग गरेको उल्लेख छ।
    विज्ञप्तिमा नेपालको पत्रकारिता क्षेत्रमा साढे एक दशकदेखि शान्ति, लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताका पक्षमा खरो रूपमा प्रस्तुत हुदै आएका धमलालाई सुनियोजित रूपमा षड्यन्त्र गरी फसाउने कुचेष्टा गरिएको क्लबको ठहर गर्दै पत्रकारहरूलाई तर्राईका भूमिगत समूहसंग सम्बन्ध देखाएर बदनाम गराउने कुटिल षड्यन्त्रको छिट्टै पर्दाफास हुने दाबी गरेका छन्।
    विज्ञप्तिमा विगतमा राजाको शासनमा पत्रकारहरूलाई विभिन्न बहानामा दुःख दिने गरिएको तथ्य सबैका सामु घाम जत्तिकै र्छलंग छ । धमलाको गिरफ्तारीमा पनि त्यस्तै ध्येय लुकेको छ । क्लब त्यस्ता सुनियोजित षड्यन्त्रलाई चिर्ने प्रतिवद्धता व्यक्त गर्दै आम पत्रकार र जनसमुदायलाई भ्रममा नफस्न आग्रह गर्दछ ।
    यसैगरी रिपोर्र्टर्स क्लब नेपाल सुनसरी शाखाका अध्यक्ष एवं रिपोर्र्टर्स नेपाल डट कमका पर्ूवाञ्चल संवाददाता वीरेन्द्र केएमका अलावा नेपाल जापान डट कमका शुभक महतोलाई पनि रणवीर सेनासंगको संलग्नताको आरोपमा पक्राउ गरेको घटनाको रिपोर्र्टर्स क्लब नेपाल पर्सा शाखाले घोर भर्त्सना एवं निन्दा व्यक्त गर्दै तत्काल रिहाईको माग गरेको छ ।
    विज्ञप्तिमा प्रेसमाथि एकपछि अर्को आक्रमणको शृंखला बढ्दै जादा पछिल्लो गिरफ्तारीलाई क्लबले प्रेसमाथिको अर्को आक्रमणको रूपमा लिएको छ । प्रेसमाथि आक्रमणमा उद्धत गणतान्त्रिक सरकारको यो पछिल्लो हस्तक्ष्ँेपबाट प्रेस जगत थप सशंकित बनेको छ । सरकारले बारम्बार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएकोमा खेद व्यक्त गर्दै कठोर आन्दोलनको चेतावनी रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताले दिएका छन् ।

    0 comments: