हतियारसहित चार पक्राउ, गांजा बरामद

Posted on
  • Feb 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ माघ/ हतियारसहित चारजना व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
    गए राति ९ बजे पर्साको रामनगरी -९ बाट कारी राउत अहिर, रामशरण राउत कर्ुर्मी, अवध राउत कर्ुर्मीलाई पेस्तोल १ थान, गोली २ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
    रामनगरी आसपासमा इलाकामा डांका तथा अपहरण गर्ने योजना बनाइरहेको प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
    कारी राउत अहिर पर्सा बहुअरी पिडारी वडा नं. ३ घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा अर्न्तर्गत लंगडी हेल्थपोस्टका खरिदारबृजलाल साह रौनियारको अपहरणमा निजको संलग्न रहेको किटानी जाहेरी परेको थियो ।
    उनीहरु डांका, अपहरण मुद्दा संलग्न रहेको प्रहरीले अनुमान लगाएको छ । प्रहरीले आजै उनीहरुविरुद्ध मुद्दा चलाइएको छ ।
    यसैवीच गए राति २ बजे इलाका प्रहरी कार्यालय पोखरियाको गस्ती टोलीले पर्साको गर्दौल गाविसस्थित कर्ुमामा २ सय किलो गांजा बरामद गरेको छ ।
    प्रहरीको गस्ती टोलीलाई देखेपछि गांजातस्करहरुले सो गांजा फालेर भागेका थिए । सो गांजा भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    0 comments: