गांजासहित एक पक्राउ

Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ फागुन/ जिल्ला प्रहरी कार्यालय, पर्साले गांजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
    गए राति पर्साको गादी गाविस वडा नं. ६ को विभिन्न घरमा छापामारी गरी ६२ पोका गा“जासहित १ व्यक्तिलाई पक्राउ गरेको छ।
    विशेष सुराकीको आधारमा छापामारी लागूऔषध कारोबारी शिवजनम चौधरीसहित गांजा च्याप्ने मेशिन १ थान तथा ढकतराजु रंगेहात पक्राउ गरेको छ।

    वीउमनपाको वाषिर्क बजेटमा आत्मनिर्भरतालाई प्राथमिकता

    वीरगंज, ६ फागुन/ वीरगंज उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत प्रकाशमान सिंहले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वीरगंज नगरको सर्वोत्तोमुखी विकासलाई उच्च प्राथमिकता दिंदै वीउमनपाले चालु आव ०६५/६६ को आयतर्फको शिर्षहरुमध्ये केही शिर्षहरुमा हेरफेर गरी नगरपरिषद्बाट २६ करोड ३१ लाख ५४ हजार ८ सय ३० रुपिया“को आय बजेट अनुमोदन गरेको उल्लेख छ।
    सो प्रेस विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै राजनीतिक दलहरुको नया“ नेपाल बनाउने प्रतिबद्धता तथा नगरवासीहरुको समुन्नत, समृद्ध र आधुनिक नगरको सदिच्छासमेतलाई केन्द्रमा राखी आय बजेट तर्जुमा गरिएको स्थानीय स्वायत्त प्रशासन ऐन २०५५ को परिच्छेद ४ को दफा ९० ले प्रदान गरेको अधिकार प्रयोग गरी आय बजेट अनुमोदन गरिएको हो भनिएको छ।
    सो बजेटमा आत्मनिर्भरतालाई प्राथमिकता दिंदै स्थानीय श्रोत, साधन र करको दायरालाई फराकिलो पार्ने प्रयास गरी विकास निर्माणका योजनाहरु र बजेट नीति तथा कार्यक्रम र व्यय सम्बन्धी विवरण परिषद्को निरन्तर बसिरहने बैठकले निर्ण्र्ाागरेपश्चात र्सार्वजनिक कार्यक्रम मार्फ सम्पर्ूण्ा नगरवासीहर्रुलई जानकारी गराइने प्रेस विज्ञप्तिमा उल्लेख छ।
    आव २०६३/६४ मा यथार्थ आय १४ करोड, ८८ लाख, ७७ हजार ११ रुपिया“ ५६ पैसा, २०६४/६५ मा १५ करोड ६४ लाख ५६ हजार ६ सय ८१ रुपिया“ ३ पैसा र आव ०६५/६६ मा अनुमानित आय २६ करोड ३१ लाख ५४ हजार ८ सय तीस रुपिया“ बजेटमा भएको जानकारी वीरगंज उपमहानगरपालिका कार्यालयले गराएको छ। अघिल्लो वर्षो भन्दा यस चालु आ.व. मा १०,६६,९८,१४९ रुपिया“ बढी छ। सरकारी अनुदान र करकोदायरा वृद्धिबाट बजेटको आय रकम बढन गएको देखिन्छ।


    वैकल्पिक उर्जा विकास कार्यक्रम

    वीरगंज, ६ फागुन/ जिल्ला विकास समिति पर्सा, उर्जा तथा वातावरण इकाइको तत्वावधानमा एक दिने वैकल्पिक उर्जा विकास कार्यक्रम अनुशिक्षण गोष्ठी आज सम्पन्न भएको छ।
    जिल्ला विकास समिति पर्साका अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्य रहेको सो गोष्ठीमा गोबर ग्यास कम्पनीका प्रतिनिधिहरु, जिल्ला वन समन्वय समितिका जगरनाथ जैसवाल, उर्जा अधिकृतमनोज चौधरी, बायोग्यासका प्रतिनिधि सीताराम दंगाल, प्रमानन्द चौधरी, लगायतको उपस्थिति रहेको थियो।
    वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रद्वारा प्रकाशित नवीकरण ग्रामीण उर्जा अनुदान व्यवस्था २०६५ पुस्तिका, वन वातावरणीय सुधार सरसफाई एवं चर्पी सहितको ग्या“स प्लान्ट जडान गरौं भन्ने पर्चा, वैकल्पिक उर्जा पर््रवर्द्धन केन्द्रको संक्षिप्त परिचय पुस्तिका आदि सहभागीहरुलाई वितरण गरिएको थियो।
    वैकल्पिक उर्जा पर््रवर्द्धनको मूल उद्देश्य वैकल्पिक नवीकरणीय उर्जा प्रविधिको प्रचार प्रसार, पर््रवर्द्धन तथा विकास गरी ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउनु, वातावरणको संरक्षण गर्नु तथा वैकल्पिक उर्जा सम्बन्धी उद्योग धन्दाको विकास गर्नु रहेको छ।

    0 comments: