वार्ताप्रति शंका- कौटिल्य

Posted on
  • Feb 11, 2009
  • by
  • mukesh
  • in
  • हरी शर्मा
    नवलपरासी २८ माघ । संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका प्रवक्ता एवं वार्ता टोलीका संयोजक कौटिल्य शर्माले सरकारसंग भैरहेको वार्ता प्रति शंका व्यक्त गरेका छन्।
    सरकारले गरेको व्यवहारका कारण वार्ता सफल हुनेमा विश्वस्त हुन नसकेको वताउंदै विश्वास गर्न नसके पनि आशावादी रहेको वताए।
    संयुक्त जनतान्त्रीक तर्राई मुक्ति मोर्चाले बुधवार नवलपरासीको परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक शर्माले
    सहमति अनुसार आफुहरुको शान्ति सुरक्षा सरकारले गर्ने भनिए पनि शान्ति सुरक्षामा सरकार इमान्दार हुन नसकेको र सरकारले आफना बन्दिहरु नछाडेसम्म काठमाडौंमा हुने भनिएको अर्को चरणको वार्ता हुन नसक्ने वताए।
    तर्राई मुक्ति आन्दोलनलाई वदनाम गराउन प्रहरी प्रशासनले हतियार उपलव्ध गराएर विभिन्न संगठन खोलेको आरोप लगाउंदै संयोजक शर्माले वार्ता टुङ्गोमा पुगेपछि उनिहरु विरुद्ध शस्त्र युद्ध थालनी गरिने वताए ।
    हतियारमा कलम नभए त्यो हतियार अपराधिक हुने र आफुहरुको हतियारसंग सधै कलम रहेको बताउदै शर्माले उपेन्द्र यादव र राजेन्द्र महतो मधेशका दलाल भएको समेत गंभिर आरोप लगाए।
    पत्रकार सम्मेलनमा वार्ता टोलीका सदस्य एवं सुदूरपश्चिम कमाण्ड रविदत्त मिश्र राज गुरुले आफनो पार्टर्ीीाजनैतिक पार्टर्ीीएको हुंदा चन्दा आतंकले जनजीवन आतंकित नबनाउने वताए।
    अर्का सदस्य एवं राजकुमार कमाण्ड गुलाम श्रवण शेषले आफूहरुको राष्ट्रियता नेपाली नभई तराइयन भएको वताउंदै राष्ट्रियताका लागि आफनो लर्डाई जारी रहने वताए।

    0 comments: