निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, माघ २० । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी महासंघले ६० लाखसम्म लागतका विकास निर्माण उपभोक्ता समितिमार्फत गराउनेलगायतको निर्णय गरेर व्यवसायमाथि प्रहार गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
    महासंघका अध्यक्ष यज्ञध्वज कार्कीले ६० लाखसम्मको विकास निर्माण उपभोक्तालाई दिने नाममा अनियमिततालाई प्रश्रय दिइएको भन्दै सरकारको आलोचना गरे । विगतको सहमतिविपरित प्रधानमन्त्रीको कार्यालय अर्न्तगतको र्सार्वजनिक खरिद अनुगमन कार्यालये पब्लिक वर्क डाइरेक्ट्रीलाई विस्थापिन गर्न स्ट्यार्ण्र्डड विडिङ डकुमेण्ड जारी गरेकोमा आपत्ती जनाए । सरकारले गरेको निर्णय माघभित्र फिर्ता लिएर सहमतिअनुसार छलफल गरी ठोस नीति नबनाइए आन्दोलनमा जाने बताए । महासंघका महासचिव शरदकुमार गौचनले सरकारले निर्माण व्यवसायमाथि मात्र नभएर समग्र विकास निर्माणलाई नकारात्मक असर पुर्‍याउने गरी अव्यवहारिक क्रियाकलाप गर्न थालेको आरोप लगाए । सरकारले आफूहरूको सदाशयतालाई कमजोरीको रूपमा लिएको भन्दै फागुनबाट ७५ जिल्लाबाटै आन्दोलन गर्ने चेतावनी दिए । गौचनले माघ २४ र २५ गते जिल्ला र क्षेत्री संघहरू र एशोसिएट सदस्यहरूको प्रनिधित्व हुने गरी आन्दोलनको रणनीति बनाउने बताए । महासंघका पर्ूव अध्यक्ष सकुन्तलाल हिराचनले सरकारले स्वदेशका निर्माण व्यवसायीमाथि प्रहार गरेको आरोप लगाए । सरकारी निर्णयले र्सार्वजनिक खरिद र निर्माण गुणस्तरहीन र अपारदर्शी हुने भन्दै राज्यले ठूलो घाटा व्यवहोर्नुपर्ने बताए । महासंघका सल्लाहकार ऋषि सुवेदीले सरकारको निर्णयलाई गलत भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

    0 comments: