Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंजमा एडस संक्रमितहरुको संख्या बढ्यो

    वीरगंज, ६ फागुन/ वीरगंज उपमहानगरपालिकामा दर्ुइ वर्षयता करिब १ सय ७३ महिला तथा पुरुष एचआइभी एडस संक्रमित रहेका छन्। नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजले दिएको तथ्यांक अनुसार ९८ जना पुरुष र ६९ जना महिला एडस संक्रमित छन् भने ११ जनाको मृत्यु भइसकेको तथा हाल ८७ जनाले नियमित रुपमा अस्पतालको सर्म्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन्।
    एडस संक्रमित बारा र पर्सा जिल्लामा मात्र ४५ जनाको मृत्यु भइसकेको छ। विशेषगरी विदेशबाट मजदूरी गरी नेपाल आउंदा एचआइभी संक्रमित रहेकाछन् भने वीरगंजमा अवैधरुपमा संचालित कटेज रेष्टुरेन्टमा खुलेयाम देहव्यापारको कारण संक्रमितहरु बढ्न थालेको एक गैरसरकारी संस्थाको तथ्यांकले जनाएको छ।
    वीरगंजको पावरहाउस, प्रतिमोचोक, वाइपास, नगवा, भंसार एरिया लगायतको करिब ३ दर्जनभन्दा बढी स्थानमा खुलेयाम देहव्यापार हुने गरेको छ। त्यहां कार्यरत करिब २ सय महिलाहरु वेट्रेसहरु देहव्यापारमा संलग्न भएको छ। देहव्यापारमा विशेषगरी भारतको विभिन्न स्थानबाट आएका महिला र नेपालको पहाडी जिल्लाबाट आएका महिलाहरु संलग्न छन्। पावरहाउस चोकमा प्रहरीको संरक्ष्ँणमा खुलेयाम देहव्यापार हुने गरेको स्थानीयबासी बताउछन्। दिनहुं त्यस क्ष्ँेत्रमा झैझगडा, लुटपाट हुने गरेकोमा स्थानीय प्रशासनले मौनता साधेर बसेको छ।

    तीन विद्यार्थी पक्राउ

    वीरगंज, ६ फागुन/ जिल्ला प्रहरी कार्यालय पर्साले तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ।
    आज वीरगंजको त्रिजुद्ध मावि बिर्ताबाट प्रहरीले नगवा निवासी नेक महम्मद, अमितकुमार र अक्ष्ँय कुमारलाई पक्राउ गरेको संचारकर्मी दिलीप प्रधानले जानकारी दिएका छन्।
    उनीहरु कक्षा १० मा अध्ययरत रहेको बताइएको छ।

    0 comments: