प्रतिक्रियावादीले मधेशलाई खेलवाड गरिरहेको छ

Posted on
  • Feb 12, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ फागुन/ एकीकृत नेकपा माओवादी भोजपूरा राज्य समितिका सेक्रेटरी अन्जना विशंखेले प्रतिक्रियावादीहरुले मधेशलाई खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
    आज एकीकृत नेकपा माओवादीको १४ औं जनयुद्ध दिवसको अवसरमा वीरगंजको घण्टाघरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी भएको आरोप लगाएकी हुन् ।
    ँहिन्दी भाषामा सपथ खाने, मैथिली, भोजपुरी भाषाको विरोध गर्ने, मधेशीलाई शोषण गर्ने भारतबाट आएका सामन्तिहरु नेपाली र मधेशीको हितकारी हुन सक्दछन्’ भन्ने प्रश्न गर्दै विशंखेले भनिन्, माओवादी जनयुद्धको जगमा टेकेर संविधान निर्माणको प्रक्रिया अगाडि बढेको छ ।’
    एकीकृत नेकपा माओवादी पर्सर्ाा इन्चार्ज क. छत्रबहादुर श्रेष्ठ ँअनिल’ले मधेशवादी पार्टर्ीीले मधेशी जनता विरोधी काम गरिरहेको आरोप लगाए।
    माओवादी पर्साका सेक्रेटरी क. लाल किरणले संविधान लेखनलाई एउटा संर्घष्ाको मोर्चा बनाउनुपर्ने बताए।
    नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन पर्साका अध्यक्ष बलराम साहले शहीदको रगतमा हामीले आफनो रगत मिलाउनुपर्नेमा जोड दिएका थिए।
    भोजपुरा राज्य समितिका सदस्य क. बाबुराम कौशिकले जालो विच्छयाएर नेपाली जनताहरुलाई फसाउने शिकारीहरुलाई अब मधेशी जनताहरुले चिन्न आग्रह गरे।
    शहीद परिवारका तर्फबाट सर्ुदर्शनराज पाण्डेले महिलाहरु राजनीतिक रुपमा प्रशिक्षित भए भने समाज निर्माणमा ठूलो टेवा पुग्ने र एकता, संर्घष्ा र रुपान्तरणलाई मद्दत पुग्ने बताए।
    यसअघि वीरगंजको पावरहाउसबाट माओवादीका स्थानीय नेता, कार्यकर्ताहरुले बाजागाजाका साथ रातो झण्डा फरफराउदै नगर परिक्रमा गरेका थिए ।
    जनयुद्ध दिवसका अवसरमा निस्किएको जुलुसले सीमा अतिक्रमण बन्द गर, सन १९५० लगायत सम्पर्ूण्ा असमान सन्धीहरु खारेज गर, एकीकृत नेकपा माओवादी जिन्दावाद, वैज्ञानिक भूमिसुधार लागू गर, भारतीय विस्तारवाद, अमेरिकी साम्रँज्यवाद मर्ुदावाद नारा घन्काएका थिए ।

    दर्ुघटनामा ३ प्रहरी घाइते

    वीरगंज, १ फागुन/ नेपाली सेनाको गाडीलाई नेपाल प्रहरीको मोटरसाइकलले ठक्कर दिंदा ३ प्रहरी घाइते भएका छन् ।
    आज बा १ झ ६९८३ नं.को सेनाको गाडीलाई वीरगंजबाट परवानीपुर्रतर्फ जांदै गरेको तीनजना चढेको बा २७ प १३३४ नंंको मोटरसाइकलले लिपनीमालमा ठक्कर दिंदा मोटरसाइकलमा सवार प्रहरीहरु राकेश पाण्डे, बुधन राम र विजय साह घाइते भएका हुन् । निजहरुको ठेगाना खुल्न सकेको छैन ।
    घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने एकको अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ ।

    0 comments: