फोरम मधेशको बन्दका कारण पर्सा र बाराको जनजीवन प्रभावित

Posted on
  • Feb 20, 2009
  • by
  • mukesh
  • in

  • बन्दको अवज्ञा गरेको भन्दै भारतीय सवारीसाधनमा तोडफोड गर्दै मधेशका कार्यकर्ताहरु । तस्बिरः दिलीप प्रधान

    अपडेट
    वीरगंज, ९ फागुन/ मधेशी जन अधिकार फोरम मधेशले आहवान गरेको दुइ दिने मधेशव्यापी आमहडतालको पहिलो दिन पर्सा, बाराको जनजीवन प्रभावित भएको छ ।
    बजार बन्द गराउने क्रममा उक्त पार्टर्ीी कार्यकर्ताहरुले आज बिहान महावीरस्थान लाठगल्ली नजिकको २ वटा पसलका सिसा समेत तोडफोड गरेका थिए । बिहान वीरगंजबाट कलैयातर्फजांदै गरेको ना ३ ख १३५० नम्बरको अंजली बसमाथि तोडफोडसमेत गरेका छन् ।
    आज वीरगंजको मुख्य सडक घण्टाघर, पावरहाउस,मर्ुर्ली चोक, नगवा लगायत स्थानहरुमा टायर बालेर सडक अवरुद्ध भएको छ । मुख्य बजार वीरगंजको सम्पर्ूण्ा पसल, बैंक, प्रतिष्ठान, कारखाना, बन्द भएका छन् । फोरम मधेशका कार्यकर्ताहरुले सडकमा पर््रदर्शन गरिरहेका छन् । वीरगंजमा चल्ने लामो तथा छोटो दुरीको सवारी साधन प्रभावित भएको छ । सहरमा चलेका रिक्सा,मोटरसाइकलको समेत पर््रदर्शनकारी फुच्चे केटाहरुले खोलिदिएका थिए ।
    त्यसैगरी आज बिहान बाराको जनजीवन पनि प्रभावित भएको छ ।
    माओवादीले हालै एक मधेश एक प्रदेशको जुन निर्ण्र्ाालिएको सो मधेश विरोधी अवैज्ञानिक एवं पर्ूववत नै मधेशको पुनः गुलाम बनाउने षडयन्त्र हो भन्ने ठहर गर्दै मधेशी जन अधिकार फोरम मधेशले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
    यसअघि हिजो मधेशले वीरगंजमा मशाल जुलुस पर््रदर्शन गरेको थियो भने आज र भोलि मधेश व्यापी आम हडतालको आहवान गरिएको सचिव सुरेन्द्रकुमार साहले बताएका छन्।

    बम विस्फोटमा तीनजना घाइते

    वीरगंज, ९ फागुन/ र्सलाहीको बलरामा भएको सकेटबम विस्फोटमा परी तीनजना घाइते भएका छन् ।
    घाइते हुनेहरुमा स्थानीय दश बर्षर्ीीमुनाकुमार साह, १२ बर्षर्ीीअनुष कापड र चौध बर्षर्ीीरवि चौधरी रहेका छन्। बेवारिसे अवस्थामा फालिएको सो सकेट बम खेलाउ“दा बिस्फोट भएको थियो । घाइतेहरु मध्ये मुनाकुमार साहको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
    घाइतेहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।

    बुहारीको हत्याको आरोपमा परिवारजन पक्राउ

    वीरगंज, ९ फागुन/ दाइजो नदिएको आरोपमा हत्या गरिएकी शीला देवी बैठाको पति लगायत परिवारजनलाई प्रहरीले पक्राउ गरेको छ ।
    बिहीवार भारत नकरदेइ घर भएकी शीला देवी बैठालाई दाइजो नदिएको आरोपमा हत्या गरी फरार पति तपसी बैठा, जेठाजु जोखु बैठा, जेठानी संगीता देवी, देव विक्रम बैठालाई वीउमनपा १८ बसपार्कबाट पक्राउ गरिएको हो । निजहरु शीलादेवीको हत्यामा संलग्न रही भारतबाट फरार रहेका थिए । भारतीय प्रहरीको सुराकीको आधारमा पर्सर्ाा्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

    0 comments: