टयाकंर व्यवसायीद्वारा आन्दोलन फिर्ता

Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ फागुन/ नेपाल आयल निगमले २० वर्षन्दा पुरानो टयाकर हटाउने निर्ण्र्ाातत्कालका लागि फिर्ता लिएपछि ट्याकंर व्यवसायीहरुले आन्दोलनको सम्पर्ूण्ा कार्यक्रम फिर्ता लिएका छन् ।
    आजदेखि बन्द, हडताल, धर्ना कार्यक्रम फिर्ता लिएपछि ढुवानी कार्य सुचारु भएको मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ ट्याकंर आन्दोलन मूल संर्घष्ा समितिका संयोजक सुरेन्द्रप्रसाद श्रीवास्तवले जानकारी गराएका छन्।
    टयाकंर व्यवसायी र पदाधिकारीबीच सोमवार भएको छलफलमा बीस वर्षन्दा पुरानो टयाकंर हटाउने कार्य निगमले तत्काल स्थगन गर्ने र दस दिनभित्रमा यससम्बन्धमा टुंगोमा पुग्नेमा सहमति भएपछि व्यसायीले बन्द फिर्ता लिएको जनाएको छ ।
    निगमले बीस वर्षन्दा पुरानो ट्याकंर हटाउने सूचना प्रकाशित गरेपछि भन्दै टयाकंर व्यवसायीले सो निर्ण्र्ाावरुद्ध विरोध तथा हडताल गरी ढुवानी ठप्प पार्दै आएका थिए ।


    अस्मिता साक्ष्ँरता अभियान अन्तरक्रिया

    वीरगंज, ६ फागुन/ संचार माध्यमहरुले प्रकाश पारेको महिला मुद्दा, त्यसलाई प्रस्तुत गर्ने शैली र त्यसबाट पर्ने प्रभाव विषयमा अस्मिता संचार साक्षरता अभियानले अन्तरक्रिया गरेको छ ।
    आज नेपाल पत्रकार महासंघ पर्सर्ााे सभाकक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अस्मिता संचार साक्षरता अभियान काठमाडौंकी शान्ता भन्डारी, रेनु राइ, महिला विकास पर्सर्ाान्जिता पौडेल, आशा मिलन समूहकी कार्यक्रम संयोजक वसन्ती क्ष्ँेत्री
    वीरगंज एफएम रेडियो, पत्रपत्रिका र संचार उपभोक्ता महिला गरी चालिसजना महिलाको सहभागिता थियो ।
    कार्यक्रमको सहजीकरण पार्वता चौधरी र अन्जु न्यौपानेले गर्नुभएको थियो ।

    0 comments: