वीरगंज, २८ माघ/ कृषि श्रमिकको अधिकार समृद्ध नेपालको पर्ूवाधार नाराका साथ नेपाल कृषि श्रमिक संघको तेश्रो केन्द्रीय महाधिवेशनको उदघाटनसत्र सम्पन्न भयो ।
आज वीरगंजको नगरसभागृहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल टे्रड युनियन स्वतन्त्रका केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्दै कृषि श्रमिकको अधिकारबारे प्रकाश पारेका थिए ।
सो कार्यक्रम नेपाल कृषि मजदुर संघका केन्द्रीय अध्यक्ष विमला गैरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना, जनार्दन सिंह क्षेत्री, रामेश्वर रौनियार, सभासद ओमप्रकाश शर्मा, भरत खनाल, दिना यादव, श्रीनारायण यादवलगायत ७५ जिल्लाबाट आएका महिला तथा पुरुषहरुको उपस्थिति थियो ।
एमालेको आठौ अधिवेशन र जनअपेक्षा
वीरगंज, २८ माघ/ नेकपा एमालेको आठौ महाधिवेशन र जनअपेक्ष्ँा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आज प्रेस चौतारी नेपाल पर्साले वीरगंज उद्योग वाणिज्य संघमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले सत्ता र सरकारमा रहेका राजनीतिक पार्टर्ीीले कर्ुर्सि र सत्ताको लागि संचारकर्मीमाथि दमन शोषण, डर, त्रास, धाक, धम्की एवं विभिन्न षडयन्त्र गरेको आरोप लगाए।
उनले नेकपा एमालेको आठौ महाधिवेशनमा संचारगृह र संचारकर्मीहरुको हक-अधिकारबारे उचित सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् । उनले सत्तामा बसेर ब्रहमलुट मचाउनेहरुले संचारकर्मीहरुलाई दुइ छाक खुवाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए।
प्रेस चौतारी पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, प्रेस चौतारी नेपालका अंचल इन्चार्ज लालबाबू शेष, नेकपा एमालेका अरविन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साका सचिव केसी लामिछाने,महिला पत्रकार संजाल पर्साकी अध्यक्ष रसना ढकाल, प्रेस युनियनका केन्द्रीय सदस्य एवं ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका महासचिव दीपेन्द्र चौहान, नेपाल आमसंचार मंचका केन्द्रीय उपाध्यक्ष सर्ुदर्शनराज पाण्डे, राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष्ँ राजू श्रेष्ठलगायतकोे उपस्थिति थियो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment