५ जना प्रहरी जवानलाई दर्ज्यानी चिन्ह

Posted on
  • Feb 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ फागुन/ जिल्ला प्रहरी कार्यालय पर्साले उत्कृष्ट कार्य गरेवापत ५ प्रहरी जवानलाई दर्ज्यानी चिन्ह प्रदान गरी हवल्दार पदमा बढुवा गरेको छ।
    आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुबोध घिमिरेले राकेश बिहारी यादव, रामबाबू यादव, बाबूराम विक, प्रेमबहादुर विक, राजेन्द्र गिरीलाई अविर लगाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
    ५ जना हवल्दार भएका मध्ये ३ जनालाई अफिसमा राम्रँे काम गरे वापत प्रमोशन गरिएको हो भने २ जनालाई वीरगंज आदर्शनगर ठाकुर राम बहुमुखी क्याम्पस अगाडि रहेको महिन्द्रा एन्ड महिन्द्रा टयाक्टर सोरुममा गोली प्रहार गर्नेलाई खाली हातले घटनास्थलमै पक्राउ गरेकोमा प्रदान गरिएको थियो।

    मैना सुनुवारको हत्या भएको पाँच वर्षछि पनि दण्डहीनता शान्ति प्रक्रियामा ठूलो तगारो

    २०६५ फागुन ५/ संयुक्त राष्टूसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी पर्ूव शाही नेपाली सेनाका सदस्यहरूद्वारा १५ वषर्ीया मैना सुनुवारलाई यातना दिई हत्या गरिएको भोलि मंगलबार पांच वर्षपुग्दैछ । वि.सं. २०६४ असोजमा सर्वोच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई दिएको आदेश तथा मानवअधिकार समुदायले गरेको वषौर्ँको वकालती कार्यका बाबजुद आरोपित पीडकहरूलाई अझै न्यायको कठघरामा ल्याइएको छैन । मैना सुनुवारको मुद्दामा भएको प्रगतिको अभाव वि.सं. २०५२ देखि २०६३ सम्म नेपालमा द्वन्द्वको क्रममा तथा त्यसपछि पनि घटेका मानवअधिकार उल्लङ्घनहरूका लागि जवाफदेहीतामा भएको समग्र अभावको प्रतीक हो ।
    मानवअधिकार उच्चायुक्तको कार्यालय नेपाल मैना सुनुवारको हत्यामा जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउन नेपाली सेनाले नेपाल प्रहरी तथा काभ्रे जिल्ला अदालतलाई पर्ूण्ा रूपले सहयोग गर्ने कुरा सुनिश्चित गर्न पुनः एकपटक सरकारलाई प्रोत्साहन गर्दछ । यसमा सैनिक अदालतका कागजपत्रहरू बुझाउने तथा नेपाली सेनामा अद्यापि सेवारत आरोपित पीडकहरूमध्ये दर्ुइजनालाई अनुसन्धानका लागि तथा सम्बद्ध अधिकारीद्वारा पक्राउका लागि उपलब्ध गराउने कुरा पर्छन् ।
    मैना सुनुवारको घटना एक व्यक्तिको यातना र हत्यासँग मात्र सम्बन्धित छैन । द्वन्द्वसँग सम्बन्धित हिंसामाथिको दण्डहीनताको निरन्तरताले राजनीतिक हिंसाका कारण कुनै परिणाम भोग्नुपर्दैन भन्ने सन्देश जान्छ र यसरी अहिले आप\mना आपराधिक र राजनीतिक कार्यसूचीलाई अघि बढाउन हिंसाको प्रयोग गर्न खोज्नेहरूलाई साहस दिन्छ । दण्डहीनताको यो संस्कृति विगत तथा वर्तमान दुवै प्रकारका मानवअधिकार उल्लङ्घनहरूमा लागू हुन्छ । मैना सुनुवारका परिवार, धनुषा जिल्लाका पाँचजना विद्यार्थी, द्वन्द्वका क्रममा अपहरण गरी बेपत्ता पारिएका बर्दियाका सयौँ व्यक्तिहरू तथा संविधानसभाको निर्वाचनभन्दा दर्ुइ दिनअघि दाङ जिल्लामा मारिएकाहरू एवं वीरेन्द्र साह र रामहरि श्रेष्ठलगायतका पछिल्ला पीडितका परिवारहरूलाई उत्तिकै न्याय अस्वीकार गरिएको छ । मानवअधिकार आयोगले यीमध्ये धेरै घटनामा सिफारिसहरू गरेको छ र तीमध्ये अधिकांश कार्यान्वयन गरिएका छैनन् ।
    यी घटनाहरूको अनुसन्धान गर्न र तिनलाई अभियोजन गर्न शीघ्ररूपमा कार्य गर्न, प्रहरी तथा सरकारी वकिलको कार्यालयसँग पर्याप्त मात्रामा संसाधन रहेको र तिनले सबै आवश्यक सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्न तथा मैना सुनुवारको घटनामा क्षतिपर्ूर्तिका लागि गरिएको सिफारिसलगायत कार्यान्वयन नभएका आयोगका थुप्रै सिफारिसहरू कार्यान्वयन गर्ने नयाँ प्रतिबद्धता गर्न उच्चायुक्तको कार्यालय­नेपाल सरकारलाई प्रोत्साहन गर्दछ । यी प्रयासहरूमा सरकारलाई सहयोग गर्न उच्चायुक्तको कार्यालय­नेपाल तत्पर रहेको छ ।
    "शान्ति प्रक्रिया सुरु भएयता नेपालले उल्लेखनीय फड्को मारेको छ । तर, जवाफदेहीताको अभाव र मानवअधिकारका उल्लङ्घनकर्ताहरूलाई कानुनी शासनभित्र ल्याइँदैन भन्ने व्यापक रूपमा रहेको सोचाइले यस प्रक्रियाका हालसम्मका थुप्रै सफलताहरूलाई अवमूल्यन गर्ने खतरा रहेको छ," उच्चायुक्तको कार्यालय­नेपालका प्रमुख रिचर्ड बेनेटले भन्नुभयो । "मैना सुनुवारको घटनामा लगायत मानवअधिकारका उल्लङ्घनकर्ताहरूको सफल अभियोजनले समस्त नेपाली तथा विश्वसामु सरकार दिगो शान्ति तथा स्थिरताको अभिन्न अङ्गका रूपमा रहेको न्यायप्रति पर्ूण्ा रूपले प्रतिबद्ध छ भन्ने देखाउने छ ।"

    चारको मृत्यु, दर्ुइको खनाखत

    हरि शर्मा
    नवलपरासी, फागुन ५ । पर्ुव पश्चिम राजमार्ग अर्न्तगत नवलपरासीको दर्ुइ छुट्टा छुटै स्थानमा भएको सवारि दर्ुघटनामा परि चार जनाको मृत्यु भएकोछ । घटनामा एक जना गंभिर र्घाईते भएकाछन् ।
    आज दिउसो १ बजे विरगंज वाट बुटवल तर्फजादै गरेको ना १ ख २२०२ नम्बरको ट्रक दाउन्ने पहाडमा दर्ुघटना ग्रस्त हुदा तिन जनाको मृत्यु भएको प्रहरिले जनाएकोछ ।
    सडक वाट ३ सय मिटर तल खसेर दर्ुघटनाग्रस्त भएको ट्रकमा सवार नवलपरासी दुम्कीवास ६ कि विनु तामाङ्ग र अन्य दर्ुइ जनाको मृत्यु भएको प्रहरि चौकि वर्दघाटका प्रहरि नायव निरिक्षक चन्द्र अधिकारिले वताउनु भएकोछ ।
    दर्ुघटनामा परि मृत्यु हुने एक पुरुष र महिलाको सनाखत हुन नसकेको वताईएकोछ । मृतक पुरुष ट्रकका सहयोगि हुन सक्ने प्रहरिले आशंका गरेकोछ । दर्ुघटनामा परि गंभिर र्घाईते ट्रक चालक चितवन माडि ८ का उत्तम वस्नेतको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरिले जनाएकोछ ।
    त्यसै गरि पर्ुव वाट पश्चिम तर्फजादै गरेको ना २ ख ९०९३ नम्बरको ट्रकले आज दिउसो साढे एक वजे नवलपरासीको सुनवल ज्यामिरेमा ठक्कर दिदा एक वालिकाको मृत्यु भएकोछ ।
    रुपन्देहिको केरवानि ८ घरभै सुनवलमा रहेको मामाको घरमा आएकि ११ वषिर्य रमिता चौधरिले हजुर आमालाई गाडि चढाउने क्रममा सडक पार गर्दा ट्रकको ठक्कर वाट मृत्यु भएको प्रहरि चौकि सुनवलका प्रहरि निरिक्षक सुरेन्द्रं ढुङ्गानाले वताउनु भएकोछ ।
    ठक्कर दिएर फरार भएको ट्रकलाई इलाका प्रहरि कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएको प्रहरिले जनाएकोछ । दर्ुघटना पछि आक्रोशित स्थानियवासी र पिडित पक्षले सुनवलको ज्यामिरेेमा गराएको सड अवरुद्ध दोषीलाई कारवाहि र आवश्यक क्षतिपर्ुर्ति दिने सहमति भएपछि दिउसो तिन वजे देखि संचालनमा आएको नवलपरासी प्रहरिले जनाएकोछ ।

    0 comments: