कथित नेपाली नागरिकले चरित्र हत्या गर्ने प्रयास गरेको सिंहको आरोप

Posted on
  • Feb 19, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ फागुन/राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीपर्साका नगर अध्यक्ष्ँ राजेशमान सिंहले आफनो चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्साले स्थानीय नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित साक्ष्ँात्कार कार्यक्रममा सिंहले कपोलकल्पित भ्रम सिर्जना गरी बदनाम गराउन खोज्ने कथित नेपाली नागरिक मोहम्मद सहाबुद्दिन लगायत समूहका बारेमा सत्य, तथ्य प्रकाश पारेका हुन्।
    राप्रपाको तर्फाट वीरगंज उपमहानगरपालिकामा प्रतिनिधिसमेत रहेका सिंहले गत महिनामा नपाभित्र भइरहेको केही अनियन्त्रित नास्ता र सवारी भाडाको नगरवासी समक्ष भण्डाफोर गरेको जानकारी गराएका थिए।
    उनले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कुनै पनि भ्रष्टाचारको पर्दाफास गर्नु सराहनीय कार्य भए पनि नपाकै लुटमा जिविस चलाउने प्रवृत्ति पाएका केही समूहद्वारा कसैको इशारामा वितरित प्रेस विज्ञप्तिमा शाहीकालमा राप्रपाको प्रतिनिधि रहेका राजेशमान सिंहको नाममा विविध पेश्की १ लाख २० हजार र निर्माण सुधार वापतको रु ३ लाख ५० हजार भुक्तानी लिनुको साटो फेरि पनिनगर प्रतिनिधि बनाएर नपालाई आफनो स्वार्थपर्ूर्तिको थलो बनाउने भनी उल्लेख गरिएको छ । तर विज्ञप्ति वितरित गर्ने ती समूहले विगत स्मरण गर्न नचाहेको हो या फेरि जानीबुझी चरित्र हत्या गर्ने आवेगमा भुलेको हो त्यो त उनीहरु नै जानुन तर पनि ती समूहलाई शाहीकालमा राप्रपा, पर्साको कहिल्यै पनि प्रतिनिधि नपामा नभएको एकपल्ट पुनः स्मरण गराउदै राप्रपाले जनताको म्याण्डेटलाई मनन गरी तत्कालीन निर्वाचनमा समेत भाग नलिएको पनि अवगत गराएको छ । अब प्रतिनिधिनै नरहेको व्यक्तिले पनि नपामा भ्रष्टाचार गर्न सक्छ भने यो कार्य त त्यसबेला प्रतिनिधिको रुपमा बस्नेहरुको कमजोरी र निकम्मापन होइन र - यसको निर्ण्र्ाागर्ने जिम्मेवारी नगरवासीहरुमै छोड्न चाहन्छु उल्लेख छ ।
    तथापि मेरो नाममा नपाको र निर्माण सुधारको पेश्की सम्बन्धी कुराको सर्न्दर्भमा मैले नपाको कार्यालयमा ०६३ वैशाख १५ मा दिएको दर्ता नं. १५००२ को निवेदनले प्रष्ट पार्छ । उक्त निवेदनमा मैले स्पष्टरुपमा नपालाई पेश्की फछ्र्यौट गरी पाउ भनी सम्बोधन गर्दै आफनो नाममा रहेको पेश्कीहरु अविलम्ब फछ्र्यौट र बा“की बक्यौता नभएको प्रमाणित पत्र समेत लिइसकेको हुंदा लगाइएको आरोपहरु राजनैतिक पर्ूवाग्रही र कपोलकल्पित रहेको पुष्टि गर्दछ।
    यद्यपि आरोप लगाउनेहरुको नामावली हर्ेदा यो स्पष्टोक्ति दिइ रहनु पर्ने आवश्यकता नदेखे पनि नगरवासीमा कुनै किसिमको भ्रम नरहोस् भन्ने हेतुले नै यो जानकारी गराइएको प्रष्ट पार्दै गैरराजनैतिक, कुण्ठित मानसिकता, क्ष्ँुद्र मनस्थिति, संकिर्ण्र्ाावचारधारा र सौहार्दपर्ूण्ा वातावरणमा बसेको जातीय सदभावलाई पटक पटक धर्मको नाममा खण्डित गर्नखोज्ने कथित नेपाली नागरिक मोहम्मद शहाबुद्दिन नाम राखेका साहबुद्धिन खां लगायतका समूहको चरित्र र राजनैतिक आवरणबारे हामीले अवगत गराइ राख्नु पर्ने आवश्यकता देख्दिनौं तर्सथ पार्टर्ीीट निष्काशित भएका, हाल पनि तस्करीको धन्दामा संलग्न भएका, भूमिगतका कार्यकर्ताहरुलाई संरक्षण गरेको नाममा आर्थिक मोचन गर्न पल्केका जस्ताहरुको जमातले लगाएका आरोपमा विश्वास गर्ने या नगर्नेभन्दा पनि जथाभावी बोलेर पार्टर्ीीथि लाञ्छना लगाउने, धर्म र जातको नाममावडावासीहरुबीच फूटको वातावरण सिर्जना गर्ने, अवैध कारोबार गरी विपरित मत राख्ने अति अपराधी मार्फ धम्काउने एवं आक्रमणसमेत गराउने साहबुद्धिन खांलाई राप्रपा नगर कार्यसमितिको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै संयमतालाई शक्तिमा परिणत गरे दर्ुघटनासमेत हुनसक्ने स्थित्रि्रति सचेत गराउदछौं भनी प्रेस विज्ञप्तिमा उल्लेख छ।
    साक्ष्ँात्कार कार्यक्रममा अतिथि राप्रपाका कोषाध्यक्ष्ँ पुरुषोत्तम लाल झा, प्रवक्ता शशि विचित्र, क्षेत्र नं. २ का क्षेत्रीय उपाध्यक्ष रमतुल्ला खान, रामदरशप्रसाद कुशवाहा, चन्दनकुमार मिश्र, कन्हैयालाल झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाललगायतको उपस्थिति थियो ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।


    लागूऔषध गाजासहित दर्ुइ पक्राउ

    वीरगंज, ८ फागुन/ सशस्त्र प्रहरीले दर्ुइजना व्यक्तिको साथबाट २५ केजी लागूऔषध अवैध गांजा पक्राउ गरेको छ ।
    आज बाराको छातापिपरामा सशस्त्र प्रहरीले चेकजांच गर्दा ना ३ ख ३६४५ नंंको ओम शान्ति ट्राभल्समा यात्रा गरिरहेका सप्तरी निवासी सुरेन्द्र यादव र पर्साको पोखरिया निवासी जयरा विन खातुनले लुकाइ लगिरहेको अवस्थामा सो गांजा पक्राउ गरेको हो।
    उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि सशस्त्र प्रहरी वेश क्याम्प जीतपुरमा राखिएको डिएसपी ओजेश ओलीले बताएका छन् ।

    ब्रहमकुमारी राजयोगद्वारा पत्रकार सम्मेलन

    वीरगंज, ८ फागुन/शिवरात्री पर्वको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगंजले यही फागुन ११ गतेदेखि चैत १ गतेसम्म पर्सा, बारा, रौतहट तथा सीमावर्ती जिल्ला भारतमा बृहत सम्मेलन, शान्ति यात्राको सम्पर्ूण्ा तयारी पूरा भएको जनाएको छ ।
    आज ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ओम शान्ति भवन विर्ता वीरगंजकी प्रमुख संचालिका ब्रह्माकुमारी रविणाले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
    शिवरात्री पर्वको अवसरमा २१ दिनसम्म संचालन हुने सो कार्यक्रम शुभारम्भ वीरगंजको छपकैयास्थित राजयोग सभाकक्षमा फागुन ११ गते दिनको १२ बजे हुनेछ । वृहत समारोहको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले गर्नुहुने रविणाले बताएकी छन् । यस वर्ष७३ औं महाशिवरात्रीको बेला सेवा केन्द्रले परमात्मा शक्ति अनुभूति शान्ति यात्रा, प्रवचन गोष्ठी, चित्र पर््रदर्शनी, स्नेह मिलन लगायतको कार्यक्रम गर्ने जनाएका छन् ।
    कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, प्रेस काउन्सीलका सदस्य दीपेन्द्र चौहान, राससका प्रतिनिधि शितल महतो, प्रतीक दैनिकका जगदीश शर्मा, काशीनाथ यादव, गोविन्द देवकोटा, युवराज खडका, सुजीत महत, शंकर आचार्यलगायतको उपस्थिति थियो ।

    फोरमको क्ष्ँत्रीय कमिटी गठन

    वीरगंज, ८ फागुन/ शिक्ष्ँक फोरमका अध्यक्ष्ँ वृजमोहन तिवारीको अध्यक्ष्ँतामा आज पर्सर्ााे अलौं मावि श्रीसियामा क्षेत्रीय भेलाबाट क्षेत्रीय कमिटी गठन गरेको छ ।
    सभासद करिमा बेगमको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले १५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको हो।
    सो समितिको अध्यक्ष्ँ लालबाबू यादव, उपाध्यक्ष नवलकिशोर चौरसिया, महिला उपाध्यक्ष्ँ रिंकु सिंह, सचिव महमुद राउत गदी, सहसचिव अरुण कुमार ओझा, कोषाध्यक्ष्ँ राकेश तिवारी र सदस्यहरुमा कुमारी सुमन यादव, निर्मला ढुंगाना, उपेन्द्र यादवलगायत रहेका छन् ।

    0 comments: