नेताहरू जनताको नोकर हो

Posted on
  • Feb 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ फागुन/ स्वतन्त्र मधेशी नागरिक समाज, नेपालका केन्द्रीय संरक्षक एवं अध्यक्ष डा. महानन्द ठाकुरले नेताहरू जनताको नोकर भएको र जनता नै असली नेता हुन् जस्ले नेता चुन्छ भनेका थिए ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा नेपाल पत्रकार महासंघ पर्सर्ााे सभाकक्षमा आयोजना गरेको साक्षँतकार कार्यक्रममा बोल्दै उनले तथाकथित ऐश मोज गर्ने मधेशवादी अवसरवादी राजनीतिक दलहरूको नेताको पहिचान गरी सजाय दिन समाजलाई जागरूक हुन आग्रह गरेका थिए।
    नागरिक समाज निर्माण गर्ने अभियानमा आफू हिंडेको बताउंदै उनले आफूलाई पागल भन्नेहरू धेरै छन् तर पागलको दिमागबाट निस्किने रचनात्मक कुरालाई सुन्न आग्रह गरे ।
    डा ठाकुरले नागरिक समाजलाई जागरूक बनाउन, डाक्टर, इन्जिनियर, पत्रकार जस्ता विद्वानहरूसंग छलफल कार्य अगाडि बढाउन आग्रह गर्दै भने राजनीतिक शब्दको उदभव, राजनीतिको सिद्धान्त बारेमा प्रकाश पारेका थिए ।ु
    राजनीतिक पार्टर्ीी नेताहरूको गलत निर्ण्र्ाावरूद्ध आफू उभिएको बताउदै हिमाल,पहाड, तर्राई सबै ठाउंमा नागरिक समाज गठन हुनुपर्नेमा ठाकुरले जोड दिए । डा. ठाकुरले देशको मालिक हामी जनता हौं, राजनीतिक दलहरूका नेता होइनन ति तपाई हाम्रँ सेवक हुन् भनी हेक्का गराएका थिए।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    0 comments: