पत्रकारसहित दुइजनामाथि गोली प्रहार

Posted on
  • Feb 19, 2009
  • by
  • mukesh
  • in

  • गोली लागेर घाइते भएका ज्ञानेन्द्रराज मिश्र । तस्बिरः दिलीप प्रधान
    अपडेट
    वीरगंज, ८ फागुन/ वीरगंजको दुइ छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले गोली प्रहार गर्दा गढीमाइ एफएमका पत्रकार घाइते भएका छन् भने अर्का इन्जिनियर गोली छल्न सफल भएका छन्।
    आज दिउंसो १२ बजे गढीमाइ एफएममा कार्यरत कार्यरत कार्यक्रम प्रोडुसर र नेपाल पत्रकार महासंघ पर्साका सदस्य पत्रकार ज्ञानेन्द्रराज मिश्रलाई अज्ञात ३ जनाको समूहले नारायणी रंगशालामा गोली प्रहार गरेको हो ।
    वीरगंज-१४ ओमआश्रम निवासी मिश्रको बायां हातमा गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
    यसैवीच आज बिहान ७ः३० बजे माउन्ट एडमन्ड मावि नजिक एक सिभिल इन्जिनियर अशोक सिंहमाथि एक युवकले गोली प्रहार गर्दा उनी गोली छल्न सफल भएका छन् ।
    ग ४ प ५५१३ नम्बरको मोटरसाइकलमा चढी आएका वीरगंज, रानीघाट-१४ निवासी विशाल पोखरेलले दर्ुइ राउन्ड गोली प्रहार गरी मोटरसाइकल छाडेर भाग्न सफल भएका छन्।
    नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा कार्यरत आफनो बहिनीलाई क्याम्पस पढ्दादेखि नै मानसिक तनाव दिने गरेको र आज डियुटीसकिएपछि बहिनीलाई लिएर घरतर्फजांदै गर्दा इ. अशोक ंसिंहलाई गोली प्रहार गरेको सिंहले बताए।

    खुकुरी प्रहार गरी नगद, मोबाइल लुटपाट

    वीरगंज, ८ फागुन/ अज्ञात समूहले खुकुरी प्रहार गरी एक व्यक्तिको मोबाइल तथा नगद लुटपाट गरेको छ ।
    हिजो राति ७ बजे पर्साको नकटुवामा अज्ञात समूहले खुकुरी प्रहार गरी भेडियाही-१८ निवासी गोपाल साह सोनारलाई घाइते बनाउनुको साथै उनीसंग रहेको नगद करिब २० हजार र मोबाइल लुटपाट गरी फरार भएका छन् ।
    इटा खरिद गर्न बाराको फेटा जाने क्रममा अज्ञात लुटेरा समूहले उनलाई लुटपिट गरेका हुन् ।

    कुरियर्स श्रमिक संघद्वारा आन्दोलनको चेतावनी

    वीरगंज, ८ फागुन/ अखिल नेपाल संघसंस्था कुरियर्स श्रमिक संघ वीरगंज पर्साले तीन बुंदे मागहरु सातदिनभित्र पूरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।
    आज वीरगंज उद्योग वाणिज्य संघमा कुरियर्स श्रमिक संघले एक मात्र पत्र पेश गरी माघ १ गते नेपाल उद्योग वाणिज्य संघको पहलमा र अखिल नेपाल संघसंस्थाबीच भएको ३ बुंदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ।
    कुरियर्स सेवामा कार्यरत कामदारहरुको नियुक्ति तथा १ महिनाभित्र श्रम ऐन लागू, कर्मचारीको संचयकोषको १० प्रतिशत रकम कम्पनीले चैतभित्र पारदर्शी रुपमा राख्नुपर्ने लगायतको सहमति भए पनि कार्यान्वयन नभएको कुरियर्स संघका संयोजक लक्ष्मण कामतले जनाएका छन् ।

    तर्राई मधेश महिला संघद्वारा जुलुस पर््रदर्शन

    वीरगंज, ८ फागुन/ तर्राई मधेश महिला संघ पर्साले स्वायत्त मधेश एक प्रदेशको मांग गर्दै विरोध जुलुस पर््रदर्शन गरेको छ ।
    आज वीरगंजको घण्टाघरबाट लालटेन र थाली पर््रदर्शन गर्दै महिलाहरुले विरोध जुलुस पर््रदर्शन गरेका हुन् ।
    जुलुसमा महिलाहरुले स्वायत्त मधेश एक प्रदेश नही तो नेपाल नही, मधेश एक राष्ट्र हैं लगायतको प्लेकार्ड बोकेका थिए ।

    निषेधित क्षेत्रमा मेननको पार्किङ

    रविन राचलिका हरीत समूह
    भक्तपुर, ८ फागुन/ हालै भारतका बिदेस सचिव शिव शंकर मेनन भक्तपुर अवलोकनमा आउदा निषेधत क्षेत्रमा आफ्नो सवारी पार्किङ गरेका छन । फागुन ६ गते भक्तपुर आएका ती सचिबले भक्तपुर दरवारको मुलढोका अगाडि आफ्नो कार पाकिंङ गरेका थिए । भक्तपुर नगरपालिकाले सो क्षेत्रमा कुनै पनि किसिमको सवारी साधन पार्किङ गर्न निषेध गरेको भए पनि बिदेस सचिवले नियमको खिल्ली उडाउदै गाडी पार्क गरेका हुन । नेपालको सरकारी सुरक्षाकर्मीको सुरक्षा घेरा भित्र आएको आठ वटा सवारी साधन भक्तपुर नगरपालिकाको मुल चेक पोष्टको अगाडि रहेका फुटपाथमा पार्किङ गरिदा पैदल यात्रीहरुलाइ हिड्न समस्या परेको थियो ।
    यसरी निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीहरु मध्येे टूाफिक नियम सिकाउने टूाफिक प्रहरीले चढ्ने बा १ ब ४६६७ समेत रहेको छ । सेना चढेको ना १ झ ४२९ नम्वरको भ्यान, बा १ च ८२८६ नम्वरको कार, ५ सिडी १ नम्वरको कार, ५ सिडी २ नम्वरको अर्को कार पनि निषेधित स्थान पार्किङ गरेको पाइयो । त्यसै गरी प्रहरी चढेका बा १ झ ६३३५, बा १ झ ६६८३ बा १ ग १६५६ नम्वरका सवारी साधन पनि निषेधित स्थानमा पार्किङ गरेको थियो ।
    भक्तपुर नगरपालिकाले त्यस स्थानमा केही पर पर्यटक बस पार्कमा सवारी साधन पार्क गर्ने ब्यबस्था मिलाएको छ । तर पनि ठुला ठालुले यो नियम नमान्दा सवारी साधनको कम्पनबाट ऐतिहासिक महत्व बोकेको ढोका चर्किन थालेको छ । यो भ्रमण कार्यक्रमका संयोजक तथा डिरेक्सन नेपालका कार्यक्रम ब्यबस्थापक दिपक बस्नेतलाइ अर्को पटक भ्रमण टोलीको पार्किङ टोकिएको स्थानमा मात्र गर्न स्थानीयबासीले अनुरोध गरेका छन ।

    रासस पुरस्कार अस्वीकृत

    रविन राचलिका हरीत समूह
    भक्तपुर, ८ फागुन/ यसबर्षो रासस पुरस्कार अस्वीकार गरिएको छ । राससले मध्यामाञ्चल क्षेत्रमा उत्कृष्ट समाचार सम्पे्रशण गरेक बापत ललितपुर समाचारदाता राजन नेपाल पुरस्कार प्रदान गर्न राससको ४८ औ बाषिर्क उत्सबमा, आमन्त्रण गरेको थियो । कार्यक्रममा पुरस्कार लिन उदघोषकले बोलाउदा राजन नेपालले सो पुरस्कार अस्वीकार गरेको भनी दर्शक दिर्घर्ाााटै मन्त्रीलाइ जानकारी गराएका थिए । श्रमजिबी पत्रकार ऐन लागु गर्न पहल नगर्ने रासस पदाधिकारीहरुलाइ नै सो पुरस्कार दिन नेपालले मन्त्री सुझाव दिएका छन । समाचारदातालाइ पुरस्कार होइन, आबश्यक सुबिधा र सुरक्षा दिनु पर्ने उनको माग रहेको छ । अन्य पुरस्कृत ब्यक्तिहरुलाइ श्रमजिबी पत्रकारको हक हीतको र्समर्थन गर्दै पुरस्कार अस्वीकृत गर्न अनुरोध गरेका थिए ।
    राष्टिूय प्रकृति संरक्षण कोषको सम्पति पर्ुब राजपरिवारका सदस्यहरुले प्रयोग गरिरहेको सर्न्दर्भमा निरन्तर समाचार सम्प्रेशष गरेकोले नेपाललाइ पुरस्कृत गर्ने राससको योजना अधुरो भएको छ । उनलाइ दिने भनिएको पुरस्कारको राशि दुइ हजार रुपिया रहेको भए पनि दश प्रतिशत आयकर कट्टी गरी अठार सय रुपियाँको चेक मन्त्रीको हातबाट हन्ताण्तरण गर्न आयोजकहरुले तयार पारेका थिए ।

    0 comments: