वीउमनपामा व्यापक लुट

Posted on
  • Feb 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ फागुन/ वीरगंज उपमहानगरपालिकामा व्यापक लुट भएको नागरिक समाजले आरोप लगाएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा पत्रकार महासंघ पर्सर्ााे सभाकक्षमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै नागरिक समाज छपकैयाका महम्मद सहाबुद्दिन, घडीअर्वाका राजु साह, वीरगंज-१५ का राजेश पटेल, वीरगंज-१७ का वीरेन्द्र पटेलले नागरिकहरुलाई अ“ध्यारोमा राखेर गरेको तथाकथित नगर परिषदले नागरिकलाई थप व्यय भार थपेर नगरपालिकामा प्रतिनिधिका रुपमा रहेकाहरुको भत्ता बढाउने काम गरेको आरोप लगाएका हुन्।
    उनीहरुले नगरपालिकाको बजेटमा लुट हुंदा नगरपालिका आर्थिक रुपमा टाट पल्टिएको बताउंदै आफनो सुविधाको लागि नागरिकलाई नागरिकताको सिफारिसमा रु. ११०, चौहदी प्रमाणितमा रु. २१० रहेकोमा अहिले रु. २५० गरिएको छ । नाता प्रमाणितमा पहिले रु. ३५ रहेकोमा अहिले रु. २१० बनाइएको छ । नक्सा बुक र्फम पहिले रु. ३०० रहेकोमा अहिले रु ५०० बनाएको छ । त्यस्तै साना मिठाइ पसललाई पहिला १ हजार कर लागेकोमा अहिले ५ हजार बनाइएको छ । बसाइ सर्राई दस्तुर पहिले थिएन अहिले रु ५० निर्धारण गरिएको छ । विवाह, मृत्यु, जन्म दर्ता पहिले शुल्क नलिने गरेकोमा अहिले रु ५० लिने गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ।
    विज्ञप्तिमा शाही कालमा राप्रपाका प्रतिनिधि राजेशमान सिंहको नाममा रहेको विविध पेश्की १ लाख २० हजार र निर्माण सुधार वापतको ३ लाख ५० हजार पेश्की फिर्ता लिनुको साटो फेरि पनि नगर प्रतिनिधि बनाएर उपमहानगरपालिकालाई आफनो स्वार्थपर्ूर्ति बनाउन खोजिएको उल्लेख छ साथै निर्धारण गरेको कर नतिरेर वीरगंज उपमहानगरपालिकालाई नागरिकप्रति जिम्मेवार बनाउने अभियानमा सरिक भइदिन हुन हार्दिक अनुरोध गरिएको उल्लेख छ।

    सिभिल पुलिसहरू सक्रिय
    वीरगंज, ५ फागुन/ पर्सर्ााजल्लाको शान्ति सुरक्षा सुदृढ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले सिभिल पुलीसहरु व्यापक परिचालन गरेको छ ।
    आज बिहान सबेरैदेखि राति अबेरसम्म नगरका विभिन्न ठाउ“मा सिभिल प्रहरी परिचालन गरेर आवश्यक सूचना संकलन गरिने जिल्ला प्रहरी कार्यालय पर्सर्ाा जनाएको छ । अपराध नियन्त्रणको सवालमा जोगीको भेषमा ठेलावाला, फलफूल, खाली सिसा, कागज, रक्सी बोतलसमेत उठाउने काममा सिभिल पुलिस प्रयोग भइ अपराधिक गतिविधिको सूचना संकलन हुंदै आएको छ ।

    महाशिवरात्रीकोर् इश्वरीय सन्देश
    वीरगंज, ५ फागुन/ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ओम शान्ति भवन विर्ता वीरगंजकी प्रमुख संचालिका ब्रह्माकुमारी रविणाले एक प्रेस विज्ञप्ति जारी गरी महाशिवरात्रीको महान पर्वमार् इश्वरीय सन्देश दिनुभएको छ । शिवरात्री पर्वको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगंजले यही फागुन ११ गतेदेखि चैत १ गतेसम्म पर्सर्ााबारा, रौतहट तथा सीमावर्ती जिल्ला भारतमा बृहत सम्मेलन, शान्ति यात्रा गरिने भएको छ । २१ दिनसम्म संचालन हुने कार्यक्रमको शुभारम्भ वीरगंजको छपकैयास्थित राजयोग सभाकक्षमा फागुन ११ गते दिनको १२ बजे हुनेछ । वृहत समारोहको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले गर्नुहुनेछ । यस वर्ष७३ औं महाशिवरात्रीको बेला सेवा केन्द्रले परमात्मा शक्ति अनुभूति शान्ति यात्रा, प्रवचन गोष्ठी, चित्र पर््रदर्शनी, स्नेह मिलन लगायतको कार्यक्रम गर्ने
    उल्लेख छ ।

    स्वतन्त्र मधेशी नागरिक समाजको प्रेस विज्ञप्ति

    वीरगंज, ५ फागुन/स्वतन्त्र मधेशी नागरिक समाज नेपाल केन्द्रीय संरक्षक/अध्यक्ष डा. महानन्द ठाकुरले एक प्रेस विज्ञप्ति जारी गरी कपिलबस्तुको चन्द्रौटास्थित मस्जिदमा सुंगुर काटी फ्“यालिएकोमा धार्मिक सदभाव खलबल्याउन खोजिएको निष्त्रिmय प्रयास भएको भन्दै घोर भर्त्सना गर्नुभएको छ । उहा“ले जारी गरेको प्रेस विज्ञप्तिमा देश र मधेशको यस्तो राजनीतिक संक्रमणकालमा मुस्लिम नागरिक समाजलाई समझदारी र बुद्धि चैतन्यको प्रयोग गर्दै आप\mनो राजनीति उपलब्धि प्राप्त गर्न यस घटनाबाट भावनात्मक रुपमा विकृत नभई साम्प्रदायिक सदभावलाई झन् मजबुत पार्दै धर्ैयधारण गर्न आग्रह गर्दछु भनिएको छ ।

    0 comments: