महिला हिंसा नियन्त्रणमा सरकारी निकायको भूमिका

Posted on
  • Feb 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ माघ/ महिला हिंसा नियन्त्रणमा सरकारी निकायको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
    आज वीरगंजमा महिला हिंसाविरूद्ध अन्तरधार्मिक राष्ट्रिय संजालको आयोजनामा सम्पन्न सो कार्यक्रममा वक्ताहरुले महिला हिंसा नियन्त्रणमा सरकारी निकायको भूमिकाबारे प्रकाश पारेका थिए ।
    कार्यक्रममा राजन जोशी, सामुदायिक छपकैया-२ का कुमार सेर्ढाई, संगीता पुरी, शबनम बानो, मोमिना खातुन, गान्धी चौधरी, चक्रबहादुर शाक्य, गुरूजन सिंह, महिमा शर्मा, म. असल, मौलाना अब्दुल रहमान लगायत ८० जनाको सहभागिता रहेको थियो ।
    संजालका अध्यक्ष्ँ समसुल होदा मियांले सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन संजालका सचिव अब्दुल कैशले गरेका थिए।

    थारुद्वारा बन्द फिर्ता

    हरि शर्मा
    नवलपरासी, २५ माघ । थारु कल्याणकारिणी सभाले आव्हान गरेको दुइ दिने वन्द अर्न्तगत नवलपरासीमा भएको वन्द आज सांझ ६ बजे देखि बन्द फिर्ता लिएको छ ।
    बन्दले स्थानीय जनजीवन कष्टकर वनेको जनाउ“दै आज सांझ ६ बजेदेखि भोलि विहान ६ बजे सम्मका लागि वन्द फिर्ता लिइएको थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सीताराम चौधरीले वताए । उनका अनुसार बन्द भोलि बिहान ६ बजे देखि पुनः यथावत रहने पनि वताईएको छ ।
    यसैवीच बन्द अवज्ञा गरेको भन्दै नवलपरासीमा दुइवटा मोटरसाइकल र एक यात्रुवाहक वसमाथि तोडफोड भएको छ ।
    बन्द आव्हानकर्ताले वन्द अवज्ञा गरेको भन्दै गोपीगंजमा लु २ प ४६६ नम्बरको मोटर र्साईकल र सदरमुकाम परासीमा लु १ प ८६२६ नम्बरको मोटर र्साईकल तोडफोड गरेका हुन् । नारायणगढवाट बुटवल तर्फजा“दै गरेको लु १ ख ५३५२ नम्बरको यात्रु वाहक वसलाई डण्डा पुलमा तोडफोड गरेका छन् ।
    उता वन्दको अवज्ञा गरेको भन्दै पर््रदर्शनकारीहरुले डण्डामा एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।
    थारुले आज आव्हान गरेको दर्ुइ दिने तर्राई वन्दको प्रभाव नवलपरासीमा पनि पर्ूण्ारुपमा परेको थियो । बन्दका कारण आज विहानैदेखि सडकमा सवारी साधन चल्न सकेका थिएनन भने उद्योग धन्दा, कलकारखाना, बजार, स्थानीय पसल बन्द रहेका छन् ।
    एक मधेश एक प्रदेश र सरकारले हालै ल्याएको अध्यादेशमा थारुहरुलाई पनि मधेशी कोटामा समेटेको विरोधमा थारु कल्याणकारिणी सभाको अगुवाइमा थारु समुदायले बन्दको आव्हान गरेका हुन् ।

    विद्यालय संचालक समिति गठन

    नवलपरासी २५ माघ । लुम्बिनी उच्च मा.वि सुनवल नवलपरासीको र्सार्वजनिक शैक्षिक गुठी अर्न्तगत विद्यालय संचालक समिति गठन गरिएको छ ।
    आज नवगठित समितिको अध्यक्षमा गंगा बहादुर गुरुङ, सदस्यहरुमा खेम तिवारी, उत्तम खरेल र रुपा थापा रहनु भएको छ ।
    विष्णुप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न गुठीसभामा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि राम निवास चौधरी, गुठियार रेशम शर्मा लगायतले गुठिका वारेमा प्रकाश पारेका थिए ।

    रक्तदान कार्यक्रम सम्पन्न

    नवलपरासी २५ माघ । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवल नवलपरासीको आयोजना र रेडक्रस उप शाखा सुनवलको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    आज १० जनाले रक्तदान गरेको उक्त कार्यक्रममा ९ जनाले रक्त परिक्षण गराएको संस्था रुद्र लामिछानेले वताए ।
    संकलित रगत नेपाल रेडक्रस सोसाइटी नवलपरासीमा बुझाईने समेत वताईएको छ ।

    0 comments: