इन्द्रेणी एफएम श्रमिक संघको आन्दोलन फिर्ता

Posted on
  • Feb 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ माघ/ करिब एक महिनादेखि आन्दोलनरत इन्द्रेणी एफएम श्रमिक संघले हडतालको सम्पर्ूण्ा कार्यक्रम फिर्ता लिएको छ।
    आज नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल लगायत स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा श्रमिक संघ र एफएम व्यवस्थापन पक्षबीच भएको वार्तामा ३ महिना स्थायी नियुक्ति दिने लगायतको विषयमा सहमति भएपछि आमरण अनसनमा बसेका संचारकर्मीहरूले हडताल फिर्ता लिएका हुन्।
    माघ ११ गते देखि विभिन्न १३ सूत्रीय माग पूरा गराउन सो एफएमका श्रमिकहरूले धर्ना, रिले अनसन, आमरण अनसन लगायत संर्घष्ाका कार्यक्रम गर्दै आइरहेका थिए।

    नेता महम्मद आरिफको निधन

    वीरगंज, २६ माघ/ प्रखर राष्ट्रवादी नेता महम्मद आरिफको ७० वर्षो उमेरमा निधन भएको छ।
    माघ २४ गते राति वीरगंजस्थित भारतीय वाणिज्य दूतावास नजिकै रहेको निवासमा उहांको निधन भएको हो।
    उहा“को पार्थिव शरीरलाई मुस्लिम धर्मको विधि अनुसार अत्येष्टि गर्न वीरगंजबाट उहांको जन्मथलो पर्साको जयमंगलापुर गाविस, बुढगाइमा लगिएको थियो। महम्मद आरिफको निधनको खबर सुन्नासाथ उहांको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न इष्टमित्र, साथीभाइ, राजनीति दलका नेता,कार्यकर्ता, संचारकर्मी स्तब्ध भएका थिए।

    ठूलो परिमाणमा गांजा बरामद

    वीरगंज, २६ माघ/ जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन गरिएको डूग्स कन्टूोल टिमले ३५ लाखमूल्य बराबरको लागू औषध गांजा र चरेश बरामद गरेको छ।
    आइतवार पर्साको खेस्राहाको सीमाक्ष्ँेत्रमा प्रहरी र गांजा तस्करबीच झडप हुंदा ११ राउन्ड गोली प्रहरीले फायर गरेपछि तस्करहरूले १२ क्विन्टल गांजा छाडेर भागेका थिए।
    यसैवीच आइतवार नै विन्दवासीनी-४ स्थित तिलावे पुलमा प्रहरीले१ सय केजी बराबरको चार वटा पोका र ५० केजी चरेश बरामद गरेको ज्रि्रका पर्सर्ाा जनाएको छ। तस्करहरूले ती लागूपदार्थ भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

    0 comments: