एन्टी रेबिज भ्याक्सिन अस्पतालबाटै चोरी

Posted on
  • Feb 20, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ फागुन/ मन्त्रालयले पठाएको एन्टीरेबिज भ्याक्सीन नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारीको मिलोमतोमा चोरी भएको छ।
    गए राति नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा रहेको इमर्जेन्सी स्टोर शाखाबाट एन्जिरेबिज २३० भाइल भ्याक्सिन चोरी भएको हो।
    गत ४ गते मन्त्रालयबाट ५०० भाइल आएको भ्याक्सीनबाट ५ गते र ८ गते गरेर ३६० भाइल प्रयोग भइसकेको र बांकी रहेको मध्ये २३० भाइल चोरी भएको इमर्जेन्सी स्टोरका इन्चार्ज अवधिकिशोर जैसवालले बताए।
    अस्पतालबाट चोरी भएको भ्याक्सीनको बजार मूल्य १ लाख ५ हजार ८ सय हुने स्थानीय औषधि विक्रेताले जनाएका छन्।
    विर्ता वडा प्रहरी कार्यालयका इन्स्पेक्टरका अनुसार सो चोरी अस्पतालकै कर्मचारीबाट भएको आशंका गरेका छन्।
    यता भ्याक्सिन चोरीको घटनामा अस्पतालकै कर्मचारीको हात रहेको समाचार स्रोतले दाबी गरेको छ।
    ३ वटा रेबिज भ्याक्सिन रू ३०० सयमा अस्पतालले वितरण गरेपछि सुइ लिनेहरूको घ“ुइचो लाग्ने गरेको छ। दिनहुं करिब ३०० जना रेबिज भ्याक्सिन लिन आउने गरेकोमा भ्याक्सिनको लागि त“छाडमछाड हुने गरेको छ। क्लिनिकले रू ५०० मा एउटा भ्याक्सिन बिक्री गर्दै आइरहेको छ।

    0 comments: