बन्दको तेश्रो दिन पनि औद्योगिक कोरिडोर ठप्प

Posted on
  • Feb 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २७ माघ/ थारू कल्याणकारिणी सभाले आहवान गरेको थप एक दिने बन्दको तेस्रो दिन औद्योगिक कोरिडोर प्रभावित भएको छ ।
    आज बारा, पर्साको औद्योगिक कोरिडोरमा रहेका सम्पर्ूण्ा उद्योगहरू बन्द भएका छन्।
    वीरगंज बजारमा बन्दको कुनै प्रभाव नभए पनि वीरगंजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरू तेश्रो दिन पनि बन्द छन् ।
    यसैवीच थारु कल्याणकारिणी सभाले आज पुन तराइ बन्दको आहवान गरेको छ ।
    थारु कल्याणकारी सभा केन्द्रीय समितिले एक प्रेस विज्ञप्ति जारी दर्ुइ दिने तर्राई वन्दको क्रममा सरकारले ब्यापक दमन गरेको विरोधमा बन्दको आहवान गरेको हो ।
    विज्ञप्तिमा पर्ूवको झापादेखि पश्चिमको कञ्चनपुरसम्म भएको बन्दका क्रममा प्रहरीले निहत्था आदिवासी समुदायलाई आक्रमण गरेर दर्जनौलाई घाइते बनाएको छ । प्रहरीको आडमा कथित मधेशवादीहरुको जत्थाले आन्दोलनकारीहरुलाई आक्रमण गरी दर्जनौलाई घाइते बनाएको छ । सरकारद्वारा पालित पोषित र संरक्षित आफूलाई मधेशवादी भनाउनेहरुले गरेको आक्रमण तथा प्रहरी दमनका विरुद्धमा थारु कल्याणकारिणी सभा थप संर्घष्ाको कार्यक्रम घोषणा गरेका उल्लेख छ ।
    प्रहरी र कथित मधेशवादीहरुको आक्रमणले तर्राईमा भइरहेको मधेशीकरणलाई अझ ब्यापक र त्रि्र बनाइने खतरा आदिवासी समुदायले देखेको छ । मधेशीकरणको यस्तो अभियानका विरुद्ध गोलबद्ध हुदै संर्घष्ालाई अझ ब्यापक बनाउन थारु कल्याणकारिणी सभा सम्पर्ूण्ा आदिवासी, दलित, मुस्लिम तथा उत्पीडीत समुदायलाई आव्हान गरेको उल्लेख छ ।
    आदिवासीमाथिको दमन, उत्पीडन र राज्यद्धारा गरिदै गरेको मधेशीकरणका विरुद्धमा एवं हामीले राखेका न्यायोचित मागहरु पूरा नगरिएसम्म, घाइतेहरुको उपचारको ब्यवस्थ्ाा सरकारले नगरेसम्म, गिरफ्तारहरुलाई रिहा नगरिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ ।

    नेपाली जनसर्म्पर्क समिति हङकङद्वारा श्रीभद्र र उमा सिंहको श्रद्धाञ्जली

    हङकङ, २७ माघ/ नेपाली जनसर्म्पर्क समिति हङकङले हालै दिवंगत भएका नेपाली कांग्रेसका पूर्व महामन्त्री श्रीभद्र शर्मा र जनकपुरमा हत्या गरिएकी उमा सिंहको श्रद्धाञ्जली सभा गरेको छ । हङकङको चुनवानमा समितिका अध्यक्ष इश्वर खांणको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जलीमा शर्माको निधनप्रति दुःख व्यक्त गरिएको थियो भने सिंह हत्याको भर्त्सना गरिएको थियो ।
    अध्यक्ष खांणले शर्माले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे । उनले जनकपुरमा हत्या गरिएकी पत्रकार उमा सिंहका हत्यारालाई तत्काल कारबाही गर्न माग गर्दै माओवादी नेतृत्वको सरकारले पत्रकारको सुरक्षामा चुनौती थपिदिएको बताए ।
    कार्यक्रममा समितिका भूतपूर्व सभापति कुलप्रसाद गुरुङलगायत बुद्धिजीवीहरुले शर्माको योगदानको उच्च सम्मान गर्नुपर्ने भन्दै पत्रकार उमा सिंहको हत्याले नेपालमा पत्रकारहरु धेरै असुरक्षित बन्दै गएको बताए ।

    धमलामाथि षड्यन्त्र गरेर प्रेसलाई आतंकित बनाउने दुष्प्रयास हुदैछ-पत्रकारसम्वद्ध संस्थाका नेतृत्वकर्ताहरु

    काठमाडौं, २६ माघ । पत्रकारसम्वद्ध संघसंस्थाका नेतृत्वकर्ताहरुले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलामाथि षड्यन्त्र गरेर प्रेसलाई आतंकित पार्ने दुष्प्रयास भइरहेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनीहरुले धमलाको गिरफ्तारीलाई हल्का रुपमा लिएमा गम्भीर गल्ती हुनेतर्फसचेत समेत गराए ।
    नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रमेश बिष्टले धमलाको गिरफ्तारीलाई सिंगो प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने शृंखलासंग जोडेर हर्ेर्नुपर्ने बताए । पत्रकारहरुलाई सुनियोजित रुपमा फसाइएको पुष्टि हुने डरले प्रहरी प्रशासन आफै अत्तालिएको बताए । उनले भने,'प्रमाण नपुर्‍याई गिरफ्तारी गरिएपछि प्रहरी नाटकीय ढंगले घर र क्लबमा छापा मार्दै हिड्नुको उद्येश्यभित्र गलत नियत लुकेको देखिन्छ ।' धमलामाथिको आरोप पुष्टि गरेर देखाउन चुनौती दिदै बिष्टले पक्राउ गर्ने अनि प्रमाण खोज्दै हिड्ने शैलीलाई षड्यन्त्रमूलक भने ।
    राज्यले पत्रकारको हत्या गर्नेहरुलाई संरक्षण दिएको भन्दै बिष्टले सरकारको आलोचना गरे । वीरेन्द्र शाह, उमा सिंहलगायत पत्रकारको हत्या गर्नेहरुले माओवादीको आन्तरिक संगठनमा बढुवा पाएको उल्लेख गर्दै भने,'प्रकाश ठकुरीलाई वेपत्ता पारी गाड्नेहरुको मुद्या फिर्ता लिने राज्यले धमलालाई अपराधि देखाउनुमा षड्यन्त्रको गन्ध छ ।' नेपालमा मिडिया मिसन आउने पर्ूवसन्ध्यामा धमलालाई समातेर अन्तराष्ट्रिय समुदायसामु पत्रकारहरुको प्रतिष्ठामा आंच पुर्‍याउने दुष्प्रयास गरिएको बताए । उनले सबै किसिमका षड्यन्त्रलाई चिरेर प्रेस स्वतन्त्रताका लागि सशक्त रुपमा प्रस्तुत हुन नेपाल पत्रकार महासंघ गम्भीर भएको बताए ।
    धमलाको स्वास्थ्यअवस्था ब्रि्रदै गएकाले उचित उपचार र कानुन व्यवसायी, पत्रकारसंग भेट्ने वातावरण मिलाउन राज्यसंग माग गरे ।
    प्रेस चौतारी नेपालका अध्यक्ष शम्भु श्रेष्ठले ऋषि धमलालाई नियोजित रुपमा षड्यन्त्रमूलक ढंगले फसाउन खोजिएको बताए । अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूलाई समर्पित गरेको र चर्चामा पुगेकाले धमलालाई तारो बनाएर प्रेस स्वतन्त्रताको तेजोबोध गर्न खोजिएको बताए । धमलाकोबारेमा राज्यले फैलाएको भ्रमका पछाडि नहिड्न आग्रह गर्दै भने,'बुढी मरी भनेर चुप नलागौं, काल पल्कने अवस्था छ । यो अधिनायकवादको अभ्यासको अर्को रुप हो ।' अधिनायकवादीहरुले स्वतन्त्रताका पक्षधरहरुमाथि षड्यन्त्र गरेको इतिहास साक्षी छ भन्दै आम पत्रकारलाई धमलाको विषयलाई हल्का रुपमा नलिन आग्रह गरे । प्रहरीले दिएको सूचनालाई मात्र नबोकी वास्तविकताबारे अध्ययन गरेर मात्र समाचार लेख्न सुझाव दिए । ऋषि धमलालाई फसाउन खटाइएका व्यापारीनै प्रहरी हुन् भन्ने शंकामा बल पुग्दै गएको बताए । उनले भने,'धमलाले चन्दा लिन खोजेको भनिएको व्यापारी प्रहरी हुन् भन्ने देखिदैछ ।' पत्रकार बदनाम बनाउने अभ्रि्रायको पर्दाफास गर्नुपने बताए । वीरेन्द्र शाह, ज्ञानेन्द्र खड्का, प्रकाश ठकुरी जस्ता पत्रकारहरुको हत्यारा खुलेआम हिडिरहदा धमलालाई फसाउन खोज्नुले अर्को शंका जन्माएको बताए । आफूले ऋषि धमलालाई विगत २१ वर्षेखि चिनेको बताउदै भने,'धमलाको दिमाग अपराधि हुनसक्ने छैन ।' देशमा अपराधिहरुनै शासक रहेको र निरपराधिहरु शाषित हुनुपरेकाले पछिल्लो अवस्था आएको बताए ।
    साप्ताहिक पाक्षिक सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले धमलालाई सुनियोजित ढंगबाट अपराधि देखाउन खोजिएको बताए । देशमा पत्रकारहरुमाथि षड्यन्त्र गरेर अधिनायकवादको जग बलियो बनाउने गृहकार्य भइरहेको बताउदै भने,'पत्रकारको सुरक्षाको माग भइरहदा ऋषि धमलामाथि षड्यन्त्र रचिएको छ । यसलाई आम पत्रकारले गम्भीर ढंगले सोच्नर्ुपर्छ ।' राज्यनै पत्रकारलाई जर्बजस्ती अपराधि प्रमाणित गर्न खोज्छ भने त्यसले शुभ संकेत नगरेको बताए । नेपाल पत्रकार महासंघले धमलासहितका पत्रकारहरुको गिरफ्तारीबारे सत्यतथ्य बाहिर ल्याउन छुट्टै छानविन गर्न समिति बनाउनुपर्ने बताए । धमलाको भनिएको टेपलाई बनावटी भन्दै त्रिपाठीले समयले सत्यलाई बाहिर ल्याउदा षड्यन्त्रकारीहरुबारे छताछुल्ल हुने बताए । धमलालाई आफूले दर्ुइ दशकदेखि चिनेको उल्लेख गर्दै भने,'ऋषि धमलाको अपाराधिक दिमागनै छैन । ऊ जतिबेला पनि समाचारका लागि दौडिरहन्छ, त्यतिबेला अपराधिक समूह त के राजनीतिक दलका नेतालगायत सबैसंग सर्म्पर्क हुनु स्वाभाविक हो ।' चर्चामा आउनुनै आफ्नो सफलता देख्ने धमलाले हरेक विषयलाई हल्का रुपमा लिनेगरेको उल्लेख गरे । धमलाको निर्दोष, हल्का र सरल व्यक्तित्वलाई गलत रुपमा व्याख्या गरी अपराधि देखाउन खोजिनुले गम्भीर आशंका जन्माएको बताए ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शरदराज गौतमले ऋषि धमलालाई गिरफ्तार गर्ने सुरक्षा अधिकारीनै अपराधि भने । गिरफ्तार गरेपछि अदालतको आदेशअनुरुप अदालतमा पेश गर्नुपर्नेमा नगरिएकाले गम्भीर आशंका जन्माएको बताए । उनले भने,'गिरफ्तारीपछि छापा मार्ने र फसाउने बहाना खोज्दै हिड्नेहरु अपराधि हुन् ।' राज्यले धमलामाथि कुन अभियोग लगाउने भन्नेबारे अन्यौल महशुश गरेको टिप्पणी गरे । प्रमाण नपुगेपछि राज्यनै निकम्मा सावित हुनलागेको भन्दै अपराधि पुष्टि गरेर देखाउन चुनौती दिए ।
    रिपोर्र्टर्स क्लब नेपालका बैकुण्ठ ढुंगानाले ऋषि धमलाको क्षमता र योगदानबाट शान्ति, लोकतन्त्र र प्रेस स्वतन्त्रता बलियो पार्न मद्यत मिलेपछि आत्तिएकाहरुले षड्यन्त्र रचेको बताए । सरकारले अदालतमा पेश गर्ने समय गुजारेर थप षड्यन्त्र गरेको बताए । उनले धमलाको तत्काल सकुशल रिहाईको माग गर्दै कुनैपनि अवरोधको सामना गर्दै क्लब अझै सशक्त रुपमा अघि बढ्ने बताए ।

    गृहणीलाई मन्त्री यादवको आश्वासन

    संगम बानियां
    काठमाडौं, २७ माघ/ शिक्षा मन्त्री रेणुकुमारी यादवले गृहणी शिक्षालाई सरकारले सहयोग गर्ने बचन दिनुभएकेा छ ।
    आइतवार गृहिणीहरुको टोलीलाई मन्त्रालयमा सामूहिक भेट गर्दै उहांले भन्नुभयो -यसबाट म साह्रै प्रभावित छु र यस शिक्षालाई विस्तार गर्न म सक्दो सहयोग गर्छर्ुु सरकारले एकलाख गृहणीहरुको लागि कार्यक्रम गर्ने जनाउंदै उहांले भन्नुभयो अर्थमन्त्रालयबाट साक्षर अभियानको लागि रकम निकास गरेपनि गृहणी शिक्षाको लागि रकम निकास गरेको छैन ।
    तत्काल अर्थमन्त्री डा. वाबुराम भट्टर्राईसंग कुरा गरि गृहणी शिक्षाको लागि पहल गर्ने बचन उहांको थियो । मन्त्री यादवले भन्नुभयो-एक हप्ता भित्र मांग पूरा गर्छर्ुु गृहणीहरुको मनोवल बढाउन आग्रह गर्दै उहांले भन्नुभयो -गृहणी शिक्षालाई गाउं-गाउंसम्म लैजान आगामी बर्षाट कार्यक्रम नै सञ्चालन गरिनेछ । आइतवार नै गृहणीहरुले प्रधानमन्त्री कार्यालयमा समेत आफना मांग पत्र बुझाएका छन् । यसअघि शनिवार उक्त टोलीले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी मांगपत्र बुझएको थियो । सो अवसरमा उहांले चासो प्रकट गर्दै यो अभियानलाई सक्दो सहयोग गर्ने बचन दिनु भएको थियो । महिला सिप विकाश केन्द्र मकवानपुरको टोलीसंग शनिवार भेट गर्दै राष्ट्रपति यादवले भन्नुभयो- महिलाहरुलाई शिक्षित बनाउने अभियान सराह्रना गर्न योग्य छ र सरकारले यसलाई सहयोग गुनपर्दछ । केन्द्रकी अध्यक्ष रिता खनालले आफना मांग र गाउं गाउंबाट संकलन गरिएको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउनु भएको थियो ।
    हाल गृहणीशिक्षा अर्न्तगत ८ हजार महिलाहरु अध्ययनरत छन् । मकवानपुरका ४४ स्कूलहरुमा ४ बजे पछि गृहणी शिक्षा पढाइ हुने गर्दछ । २ बर्षअघि सुरु भएको गृहणी शिक्षालाई सरकारले गत वैशाखबाट पाठ्यक्रम र शिक्षिकाको लागि तलब उपलब्ध गराउने प्रतिवद्धता पूरा नभएपछि गृहणीहरु आन्दोलित भएका हुन् । अध्यक्ष खनालले मन्त्रीको आश्वनसन कर्ुर्ने र माग पूरा नभएक सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    माओवादीले नयां संविधान बनाउन नचाहेको आरोप

    काठमाडौं, २७ माघ/ नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादीले नयां संविधान बनाउन नचाहेको बताउनु भएको छ ।
    नेपाल तरुण दल महिला परिचालन विभागद्धारा काूग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नयां संविधानसभामा महिलाको हक अधिकार सुनिश्चितता विषयक विचार गोष्ठीको उद्घाटन गर्दै नयां संविधानमा ५० प्रतिशत महिला सहभागीता गराउन कांग्रेसले पहल गर्ने जानकारी दिनुभयो ।
    सरकारको नेतृत्व गरिरहेको माओवादीले धम्कीको भाषा बोलेको भन्दै उहाले भन्नुभयो - माओवादीले निरकुशता लादन खोजे ऊ आफै सकिने बताउनु भयो । महिला विभागकी संयोजक सरस्वती तिवारीका सभापतित्वमा सम्पन्न कार्यक्रमा पर्ूव उपसभामुख चित्रलेखा यादवले राम्रो संविधान बनाएर मात्रै नहुने बताउनु भयो । संविधान कार्यन्वयनमा भर पर्ने भन्दै कानुनी रुपमा उल्लेख भएका कुराहरु कार्यान्वयन भएमात्र महिला हक अधिकार सुरक्षित हुनेमा जोड दिनुभयो । काग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टर्ीी महिलालाई उचित स्थान दिन नसकेकेा बताउनु भयो ।
    तरुण दलका अध्यक्ष तथा सभासद् महेन्द्र यादवले वाइसियलको अर्ध सैनिक संरचना तुरुन्त खारेज हुनुपर्ने बताउंदै राज्यको तर्फाट नै अराजकतालाई प्रोत्साहन गरिएकेा बताउनु भयो । अधिवक्ता शान्ता सेर्ढाईले कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा मीना पाण्डे, प्रतिमा गौतम, सुष्मा वराल, सीता सापकोटालगायतले बोल्नु भएको. थियो।

    बैंकले लगानी गरेको कर्जा सुरक्ष्ँित छ-क्याल

    नेपाल राष्ट्र बैंकबाट आर्थिक कारोबारको अनुमति प्राप्त गरी संचालित रहेको पब्लिक डेभलपमेन्ट बैंक लिमिटेड, वीरगंजका ऋणि वीरगंज-९, गहवा बस्ने विनय भगत मारवाडी फरार भएको चर्चासंगै उक्त बैंकले जोखिम बेहोर्ने तथा बैंकका लगानीकर्ता एवं वचतकर्ताको रकम डुब्ने स्थानीय एक पत्रिकाबाट समाचार र्सार्वजनिक भएपश्चात घटनाको सेरोफेरोमा रही सो बैंकका अध्यक्ष एवं प्रबन्धक निर्देशक कुञ्जबिहारी क्यालसंग गरेको कुराकानीको सारसंक्षेप -
    - छोटो समयमा राम्रँे कारबोर गर्न सक्ष्ँम रहेको तपाईको बैंकका एक ऋणि फरार भएको चर्चा र्सार्वजनिक हु“दा बैंक नै डुब्ने प्रमोटरहरूको लगानी तथा बचतकर्ता असुरक्ष्ँित हुने भन्ने स्थानीय एक दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको छ, त्यसबारेमा तपाई के भन्नुहुन्छ -
    ० प्रमोटर, शेयर पर्ूण्ारूपमा सुरक्ष्ँित छन्, डिपोजिटको लगानी, ऋण कर्जा र बचतकर्ताको रकम पनि सुरक्ष्ँित छ । कारोबार गर्दा खराब र राम्रँ कर्जा नहुने होइन, तर हाम्रा कर्मचारीको प्रयासले खराब कर्जा छैन । भविष्यमा एक-दर्ुइ प्रतिशत खराब कर्जा भए पनि त्यो नेपाल राष्ट्र बैंकले ५ प्रतिशत सुविधा प्रदान गरेको छ । त्यसमा पनि आधा-एक प्रतिशत खराब कर्जा भएमा खासै फरक पर्दैन तर हामी त्यो पनि नहोस् भन्ने प्रयासरत छौं । ऋणि विनय भगतका सम्बन्धमा पुस मसान्तसम्म सा“वा, ब्याज सम्पर्ूण्ा चुक्ता भएको छ । भगत पनि खराब कर्जामा परिणत भएका छैनन् ।
    - बैंकले लगानी गरेको कर्जा सुरक्षित छैन भन्ने चर्चा समेत चलेको छ । यसबारेमा के भन्नुहुन्छ -
    ० पब्लिक डेभलपमेन्ट बैंक संचालन भएको २९ महिना भइसक्यो, यस बैंकको लगानीकर्ता विभिन्न पेशाबाट आउनुभएको छ । हामीले बैंकको सम्पर्ूण्ा क्रियाकलाप राष्ट्र बैंकको आर्थिक नीति तथा संचालक समितिले पास गरेको कर्जा नीति, बैंकको पोलिसी अर्न्तर्गत कर्जा लगानी गरेका छौं । नियम अर्न्तर्गत नै भुक्तानी गरेका छौं । सम्पर्ूण्ा कर्जा धितोबाट गएको छ । कर्जा सुरक्ष्ँित छन् । त्यसकारण स्थानीय पत्रिकामा चलाइएको हल्ला निराधार, सत्यताविहिन छ ।
    - विनय भगतलाई लगानी गरेको ऋणमा धितो कमी रहेको छ भन्ने पनि हल्ला छ, यसबारे तपाईको के भनाइ छ -
    ० विनय भगतको कर्जाअनुरुपको धितो पर््रयाप्त छ । सम्पर्ूण्ा धितो लगानी गरिएको सवारीसाधन हाम्रँे कब्जामा छ । निज ऋणी फरार भएको पत्रपत्रिकाबाट चर्चा चल्नासाथ हामीले बैंकको ऋण लगानी सुरक्ष्ँित गर्न धितो राखिएको सवारीसाधनहरू आप\mनो कब्जामा लिइ ऋण असुलीको प्रक्रिया अर्न्तर्गत केही सवारीसाधनहरू लिलाम गर्ने तारतम्यमा समेत जुटिसकेका छौं । निजउपर लगाइएको लगानी, कर्जा बढीभन्दा बढी उठाउ“छौं ।
    - ऋणि भगत फरार भएको सम्बन्धमा तपाईंले कसरी थाहा पाउनुभयो र निजउपरको धितो आप\mनो कब्जामा लिन तल्लिन रहनुभयो -
    ० वास्तवमा यस बैंकका ऋणि भगत फरार रहेको मलाई थाहा छैन । तपाईहरूकै पत्रपत्रिकाको माध्यमबाट निज फरार भएको चर्चा चलेको हो । स्थानीय प्रहरी र सम्बन्धित निकायले अहिलेसम्म भगत फरार भएको कहि कतैबाट घोषणा गरेको छैन तर पनि हल्ला चलेको कारण हामीले निजउपरको ऋण सुरक्ष्ँित गर्न धितो राखिएका बाहनहरू कब्जामा लिएका हौं र सुरक्ष्ँित पनि छौं ।
    - तपाईले यस्ता चर्चाका बावजुद पब्लिक डेभलपमेन्ट बैंकले प्रमोटर शेयर लगायत भविष्यमा लगानी गर्ने साधारण शेयरदाताको रकम सुरक्ष्ँित हुन्छ भन्ने ग्यारेन्टी कसरी दिन सक्नुहुन्छ -
    ० हर्ेर्नुस्, प्रमोटर शेयरको लगानी सय प्रतिशत सुरक्ष्ँित छ । आउ“दो भविष्यमा साधारण शेयरसमेत हामी र्सार्वजनिक गर्र्छौ र शेयरदाताहरूलाई बोनस शेयर समेत दिन्छौं । हामीले यस बैंकलाई नेशनल डेभलपमेन्ट बैंक बनाउने अवधारणा राखेका छौं । र, भविष्यमा कमर्शियल बैंकमा लाने योजना पनि छ । यस कार्यमा हाम्रँ बैंकका कर्मचारी तपाईं संचारकर्मीहरू लगायत नागरिक समाजले सहयोग पुर्‍याउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

    देशभरका निर्माण ठप्प पार्ने चेतावनी

    काठमाडौं, माघ २६ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफूहरुको माग २१ दिनभित्र पूरा नगरे निर्माण कार्य ठप्प पारेर आन्दोलनमा जाने चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघले सात बुंदे माग प्रस्तुत गर्दै पूरा नभए आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएको हो ।
    महासंघको मागमा उपभोक्ता समितिमार्फ गरिने कार्यमा रु ६० लाख बनाउने नियमावली बनाइकोमा तत्काल पुरानै अवस्थामा ल्याउनुपर्नेलगायत छन् । महासंघका अध्यक्ष यक्षध्वज कार्कीले २१ दिनभित्र पनि नियमावली पुरानै अवस्थामा नल्याइए देशभर सशक्त आन्दोलन गर्ने बताए । प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा.बाबुराम भट्टर्राई, जलस्रोतमन्त्री विष्णु पौडेल, भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदार एवं सरकारी अधिकारीसंग भेटी मागबारे अवगत गराउदा पनि बेवास्ता भएको भन्दै आन्दोलनमा जान वाध्य हुने अवस्था सृजना गरिएको बताए । महासंघले आन्दोलनका लागि सबै योजना बनाइसकेको छ । स्थानीय तहसम्म आन्दोलनको तयारीका लागि जिम्मेवारी समेत दिएको अध्यक्ष कार्कीले बताए । महासंघका सल्लाहकार सुरेश श्रेष्ठले आफूहरुमाथि राज्यलेनै अन्याय गरेको बताए । व्यवसायनै धरापमा पार्नेगरी भएका निर्ण्र्ाावरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
    महासंघका महासचिव शदरकुमार गौचनले निर्माण व्यवसायीहरुलाई राज्यले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरेर विचलित बनाउन खोजेको आरोप लगाए । विकास निर्माण क्षेत्रनै तहसनहस पार्ने अभ्रि्रायबाट सरकारी निर्णय अभ्रि्रेरित रहेको उनको भनाई थियो । यसअघि महासंघले हिजो बानेश्वरमा भेला गरी आन्दोलनको तयारीका लागि जिम्मेवारीबांडफांड गरेको थियो । भेलामा देशभरका सबै श्रेणीका निर्माण व्यवासायी सहभागी थिए ।

    0 comments: