बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी, एक गम्भीर घाइते

Posted on
  • Feb 8, 2009
  • by
  • mukesh
  • in
  • हरी शर्मा
    नवलपरासी, २६ माघ । थारु कल्याणकारिणी सभाले आव्हान गरेको तराइ वन्द अवज्ञा गरी सवारीसाधन चलाएको भन्दै नवलपरासीमा एक ट्रकमा आगजनी गर्नुका साथै एकजनालाइ पर््रदर्शनकारीले गम्भीर घाइते हुने गरी कुटपिट गरेको छ ।
    आज बिहान बन्दको अवज्ञा गरेको भन्दै आव्हानकर्ताहरुले मनरीमा ना १ ख ४५८८ नम्बरको ट्रकमा आगजनी गर्दा ट्रक पर्ूण्ारुपमा क्षत्रि्रस्त भएको छ भने ट्रकका सहयोगीलाई निर्मम तरिकाले कुटपिट गरेका छन् ।
    कुटपिटवाट गंभीर घाइते भएका ट्रकका सहयोगी बेहोश अवस्थामा रहेको कारण उनको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको नवलपरासीले प्रहरीले जनाएको छ ।
    वन्दको दोश्रो दिन आज नवलपरासीको जन जीवन प्रभावित वनेको छ । बन्द आव्हानकर्ताले विभिन्न स्थानमा टायर वाल्नुका साथै ढुंगामुडा तर्ेसाएर सडक अवरुद्ध गरेका छन् । जिल्लामा कर्ुर्नै पनि सवारी साधन, पसल, व्यवसाय, शैक्षिक संस्था र उद्योग वन्द छन्।

    थारु कल्याणकारी सभालाई बदनाम गर्ने प्रयास

    वीरगंज, २६ माघ/ नेपाल सरकारले बलजफती रुपमा अध्यादेशविरुद्ध थारु कल्याणकारिणी सभाको अगुवाइमा तर्राईका विभिन्न आदिवासी तथा थारु संघसंस्थाहरुको आव्हानमा हिजो देखि गरिएको तर्राई बन्दको मौका पारेर थारु कल्याणकारिणी सभालाई बदनाम गर्न केही अवान्छित तत्वहरुले केही संचार माध्यमलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएको छ ।
    आज थारु कल्याणकारिणी सभा केन्द्रिय समितिले एक प्रेस विज्ञप्ति जारी गरी दाङलगायतका केही ठाउंमा आन्दोलनका क्रममा भएका घटनालाई बंग्याएर लुटपाट भन्ने प्रचारबाजी भएकोमा थारु कल्याणकारिणी सभाले घोर भर्त्सना गर्दै भ्रामक प्रचारको शिकार नबन्न अपील महामन्त्री राजकुमार लेखीले अपील गरेका छन् ।

    सात अपाङ पक्राउ

    हरी शर्मा
    नवलपरासी २६ माघ । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका नवलपरासीका अपाङहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
    आज प्रहरीले हस्तक्षेप गरि सात जना अपाङहरुलाई पक्राउ गरेको हो।
    अपाङहरुको सामाजिक सुरक्षा प्राप्ति हुनु पर्ने, पर्ूण्ा अशक्त र पर्ुण्ा अपाङहरुलाइ भत्ताको व्यवस्था, व्यवसाय गर्न इच्छुक अपाङहरुलाइ ऋणको व्यवस्था, शिक्षा स्वास्थ्यमा पहंुच गराइनुपर्ने लगायत विभिन्न १७ सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका अपाङहरु माथि लाठीचार्ज गरि सातजनालाई पक्राउ गरिएको हो ।
    विगत एक महिनादेखि चरणवद्ध आन्दोलमा उत्रिएका अपाङहरुको कार्यक्रम अनुसार आज जिल्ला प्रशासन र जिल्ला विकास समितिको मूलगेटमा ताला लगाउने कार्यक्रम अर्न्तगत प्रशासन कार्यालयको गेटमा ताला लगाउने क्रममा प्रहरीले लाठीचार्ज गरी सिविआर नेर्टवर्क नवलपरासीका अध्यक्ष रमेश श्रेष्ठसहित सात जनालाई पक्राउ गरेको थियो।
    प्रहरीको लाठीचार्जवाट घनश्याम यादव, फुला वास्फोर, तोयनाथ भट्टराइसहित सातजना घाइते भएको सि.वि. आर. नेर्टवर्क नवलपरासीले जनाएको छ ।
    पक्राउ परेका सातजना अपाङहरुलाई जिल्ला प्रहरि कार्यालय नवलपरासीमा राखिएको छ ।
    अपाङहरुले बिहान १० बजे देखि ४ बजेसम्म प्रशासन र जिल्ला विकास समितिको गेटमा तालावन्दी गरी मूल गेटमा धर्ना दिईरहेका छन् ।

    धमलासहितका चार पत्रकार गिरफ्तारीप्रति अन्तराष्ट्रिय पत्रकारको मिसनको आपत्ती

    काठमाडौं, २६ माघ । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित चारजना पत्रकारहरुको गिरफ्तारीप्रति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तराष्ट्रिय मिसनले गम्भीर आपत्ति जनाएको छ ।
    आज संयुक्त विज्ञप्तिमार्फत मिसनले धमलासहित, सुभक महतो, वीरेन्द्र केएम, मनोज महतोविरुद्धको मुद्दामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको भन्दै आपत्ति जनाएको हो ।
    मिसनले भनेको छ, ँपत्रकारहरु ऋषि धमला, सुभक महतो, वीरेन्द्र महतोविरुद्ध गरिएका मुद्दामा उचित काननी प्रक्रिया पूरा नगरिएको तर्फ अन्तराष्ट्रिय मिसनको ध्यानाकर्षण भएको छ ।’
    मिसनले लोकतान्त्रिक व्यवस्थाको पुनस्थापनासंगै सुधारको अपेक्षा गरिएको भए पनि नेपालको प्रेस स्वतन्त्रताले निरन्तर चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गरेको छ । पत्रकारहरु उमा सिंह, जेपी जोशी, वीरेन्द्र साह र पुष्करबहादुर श्रेष्ठको हत्याप्रति आपत्ती जनाएको छ । मिसनले पत्रकार प्रकाश सिंह ठकुरी वेपत्ता भएको र वेपत्ताका दोषीउपरको अभियोग फिर्ता लिएकोमा प्रधानमन्त्री प्रचण्डसामु कुरा राख्दा उनले त्यसबारे पुनः छानविनको प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।
    कान्तिपुर, हिमाल मिडिया, अंकुश दैनिक, रामारोशन एफएम तथा आप्का समूहलगायतका संचारगृहमाथि भएको आक्रमणको मिसनले दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

    ग्ाृहणी शिक्षावारे राष्ट्रपतिको चासो

    रिता खनाल
    काठमाडौं, २६ माघ/ राष्ट्रपति डा. रामवरण यादवले गृहिणी शिक्षाबारे चासो प्रकट गर्दै यो अभियानलाई सक्दो सहयोग गर्ने बचन दिनु भएको छ । राष्ट्रपति निवास धापासीमा भेट गर्न पुगेका गृहणीहरुको समूहसंग कुराकानी गर्दै उहांले शिक्षा र स्वाथ्य राज्यको दायित्व भएको बताउनु भयो ।
    महिला सिप विकाश केन्द्र मकवानपुरको टोलीसंग शनिवार भेट गर्दै राष्ट्रपति यादवले भन्नुभयो- महिलाहरुलाई शिक्षित बनाउने अभियान सराहना गर्न योग्य छ र सरकारले यसलाई सहयोग गनर्ुपर्दछ । केन्द्रकी अध्यक्ष रिता खनालले आफना मांग र गाउं-गाउंबाट संकलन गरिएको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउनु भएको थियो । हाल गृहणी शिक्षा अर्न्तगत ८ हजार महिलाहरु अध्ययनरत छन् । मकवानपुरका ४४ स्कूलहरुमा ४ बजे पछि गृहणी शिक्षा पढाइ हुने गर्दछ । २ बर्षअघि सुरु भएको गृहणी शिक्षालाई सरकारले गत वैशाखबाट पाठ्यक्रम र शिक्षिकाको लागि तलब उपलब्ध गराउने प्रतिवद्धता पुरा नभएपछि गृहणीहरु आन्दोलित भएका हुन् । पहिलो चरणको आन्दोलन अर्न्तगत जिल्ला शिक्षा कार्यालय मार्फ प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेको छ भने राजमार्ग बन्दको कार्यक्रम पनि गरिसकेको छ । तत्काल सरकारले सुनवाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी अध्यक्ष खनालले दिनुभयो । मागपत्र बुझ्दै राष्टपति यादवले मागपुरा सक्दो प्रयास गर्ने बचन दिनु भएको थियो ।

    0 comments: