जनपथ र सशस्त्र प्रहरीबीच भिडन्त

Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ फागुन/ जिल्ला प्रशासन कार्यालय, पर्साको प्रवेशद्वारमा सशस्त्र प्रहरी र जनपथ प्रहरीबीच झडप भएको छ।
    आज बेलुकी बा ३ प ९०६५ नं.को प्राइभेट गाडीमा बसेर काम विशेषले जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारबाट भित्र प्रवेश गर्न खोज्ने जिल्ला प्रहरी कार्यालय पर्साका सिभिल प्रहरीलाई त्यहां सुरक्ष्र्ँार्थ सशस्त्र प्रहरीले रोक्न खोज्दा दोहरो हात हालाहाल भएको प्रत्यक्ष्ँदर्शी समाचारस्रोतले जनाएको छ ।
    गेटबाट गाडी प्रवेश गर्नमा सशस्त्र प्रहरीले रोक लगाए लगत्तै आक्रोशमा आएका जनपथका सिभिल प्रहरीले बन्दूक देखाएर जबरजस्ती भित्र पस्न खोज्दा सो झडप भए पनि अप्रिय घटना भने घटेन ।
    सो झडपले प्रहरी, प्रशासनलाई भने टाउको दुखाइको विषय बनेको छ । दोषी को हो त्यस्को छानबिन गरी अनुशासनहिन क्रियाकलाप गर्नेहरुमाथि तत्काल कारबाही हुनुपर्ने प्रत्यक्षदर्शी जनता र जिल्ला प्रशासन कार्यालयमा पुगेका सेवाग्रहीहरुको भनाइ छ।

    0 comments: