दर्ुघटनामा १ को मृत्यु, १७ जना घाइते

Posted on
  • Feb 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ फागुन/ वीरगंज-पथलैया सडकखण्डमा सिटीराइड बस दर्ुघटना हुंदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
    आज बिहान करिब ११ बजे पथलैयाबाट वीरगंजतर्फआउंदै गरेको ना ३ ख १२३३ नंंको सिटीराइड बस बाराको रामपुर टोकनीस्थित डाबर नेपालनजिकै पल्टिदा एक नाम खुल्न नसकेको महिलाको मृत्यु भएको हो। त्यस्तै दर्ुघटनामा परी यात्रीहरु पथलैया-९ बस्ने वर्ष२८ को नबिन पुरी,श्रीपुर-१४ वस्ने ५० वर्षा हबिबुल्लाह मियां, सिमरा १ बस्ने ६० वर्षा राजेन्द्रप्रसाद उपाध्याय, ५५ वषर्ीया गायत्री उपाध्याय, भारत, मोतीहारी नकरदेही-११ का तलमुल नेसा, परवानीपुर-६ का ३४ वषर्ीय बद्रि मियां, जीतपुर-७ का दामोदर पाण्डे, ८ बस्ने तेसर राउत, सिरहा नपा-६ बस्ने मिना केसी, पर्सा मधुवल मथवल ५ बस्ने ५० वषर्ीय ओमबहादुर भुसाल, सिमरा-३ बस्ने २५ वषर्ीया पुष्पा थापा, सानुमाया लामा, सरु थापा, आदापुर भारतका असगर अलि घाइते भएका हुन्।
    घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने चारजना गम्भीर घाइते भएका छन्।
    मृतक महिलाले रोड काट्ने क्रममा सो दर्ुघटना भएको बताइन्छ।

    चियापान तथा कवि गोष्ठी सम्पन्न

    वीरगंज, ७ फागुन/ बारा जिल्लाको हर्दिया गाविसमा सूर्योदय युवा क्लबले प्रजातन्त्र दिवसको उपलक्ष्यमा चियापान कार्यक्रम सम्पन्न गरेको छ। चियापान कार्यक्रमका प्रमुख अतिथि पर्ूव वडाअध्यक्ष वीरेन्द्रप्रसाद यादव रहनु भएको थियो।सूर्योदय युवा क्लबको अध्यक्ष्ँ अशोकप्रसाद यादव ँसाहसी’ को सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो। नयां नेपालको बारेमा सबै वक्ताहरुले चर्चा गर्नुभएको थियो। वक्ताहरुमा नन्हक साह, जगरनाथ साह, एमालेका मोतीप्रसाद यादवलगायतले मन्तव्य राखेका थिए।
    यसैवीच गणतन्त्रको पहिलो प्रजातन्त्र दिवसको अवसरमा प्रगतिशील भोजपुरी साहित्य परिषद वीरगंज पर्साले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज कवि गोष्ठी सम्पन्न गरेको छ। प्र.मो.सा.प.का अध्यक्ष धु्रवलाल सहनी -सास्ती),सचिव अजय यादव ँबियोगी’, कोषाध्यक्ष्ँ अजयकुमार साह -कलाकार) लगायत अरु साहित्यकारहरुले नेपालको गणतन्त्रपछिको पहिलो प्रजातन्त्र दिवसको बारेमा आ-आप\mनो हांस्यव्य·ले भरिएको गीत, कविता, चुट्किला, मुक्तक, हाइकु, बाल छोप्पणी सुनाउनु भएको थियो। त्यस्तै बागेश्वरी एफएम ९७.६ मेगाहर्ज नेपालगंजमा कार्यरत पत्रकार राजु यादवको पनि उपस्थिति थियो।राजु यादवले सो अवसरमा आफू भित्र रहेको कलालाई लुकाएर कहिले राख्नु हुंदैन। त्यसलाई साहित्य मार्फ बाहिर ल्याउनर्ुपर्छ बताउनुभयो।

    आगलागीबाट ५ घर जलेर नष्ट

    वीरगंज, ७ फागुन/ बाराको लिपनीमाल गाविस वडा नं. ५ मा आगलागी हुंदा ५ घर जलेर नष्ट भएको छ।
    आज दिउंसो १ बजे आगलागी हुंदा महन्थ राम, जगदीश राम, सुरेश राम, मोहचन राम, बालकुंवर रामको घर जलेर करिब डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन्।
    चुरोटबाट परालमा आगो सल्किएर सो आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। वीरगंजबाट गएको २ वटा वारुण यन्त्र र बाराबाट १ वारुण यन्त्रले आगलागीलाई नियन्त्रणमा लिएको थियो।

    साबुन बनाउने तालिम

    वीरगंज, ७ फागुन/ बेलाबेलामा विभिन्न वस्तुहरुको तालिम दिंदै आएको कल्याणी प्रशिक्ष्ँण केन्द्र र्सलाही तथा डाबरी महिला बचत समूहको संयुक्त आयोजनामा आजदेखि पांच दिने साबुन बनाउने तालिम डाबरी गाविसका २५ जना महिलाहरुलाई दिइएको छ।
    उक्त तालिमको प्रशिक्ष्ँक कल्याणी खरेल र सहयोगी विन्दु ढकाल रहनुभएको छ। आफनो जीवनयापन गर्नका लागि यस्तो प्रकारको सीपको आवश्यकता महसुस भएकोले उक्त तालिम दिन लागिएको प्रशिक्ष्ँक कल्याणी खरेलले बताउनुभएको छ।

    सरकारी सवारीसाधन युथ फोर्सको नियन्त्रणमा

    वीरगंज, ७ फागुन/ सरकारी गाडीको दुरुपयोग गरेको आरोप लगाउंदै युथ फोर्स पर्साले तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
    आज वीरगंजको घण्टाघरमा खानेपानी संस्थानको को १ ब १७६ नं.को मोटरसाइकलमा चढेर गइरहेका अशोक सिंहलाई युथ फोर्स पर्साका कमान्डर अजय कुशवाहालगायतले पक्राउ गरी नियन्त्रणमा लिएको थियो भने ना १ च ४३८ र ज १ झ ३३१ को दुइवटा सरकारी गाडीलाई पनि नियन्त्रणमा लिइएको थियो।
    फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले बिदा दिए पनि कर्मचारीले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिइएको युथ फोर्सले जनाएको छ।
    प्रजातन्त्र दिवसको अवसरमा र्‍याली तथा फलफूल वितरण

    वीरगंज, ७ फागुन/ ५९ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला विकास समिति, पर्साले आज वीरगंजको घण्टाघरबाट निकालिएको र्‍याली नगर परिक्रमापश्चात बाल मन्दिरमा पुगी सभामा परिणत भएको थियो।
    र्‍यालीमा प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइराला, प्रहरी उपरीक्षक सुबोध घिमिरे, नागरिक समाज, राजनीतिक दल, संचारकर्मी, विभिन्न पेशागत संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
    त्यसैगरी ५९ औं प्रजातन्त्र दिवसको अवसरमा वीरगंज उपमहानगरपालिकाले आज नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजका विरामीहरुलाई फलफूल वितरण गरेको थियो।
    फलफूल वितरण कार्यक्रममा प्रजिअ, वीउमनपाका कर्मचारीहरुलगायतको उपस्थिति थियो।

    राप्रपा पर्साको चेतावनी

    वीरगंज, ७ फागुन/राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीर्साले आज एक प्रेस विज्ञप्ति जारी गरी राप्रपातर्फबाट बीरगंज उप-महानगरपालिकामा प्रतिनिधि समेत रहनु भएका बीरगंज नगर कार्य समितिका अध्यक्ष राजेशमान सिंहले गत महिनामा नपाभित्र भर्इर्र्हेको केहि अनियन्त्रित नास्ता र सवारी भाडाको नगरवासी समक्ष भण्डाफोर गरेको जनाएको छ।
    विज्ञप्तिमा नपाकै इतिहासमा पहिलो पल्ट आफु सहभागी रहेको कार्यालयभित्र बिद्यमान भ्रष्टाचार र अनियमितताको पर्दाफास गर्ने आटं राप्रपा, बीरगंजले गरेपछि उक्त कार्यको र्सवदा प्रशंसा र चर्चा भई सो विषयमा सम्बन्धित निकायले कारवाही गर्ने प्रक्रिया अगाडी बढाउन थालेको समेत यहाहरुमा सहर्षजानकारी गराउन चाहन्छौं। तर मिति २०६५ साल फाल्गुन ५ गते सोमबार नपाकै ठेक्कापट्टामा निर्भर रहेका केहि व्यक्तिहरुको समूहले नपाको थप भ्रष्टाचार उदाङ्गो गर्ने नाममा हाम्रो पार्टर्ीीे नाम समेत मुछि चर्चामा आउने दुष्प्रयास गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।
    कुनै पनि भ्रष्टाचारको पर्दाफास गर्नु सराहनिय कार्य भए पनि नपाकै लुटमा जिविका चलाउने प्रवृति पाएका ति समूहद्धारा वितरित प्रेस बिज्ञप्तीमा शाहीकालमा राप्रपाको प्रतिनिधि रहेका.....................भनी उल्लेख गरिएको छ। तर बिज्ञप्ती वितरित गर्ने ति समूहले विगत स्मरण गर्न नचाहेको हो या फेरि जानीबुझी चरित्र हत्या गर्ने आवेगमा भुलेको हो त्यो त उनीहरु नै जानुन् तर पनि ति समूहलाई एक पल्ट पुनः स्मरण गराउन चाहन्छौ कि शाहीकालमा राप्रपाले जनताको निर्ण्र्ाााई आत्मसात गर्दै न त चुनावमा भाग नै लिएको थियो न त राप्रपा, पर्साले कहिल्यै शाहीकालको अवधिभर नगरपालिकामा आफ्नो प्रतिनिधि नै पठाएको थियो।
    तथापी नगर अध्यक्ष राजेशमान सिंहको बारेमा उठाएका अन्य विषयकमा जानकारी लिदा नगर अध्यक्ष सिंहद्धारा मिति २०६३/०१/१५ मा नपाको कार्यालयमा दर्ता नं. १५००२ को निवेदनमा स्पष्ट रुपमा नपालाई सम्बोधन गर्दै आफ्नो नाममा रहेको पेश्कीहरु अबिलम्ब र्फछयौट गर्न आग्रह समेत गरेका छन्। यस वाहेक सिंहले नपा र निर्माण व्यवसायी संघबाट आफ्नो नाममा कुनै पेश्की र्फछयौट र बाकि बक्यौता नभएको प्रमाणित पत्र समेत लिई सकेको हुदा लगाइएको आरोपहरु राजनैतिक पर्ूवाग्रही र कपोकाल्पित रहेको पुष्टि हुन्छ।
    यस बाहेक राप्रपा, पर्साले भर्खरै नगर परिषदद्धारा नपाको आय बढाउने नाममा जनतामाथि अनावश्यक कर र राजश्व लगाउने गरेको निर्ण्र्ाा्रति खेद प्रकट गर्दै विभिन्न समस्याहरुबाट गुज्रीरहेका मद्येशका जनतामाथि पुनः आय वा अन्य शिर्ष राखि कुनै पनि कर वा राजश्व लगाउन या फेरि बढाउने दुष्प्रयास नगर्न आग्रह गर्दै अन्यथा यसको विरोधमा राप्रपा, पर्साले विरोध कार्यक्रम गर्न बाध्य हुने जानकारी अवगत गराउन चाहन्छौं।
    तर्सथ आफु सफा हुन अरुलाई हिलो छ्याप्ने मनस्थिती पालेका जमातले राप्रपा, पर्सामाथि लगाएका आरोपमा विश्वास गर्ने या नगर्ने भन्दा पनि जथाभावी बोलेर पार्टर्ीी लांच्छना लगाउने क्रियाकलापहरु रोक्न आग्रह गर्दै पुनः यस्तो गैरराजनैतिक चरित्र दोहरिएमा राप्रपा, पर्सा कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी राप्रपाका अध्यक्ष्ँ गोखुलप्रसाद कर्ुर्मीले दिनुभएको छ।

    राजमार्ग बन्द गराउनेलाई र्सार्वजनिक मुद्दा

    हरि शर्मा
    नवलपरासी, ६ फागुन। सवारि दर्ुघटनाको विषयलाई लिएर राजमार्ग वन्द गराउने सात जनालाई नवलपरासी प्रशासनले सात जनालाई र्सार्वजनिक मुद्धा चलाउने भएकोछ।
    सवारि दर्ुघटनाको विषयलाई लिएर पर्ुव पश्चिम राजमार्ग अर्न्तगत नवलपरासीको सुनवल स्थित ज्यामिरेमा राजमार्ग वन्द गराउने १३ जना मध्ये सात जनालाई र्सार्वजनिक मुद्धा चलाउन लागिएको नवलपरासीका प्रहरि उपरिक्षक श्याम वहादुर खत्रिले बताउनु भएकोछ।
    राजमार्ग वन्द गर्राई र्सार्वजनिक सवारि साधन तोडफोड गर्ने उनिहरुलाई र्सार्वजनिक मुद्धा चलाउन लागिएको हो।
    हिजो भएको सवारि दर्ुघटनाको विषयलाई लिएर अवरुद्ध गर्राईएको पर्ुव पश्चिम राजमार्ग अर्न्तगत नवलपरासीको सुनवल ज्यामिरे सडकलाई प्रहरिले लाठि चार्ज र अश्रृ ग्यास प्रयोग गरेर संचालनमा ल्याएको थियो।
    सोहि क्रममा सवारि साधन तोडफोड गर्ने १३ जनालाई प्रहरिले पक्राउ गरि जिल्ला प्रहरि कार्यालय नवलपरासीमा राखेकोछ।
    हिजो दिउसो पर्ुव वाट पश्चिम तर्फजादै गरेको ना २ ख ९०९३ नम्बरको ट्रकले नवलपरासीको सुनवल ज्यामिरेमा ठक्कर दिदा रुपन्देहिको केरवानि ८ कि ११ वषिर्य रमिता चौधरिको मृत्यु भएको थियो। दोषिलाई कारवाहि र उचित क्षतिपर्ुर्तिको माग राख्दै पिडित पक्षले राजमार्ग वन्द गराएका थिए।

    0 comments: