कोठे नगरपरिषदको बैठकविरुद्ध तीन दलद्वारा आन्दोलनको चेतावनी

Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ फागुन/ गत माघ २३ गते सम्पन्न भएको भनिएको वीरगंज उपमहानगरपालिकाको नगर परिषद कोठे नगर परिषद भएको आरोप तीन दलले लगाउंदै वीउमनपाविरुद्ध चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ ।
    आज रिपोर्टस क्लब नेपाल पर्साले पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा तमलोपाका प्रतिनिधि योगेन्द्रप्रसाद कर्ुर्मी र नेकपा -संयुक्त) पर्सर्ाा अध्यक्ष रामराज जैसवाल र सदभावनाका शिव पटेलले नगर परिषदले बजेट अनुमोदन गरेकोमा तीब्र असन्तुष्टि र आक्रोश व्यक्त गर्दै उपमहानगरपालिकाविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।
    १० जना परिषदका सदस्यमध्ये ६ जना सदस्यको मात्र उपस्थिति रहेको भन्दै तीन दलका नेता एवं कार्यकर्ताले तीब्र भर्त्सना गरेको छ । उनीहरुले नगर परिषद मान्य नहुने, परिषद्द्वारा पारित बजेट कार्यान्वयन गरिए संर्घष्ा चर्काउने चेतावनी दिएका छन् ।
    तीन दलले चालु आव ०६५/६६ को आय बजेट गैरकानुनी तथा कथित भएको र यो वीरगंज नगरबासीको इच्छा र चाहना विपरित रहेकोले यस बजेटलाई बहिष्कार गर्न अपील गरेका छन् ।
    सदभावना पार्टर्ीीर्सर्ाा सचिव एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक शिव पटेलले माघ २३ गते सम्पन्न कोठे परिषदको निर्ण्र्ााफागुन ५ गते मात्र र्सार्वजनिक गरिएको, १० जना प्रतिनिधि रहेको नगर परिषदमा कांग्रेस, एमाले, राप्रपा र माओवादी प्रतिनिधिलाई मात्र बोलाएर उपस्थिति गराइ अन्य पार्टर्ीी परिषदका सदस्यहरुलाई कुनै जानकारी नदिएको, गोप्य कोठामा परिषद सम्पन्न गराएकोले अवैधानिक परिषदको सबै निर्ण्र्ाारद्द हुनुपर्ने बताउनुहंुदै नगर परिषदको निर्ण्र्ाादर्ुइ दिनभित्र खारेज गरीे जानकारी र्सार्वजनिक नगराए फागुन ९ गतेदेखि वीरगंज उपमहानगरपालिकाविरुद्ध आम वीरगंजबासीलाई साथमा लिएर चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो साक्ष्ँात्कार कार्यक्रम सम्पन्न भएको थियो।

    0 comments: