९ टनको ट्रक एक महिलाले आफनो कपालले तानेर देखाइन

Posted on
  • Feb 7, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २५ माघ/ एक साहसी महिलालेे आफनो कपालबाट ९ टनको ट्रक तानेर देखाएकी छन् ।
    आज वीरगंजको आदर्शनगरस्थित ठाकुर राम बहुमुखी क्याम्पसको मुख्य सडकमा भारतको उत्तर प्रदेश भोपाल निवासी २५ वषर्ीया रानी रैकवारले संचारकर्मी, दर्शकसामु आफनो कपालमा डोरी बांधेर ९ टनको ट्रक तानेर देखाएकी हुन्।
    सेसा हेयर आयल कम्पनीका ब्रान्ड एम्बेस्डेर रानी रैकवारले व्यापार पर््रवर्द्धनको क्रममा खाली ट्रक आफनो कपालले तानेर देखाएकी थिइन् ।
    रानीले आफूमार् इश्वरीय शक्तिले ट्रक तान्ने क्ष्ँमता अभिवृद्धि भएको र सुरुमा ठेला र बाल्टीको पानी कपालमा बेरेर काम गरेको बताइन ।
    भारतको दुइ दर्जन शहरमा यस प्रकारको रोड सो गरिसकेको रानीले विगत ५ वर्षेखि कपालले बस, ट्रक र रेलको इन्जिनसमेत तान्न सफल भएको बताइन।
    ध्यान योग र योगाको मद्दतले सो कार्य गर्न सफल भएको बताउदै रानीले भनिन यस कार्यमा गृहकार्य र साधनाको आवश्यक छ ।
    भारत, नेपाल, दक्षिण कोरियालगायत मुलुकमा आफनो शक्ति पर््रदर्शन गरीसकेको बताउंदै रानीले आफनो नाम भारतको लिम्का अवार्डमा दर्ता गराइसकेकी छन् । उनले भनिन अब मेरो लक्ष्य गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउनु रहेको छ ।
    २५ वषर्ीय अविवाहित रानीले पर्ूण्ा शाकाहारी भएको दाबी गरेकी छन् । व्यापार पर््रवर्द्धनको क्रममा उनी यसप्रकारको शक्ति पर््रदर्शन गरेको बताउंदै उनले भनिन म ६ वर्षेखि सेसा तेल प्रयोग गर्दै आइरहेको छु ।

    बस व्यवसायी आन्दोलित

    वीरगंज, २५ माघ/ लामो समयदेखि पर्ूव-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएपछि सवारी साधन चलाउन नदिएको विरोधमा वीरगंजका वस व्यवसायीहरुले विरोध पर््रदर्शन गरेको छ ।
    आज वीरगंजको नयां बसपार्कमा वसका चालकहरुले मुख्य सडकमै सवारीसाधन तर्ेसाएर सडक अवरुद्ध गरी पर््रदर्शन गरेका हुन् ।
    सरकारले एकीकृत प्रशासनिक सेवा केन्द्र खोल्ने निर्ण्ँय स्थगित गरेको विरोधमा करिब एक हप्तादेखि पर्ूव-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध हुंदै आइरहेको छ ।
    आन्दोलनमा उत्रिएका पर््रदर्शनकारीले पर्ूव-पश्चिम राजमार्ग अवरूद्ध गरेपछि सयौं सवारीसाधन र हजारौं यात्रीहरू अलपत्र परेका छन् ।

    लोक कल्याणकारी तथा दबाबमूलक र्‍याली


    वीरगंज, २५ माघ/ हिन्दू राष्ट्र कायम गराउन मांग गर्दै लोककल्याणकारी जनता पार्टर्ीीर्साले दबाबमूलक र्‍याली पर््रदर्शन गरेको छ ।
    आज वीरगंजको घण्टाघरबाट निस्केको र्‍यालीले नगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।
    लोक कल्याणकारी पार्टर्ीीर्साका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा निस्किएको र्‍यालीले हिन्दू राष्ट्र कायम गर, धर्म निरपेक्ष खारेज गर, शान्ति सुरक्ष्ँा बहाली गर, हत्या हिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।
    र्‍यालीमा केन्द्रीय सदस्य जनकलाल साह, अरुण महतो एवं लोक कल्याणकारी युवा संगठनका अध्यक्ष्ँ कोपी थापालगायतको पनि उपस्थिति थियो ।

    प्रगतिशील भोजपुरी साहित्य परिषदको इकाइ कमिटी गठन


    वीरगंज, २५ माघ/ प्रगतिशील भोजपुरी साहित्य परिषदका अध्यक्ष धु्रवलालप्रसाद सहनी -सास्ती) र सचिव अजय यादव वियोगीको उपस्थितिमा श्री सुरजीदेवी मावि मर्ुर्ली-१५ मा प्रगतिशील भोजपुरी साहित्य परिषदको ३५ सदस्यीय एकाइ कमिटी गठन भएको छ ।
    सो समितिको अध्यक्षमा जयप्रकाश पटेल, उपाध्यक्ष सुमनकुमारी कुशवाहा, सचिव पुष्पा साह, सहसचिव रवीन्द्रकिशोर सिंह, कोषाध्यक्ष संजयकुमार सहनी, सदस्यहरुराधिका कुमारी साह, मुकेश गुप्ता, अमितकुमार चौधरी, संजु साह, जीतेन्द्र, राजन बस्नेत, राकेश क्षेत्री, कृष्णकुमार यादव,विजय अधिकारी लगायत रहेका छन् ।

    नयां संविधान नबने देशमा अकल्पनीय दर्ुघटना निम्तिने

    वीरगंज, २५ माघ/ सदभावना पार्टर्ीी केन्द्रीय अध्यक्ष्ँ एवं आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले नयां संविधान नबने देशमा अकल्पनीय दर्ुघटना निम्तिने चेतावनी दिएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै मन्त्री महतोले भने,- ँकुनै पनि मूल्य चुकाएर नेपाली जनताको लागि नयां संविधान निर्माण गर्न आवश्यक छ ।
    उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यताबाट संविधान लेख्नुपर्नेमा जोड दिंदै भने- नयां संविधानबाटै नयां नेपालको परिवर्तन भएको अनुभूति नेपाली जनताले पाउन सक्छन् ।
    ँस्थानीय निकाय गठन मनोनितबाट नभई निर्वाचनबाट हुनर्ुपर्छ’- उनले भने- ँटिका लगाएर गरिने मनोनित प्रण्ँालीको सदभावनाले विरोध गर्छ । सरकारले स्थानीय निकाय भागवन्डाबाट गठन गर्न लगाएको आरोप समेत उनले लगाएका छन् ।
    सरकारी सेवामा समावेशी गर्ने उद्देश्यले सरकारले ल्याएको अध्यादेश स्वागत योग्य भएको बताउंदै उनले भने- ँअध्यादेशको विरोध गर्ने अपराधी हुन् ।’
    मधेशमा रहेको सदरमुकाम सारेर पायक पर्ने स्थानमा सेवा केन्द्र राख्ने र स्थगित गर्ने निर्ण्र्ाासरकारले गरेपछि स्थानीय बासिन्दाले पटक-पटक आन्दोलन गरेको मन्त्री महतोले बताए । उनले भने - जबसम्म प्रान्तिय सरकार बन्दैन तबसम्म सो निर्ण्र्ाागर्नु हुंदैन । कहां-कहां सेवा केन्द्र राख्ने हो त्यसको निर्ण्र्ााप्रान्तिय सरकारले गनुपर्नेमा जोड दिएका छन् ।
    उनले भने- ँकुनै पनि हालतमा मुलुकले संघीयता पाउनर्ुपर्छ र गणतन्त्रलाई संस्थागत गर्नुपर्छ । हाम्रँे मान्यता हो स्वायत्त मधेश एक प्रदेश ।’
    मन्त्री महतोले संविधानसभाबाट एक मधेश एक प्रदेशको निर्ण्र्ाानगरे मान्य नहुने बताउंदै यसको छिनोफानो र निर्ण्र्ाामधेशी जनताले गर्नुपर्नेमा जोड दिएका थिए । माओवादीहरुले एक मधेश बहु प्रदेश निर्ण्र्ाागर्‍यो भने अन्य पार्टर्ीीको पनि आ-आफनो मान्यता राख्ने दाबी गरेका छन् ।
    मन्त्री महतोले अन्तर्रर्ााट्रय मूल्य अनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्न नसकेको बताएका छन् । उनले नेपाल आयल निगमको १६ अर्ब रूपैया“ ऋण्ँ चुक्तापछि मात्र अन्तर्रर्ााट्रय मूल्यसंग समायोजन हुने जोड दिए । मन्त्री महतोले भने- ँअझै दुइ-तीन महिना लाग्छ त्यसपछि मात्र अन्तर्रर्ााट्रय मूल्यस“ग समायोजन गर्न सकिन्छ ।’
    रिपोर्टस क्लब, पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए ।

    सिमरा विमानस्थलमा राति पनि अवतरण हुने

    वीरगंज, २५ माघ/ काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलमा राति पनि विमान अवतरण्ँ गर्ने तयारी भइरहेको छ ।
    आज नेपाल नागरिक उड्डयन प्राधिकरण्ँ, बाराका प्रमुख सुधीरकुमार चौधरीले सिमरा विमानस्थलमा एप्रोच लाइट, रनवे लाइटको व्यवस्था गरिने र धावनमार्गको लम्बाई समेत बढाइ प्राधिकरण्ँले यसै वर्ष २४ बिघा जग्गा अध्रि्रहण्ँ गर्ने जानकारी दिएका छन् ।
    सिमरा विमानस्थलमा दैनिक ७ वटा उडान हुने गरेको छन् ।

    बन्दबाट बारामा सामान्य प्रभाव, पर्साको जनजीवन सामान्य


    वीरगंज, २५ माघ/ थारू कल्याणकारिणी सभाले आह्वान गरेको दुइ दिने बन्दको पहिलो दिन पर्सामा खासै कुनै असर नपरे पनि बाराको केही जिल्लामा सामान्य प्रभाव परेको छ ।
    आज बाराको जीतपुर, छातापिपरा र कलैयाको केही जिल्लामा पर््रदर्शनकारीहरुले पर््रदर्शन गरी सडक अवरुद्ध गरेका छन् । वीरगंजमा भने बन्दको कुनै असर परेको छैन ।
    थारू कल्याणकारिणी सभाले पहाडी मधेशी, हिन्दूवादी, ब्राम्हणवादी षडयन्त्रका विरूद्ध एकजुट हुन आह्वान गर्दै नेपाल सरकारले बलजफती रूपमा अध्यादेश ल्याएर तर्राईका थारू लगायत आदिवासी समुदायको हक अधिकार मधेशी समुदायलाई जिम्मा लगाउने प्रयत्न गरिरहेको आरोप लगाउदै दुइ दिन बन्दको आहवान गरेको हो ।

    १५१ औं काव्ययात्रा सम्पन्न

    वीरगंज, २५ माघ/ १५१ औं प्रभात काव्ययात्रा कवि विनोद तिमल्सिनाको संयोजकत्वमा उहांको निवास वीरगंज १६ मा सम्पन्न भयो ।
    काव्ययात्रामा कवि धु्रवलाल शास्त्री, बलराम जंग शाही, केशवबहादुर श्रेष्ठ, विनोद तिमल्सिना, मखन कुंवर, समीर पाख्रिन, अरुण विक्रम शाह, प्रणयकुमार लगायत २० ले रचना बाचन गरेका थिए ।
    अरुण विक्रम शाहले संचालन गर्नुभएको सो काव्ययात्राको आगामी अंक कवि शाहको निवासमा फागुन महिनाको अन्तिम शनिवार २८ गते बिहान ७ः३० बजे हुने निर्ण्र्ााभएको छ ।

    0 comments: