५ दिनभित्र राजमार्ग सुचारू नभए सवारीसाधन बन्द गर्ने चेतावनी

Posted on
  • Feb 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ माघ/ नारायणी अंचल यातायात व्यवसायी संघका अध्यक्ष्ँ प्रभु प्रसाद गुप्ताले ५ दिन भित्र पनि राजमार्ग सुचारू नभए बन्दविरूद्ध बन्दको घोषणा गर्ने चेतावनी दिएका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्साले नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले राजनीति पार्टर्ीीभातृ संगठन र सानातिना झगडाको कारण चक्काजाम गर्ने, राजमार्ग अवरूद्ध गर्ने, बन्द हडताल गर्ने प्रवृत्तिको अन्त्य गर्न दबाबस्वरूप बन्दको विरूद्ध बन्द गरिने बताए।
    ँ९ वर्षछि पहिलोपटक यातायात व्यवसायीहरूले शान्ति सुरक्ष्ँाको माग गर्दै बन्दको घोषणा गर्नेछ’, गुप्ताले भने, दर्ुघटनामा परेकाहरूलाई सरकारी ऐनमा बढीमा ७५ हजार क्षतिपर्ूर्ति दिनुपर्ने उल्लेख भए तापनि आजभोलि २ लाखदेखि १२/१५ लाख माग्ने प्रचलन घातक हो, सरकार मौन बस्नु दुखलाग्दो विषय भएको छ । उनले दर्ुघटनामा परेकाहरूलाई कति क्षतिपर्ूर्ति दिनुपर्ने त्यसको तय गरी अध्यादेश ल्याउनुपर्ने माग गरे।
    नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष्ँ विनोद मानन्धरले सरकारले ठोस कानुन ल्याइ सडकलाई स्वतन्त्र बनाउन माग गर्नुभयो ।
    नेपाल यातायात स्वतन्त्र मजदूर संगठन पर्साका अध्यक्ष मोहन कार्कीले असुरक्ष्ँाको कारण बस व्यवसायी र मजदूरहरूलाइ ठाउं-ठाउंमा कुटपिट गर्ने, बस तोडफोड र आगजनी भइरहेको आरोप लगाए।
    अखिल नेपाल यातायात मजदूर संघका केन्द्रीय सदस्य एवं पर्साका संयोजक राजु गुप्ताले चक्काजाम, बन्द, हडतालका कारण यातायात मजदूरहरू भत्ता नपाएर भोकै बस्नुपर्ने गुनासो गर्दै भने, मजदूरहरूमाथि कुटपिटको घटनाहरूले सिमा नाघिसकेको छ।’
    ँराज्यले यातायात क्षेत्रलाई शान्ति क्षेत्रमा घोषणा गर्नुपर्छ’ उनले भने हालै दाङमा ७ वटा सवारीसाधनमा आन्दोलनकारीहरूले आगजनी गर्‍यो ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरूण विक्रम शाहले गर्नुभएको थियो ।
    यसैवीच विभिन्न स्थानमा राजमार्ग अवरूद्ध भएपछि यातायात व्यवसायीहरूले आइतवार वीरगंजमा विरोध पर््रदर्शन गरेका थिए । आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा र्सार्वजनिक यातायात खुलाउन प्रशासन र व्यवसायीबीच ५ बुंदे सहमति भएको थियो ।
    राजमार्गलाई शान्ति क्षेत्र घोषणा गरे अनुरूपको निर्ण्र्ााकार्यान्वयन गर्नुपर्ने, बन्द हडताल तथा चक्काजाम जस्ता अवाञ्छित क्रियाकलाप रोक्नुपर्ने, पर्सा जिल्लालाई बन्द निषेधित जिल्ला घोषणा गर्न अधिकारकर्मीहरू बैठक बसी पहल गर्नुपर्ने, फागुन १ गते ११ बजे बैठक बस्नुपर्ने र सोको जानकारी यातायात व्यवसायीहरूलाई दिनुपर्ने लगायतको बुंदामा सहमति भएपछि बन्द फिर्ता लिइएको थियो ।

    बन्दबाट औद्योगिक कोरिडोर ठप्प

    वीरगंज, २६ माघ/ थारू कल्याणकारिणी सभाले आहवान गरेको दुइ दिने बन्दको दोस्रो दिन औद्योगिक कोरिडोर प्रभावित भएको छ ।
    आज बारा, पर्साको औद्योगिक कोरिडोरमा रहेका सम्पर्ूण्ा
    उद्योगहरू पर््रदर्शनकारीहरूले बन्द गराएका हुन्।
    वीरगंज बजारमा बन्दको कुनै प्रभाव नभए पनि वीरगंजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरू पनि बन्द रहेका थिए ।
    थारू कल्याणकारिणी सभाले पहाडी मधेशी, हिन्दूवादी, ब्राम्हणवादी षडयन्त्रका विरूद्ध एकजुट हुन आह्वान गर्दै नेपाल सरकारले बलजफती रूपमा अध्यादेश ल्याएर तर्राईका थारू लगायत आदिवासी समुदायको हक अधिकार मधेशी समुदायलाई जिम्मा लगाउने प्रयत्न गरिरहेको आरोप लगाउदै दुइ दिन बन्दको आहवान गरेको हो ।

    भूमाफियाको चंगुलबाट ऐतिहासिक मन्दिर बचाउन ज्ञापनपत्र

    वीरगंज, २६ माघ/ ऐतिहासिक रामजानकी मन्दिर एवं थारू धर्मशाला भूमाफियाहरूको चंगुलबाट जोगाउन माग गर्दै पर्साका थारू समुदायले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ।
    आज वीरगंजको घण्टाघरबाट रामजानकी मन्दिर एवं थारू धर्मशाला बचाउ समितिले निकालेको दबाबमूलक र्‍यालीले ज्रि्रका पर्साका प्रमुख र मालपोत कार्यालय पर्साका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।
    सामूहिक नेतृत्वकर्ताहरू रामशरण पंजियार, रामबकस महतो, शान्ति चौधरीलगायतको नेतृत्वमा निस्किएको एक टोलीले बुझाएको ज्ञापन पत्रमा भूमाफियाहरूले किर्ते जालसाजी गरी पर्साका थारू पर्ुखाहरूको धरोहर रामजानकी मन्दिरमा व्यापारिक कम्प्लेक्स बनाउनेयोजनामा लागेको आरोप लगाइएको छ।
    सर्वोच्च अदालतको फैसला विपरित पर्सा नापी कार्यालय वीरगंजको फिल्डबुकमा लिखित किर्ते गर्ने पूजारीहरू हीरा देवी, सुशीला देवी ब्राहमणी र धीरनारायण शर्मा लगायतहरूलाई कानुनी कारबाहीको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

    शिक्ष्ँक संगठनको १० औं अधिवेशन उदघाटन सम्पन्न

    वीरगंज, २६ माघ/ नेपालमा संविधान निर्माण नभएसम्म शिक्ष्ँकहरूको हक अधिकार सुनिश्चित नहुने भएकोले सबै शिक्ष्ँकहरू एक भएर यथाशीघ्र संविधान लेख्न खबरदारी गरिरहनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
    आज वीरगंज-१३ स्थित श्री रामचरण शाह पन्नालाल माविको प्रा·णमा नेपाल राष्ट्रिय शिक्ष्ँक संगठन, पर्साको १० औं जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्ष्ँक चन्द्रबिहारी दत्तले सो कुरा बताएका हुन्।
    जिल्ला शिक्ष्ँा अधिकारी रामविनय साह, अशोक साह, अमृता जोशीलगायतको उपस्थिति रहेको सो उदघाटन सत्र शिक्ष्ँक संगठन पर्साका अध्यक्ष अफजल हुसेनको अंसारीको सभापतित्वमा सम्पन्न भएको थियो।

    धमलाद्वारा षड्यन्त्र चिर्ने दृढता

    काठमाडौं, २६ माघ । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । राज्यको नियोजित षड्यन्त्रको शिकारमा परेर मानगरीय प्रहरी प्रभाग हनुमानढोकामा राखिएका उनको फोक्सोमा समस्या देखिएको हो ।
    धमलालाई आजै भेटेको रिपोर्र्टर्स क्लब नेपालको टोलीका अनुसार उनलाई खोकी लागेको छ । उनको मुख सुन्निएको छ । स्वास्थ्य समस्याका बाबजुद धमलाले आफूमाथिको षड्यन्त्र चिरेर छाड्ने दृढता व्यक्त गरे ।
    नेपाली पत्रकारिता क्षेत्रमा अहोरात्र सक्रिय रहेर पत्रकारको हक हित र प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध धमलाले आफ्नो गिरफ्तारीप्रति आपत्ती जनाउने राजनीतिक दलका नेता, शुभचिन्तक एवं आम जनसमुदायप्रति धन्यवाद व्यक्त गरे । शुभचिन्तकहरूका कारण आफू अझ उत्साही भएको बताउदै भने,'म स्वतन्त्र र न्यायप्रेमी शुभचिन्तकहरूका कारण यहांसम्म पुगेको हुं, ममाथि लागेको झूटो आरोपलाई पर्दाफास गर्न सबैको साथ रहनेमा आशावादी छु ।' धमलाले माओवादी जनयुद्ध ताका पनि राज्यले पत्रकारलाई विभिन्न बहानामा आक्रमण गर्नेगरेको स्मरण गराउदै आफूमाथिको आरोपलाई विगतकै शैलीका रूपमा चित्रण गरे । राज्यनै आफूविरूद्ध लागेको भन्दै कुनैपनि भ्रममा नपर्न आग्रह गरे । रिपोर्र्टर्स क्लब नेपालले धमलाको उचित स्वास्थ्योपचारको माग गरेको छ । क्लबले विज्ञप्तिमार्फत फोक्सोको समस्या भोग्दै आएका धमलाको उपचारमा राज्य संवेदनशील नभएको भन्दै आालोचना गरेको छ ।

    संघीय राज्य प्रणालीमा दलितहरूको स्थान

    वीरगंज, २६ माघ/ संघीय राज्य प्रणालीमा दलितहरूको स्थान विषयक एक दिवसीय क्षेत्रीय गोष्ठीको सम्पन्न भयो।
    आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयले आयोजनामा सम्पन्न सो उदघाटन सत्रमा उपेक्ष्ँित, उत्पीडित दलित वर्ग उत्थान समितिका केन्द्रीय उपाध्यक्ष रविन्द्र बैठाको प्रमुख आतिथ्यमा गणेश विके देउल्यासले संघीय राज्य प्रणालीमा दलितहरूको स्थानबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
    कार्यपत्रमा संघीय राज्य प्रणाली र नेपाली विशेषताको स्वरूप, नेपालमा संघीयताका विषयमा प्रमुख राजनीतिक दलहरूको धारणा, नेपाली दलित समस्याको सही विश्लेषण, आर्थिक, राजनीतिक क्ष्ँेत्रमा समस्या, सामाजिक,सांस्कृतिक क्ष्ँेत्रमा समस्या, दलित समस्याकासर्न्दर्भमा वर्गीय र जातिय आन्दोलनको भ्रम र वास्तविकता र त्यसको समाधानबारे प्रकाश पारिएको थियो ।
    उपेक्ष्ँित उत्पीडित दलित वर्ग उत्थान समिति पर्साका अध्यक्ष मेघराज हजराको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा प्रभु हजरा, रामचन्द्र साह, प्रभु पासवान, पटवालीलाल वैठाले मन्तव्य व्यक्त गरेका थिए।

    नेपाल-भारत मैत्री विद्यालय आ“खा जा“च

    वीरगंज, २६ माघ/ आरएम केडिया आंखा अस्पताल र भारतीय राजदूतावासको संयुक्त आयोजनामा निशुल्क आंखा शिविर सुरू भएको छ ।
    आज बारा, लिपनीमाल-८ स्थित गोल्डेन फयुचर विद्यालयमा निशुल्क आंखा शिविरमा १८ जनाको उपचार गरिएको थियो । यसैवीच आज कादम्बरी स्कूलमा पनि आंखा जांच गरिएको थियो ।
    आ“खा टेक्निसियन अम्बिका लाल साह र अवपथालमिक असिस्टेन्ट सुपरभाइजर गजेन्द्र प्रसाद देवले विरामीहरूको जांच गरिरहेका छन् ।

    ८ लाख मूल्य बराबरको सामान पक्राउ

    वीरगंज, २६ माघ/ वीरगंज भंसार राजस्व चुहावट सशस्त्र प्रहरी बलले ८ लाख मूल्य बराबरको भंसार छलि ल्याएको कपडा छापामारी गरी पक्राउ गरेको छ ।
    गए राति १०ः३० बजे बाराको मोतीसरबाट ना ३ ख ४८९५ नं.को चामल लोड भएको ट्रकबाट ८ गा“ठ लत्ताकपडा छापामारी गर्दा पक्राउ गरेको हो । कपडा धनी भने फरार भएका थिए ।
    ८ गांठ कपडामध्ये ४७७ थान साडी, १०९६ थान सरवाल कर्ुता, २८ थान चोलोको कपडा, ३० बण्डल सल रहेको भंसारस्थित कर्मचारीले बताए ।
    तस्करीको सामान ढुवानी गर्ने ट्रकका चालक विजय थापा विगत लामो समयदेखि तस्करीको सामान ओसार्ने कार्यमा संलग्न रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सीताशरण कण्ठले बताउनुभयो ।

    फोरम मधेशको बैठक सम्पन्न

    वीरगंज, २६ माघ/ मधेशी जन अधिकार फोरम मधेशको तीन दिने केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले मधेशमा पा“च उपप्रदेशको प्रस्तावसहित विभिन्न निर्ण्र्ाागरेको छ ।
    आज केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिमा केन्द्रीय अध्यक्ष भाग्यनाथ गुप्ताको अध्यक्षतामा कपिलवस्तु जिल्लाको तौलिहवामा तीन दिने केन्द्रीय कार्यसमितिको बैठकले एक मधेश एक प्रदेशको निर्ण्र्ाामधेश विरोधी अवैज्ञानिक एवं पर्ूववत नै मधेशको पुनः गुलाम बनाउने षडयन्त्र हो भन्ने ठहर गरेको छ ।
    समग्र मधेश एक स्वायत्त प्रदेश छोडेर दोश्रो कुनै पनि विकल्प स्वीकार नहुने, मधेशीको धरती मधेशको पुनर्संरचना गर्ने, वैज्ञानिक सम्मत अधिकार मधेशीलाई मात्र हुने, समग्र मधेश एक स्वायत्त प्रदेशको अर्न्तर्गत जातिय, भाषिक, सांस्कृतिक, आधारमा पांच उपप्रदेशहरु विराट कोचिला, भोजपुरा, मिथिला, अवध, थरुहट उपप्रदेश रहनेछ ।
    केन्द्रीय समितिको बैठकले फागुन २ गते मधेशको प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीमा ज्ञापन पत्र पेश, फागुन ३ गते देखि ७ गतेसम्म प्रचार प्रसार सभा, कोणसभा, फागुन ८ गते मधेशव्यापी मशाल जुलुस, फागुन ९ र १० गते मधेश व्यापी आम हडताल हुने सचिव सुरेन्द्रकुमार साहले बताएका छन् ।

    0 comments: