ऋषि धमलामाथिको अभियोग पुष्टि नहोस-गृहमन्त्री

Posted on
  • Feb 11, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २९ माघ/उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलामाथिको अभियोग पुष्टि नहोस् भन्ने कामना गरेका छन् । आज व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा बोल्दै गौतमले धमला आफ्नो मित्र भएको भन्दै अभियोग पुष्टि नहोस् भन्ने चाहना राखेको बताए ।
    'ऋषि धमलाको विषयबाट म निकै गम्भीर भएको छु,' गौतमले मधेशी जनअधिकार फोरमका सभासद रामजनम चौधरीले धमलालाई गिरफ्तार गर्नुको कारणबारे साधेको प्रश्नमा भने,'धमलालाई अनुसन्धानका लागि राखिएको हो, उहांमाथिको अभियोग पुष्टि नहोस् भन्ने मेरो कामना हो ।'
    गृहसचिव गोविन्द कुसुमले अनुसन्धानका लागि धमलालाई नियन्त्रणमा लिइएको बताए । उनले प्रक्रिया पुर्‍याएर अनुसन्धान अगाडि बढाउने बताए । एक हप्ताअघि रिपोर्र्टर्स क्लब नेपालको पुतलीसडकस्थित साक्षात्कार कक्षबाट ऋषि धमलालाई गिरफ्तार गरिएपछि राष्ट्रिय अन्तराष्ट्रिय चासो बढिरहदा पछिल्लो गृहमन्त्री र गृहसचिवको पछिल्लो अभिव्यक्ति आएको हो । यसअघि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले धमलामाथि सुनियोजित षड्यन्त्र भएको बताइसकेका छन् । धमलाको गिरफ्तारीको कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालालगायतले पनि चासो व्यक्त गर्दै नियोजित षड्यन्त्र भनेका छन् ।

    0 comments: