नेशनल मेडिकल कलेजमा अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी संघ र व्यवस्थापन पक्ष्ँबीच वार्ताको कुनै पहल नभए पछि आन्दोलित कर्मचारीहरु भोलिदेखि अनिश्चिकालीन हडतालमा उत्रने चेतावनी दिएका छन् ।
    आज अस्पताल व्यवस्थापन संचालक समितिले वार्ता गर्ने समयावधि दिएको भए पनि स्वास्थ्यकर्मी संघले राखेको २१ बुंदे मागप्रति कुनै सुनुवाइ नभएपछि भोलिदेखि अनिश्चितकालीन हडतालमा आन्दोलित कर्मचारीहरुले चेतावनी दिएका हुन् ।

    नक्कली गेस पेपर बिक्री गर्ने पक्राउ

    वीरगंज, २० माघ/ नक्कली गेस पेपर बिक्री गरेको आरोपमा प्रहरीले बारामा दुइजना स्टेशनरी पसलेलाइ पक्राउ गरेको छ।
    आज बाराको कलैयास्थित रोजिना स्टेशनरीका संचालक राजेश शर्मा र पूजा स्टेशनरीका संचालक रुपेशकुमार साहलाइ प्रहरीले पक्राउ गरेको हो ।
    निमा प्रकाशनको नक्कली गेस पेपर बिक्री गर्ने कलैयाको रोजिना स्टेशनरीबाट कक्ष्ँा १० का विभिन्न विषयका १८९ र पूजा स्टेशनरीबाट ९९ वटा नक्कली गेसपेपर बरामद गरी प्रहरीले जलाएको छ भने पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

    कृषि औजार कारखाना पुनः संचालन हुने

    वीरगंज, २० माघ/ विगत १० वर्षदेखि बन्द रहेको वीरगंजस्थित कृषि औजार कारखाना पुनः संचालन हुने भएको छ।
    सरकारले कारखानालाइ फागुन महिनाभित्र संचालन गर्ने योजना र कार्यनीति बनाउन गृहकार्यमा लागेको कृषि विकास कार्यालय पर्साका अधिकृत रामचन्द्र मिश्रले जानकारी दिंदै भने- कारखानामा अधिकांश मेशिन चल्नसक्ने अवस्थामा रहेको र सामान्य मर्मत सम्भार गरे कारखाना संचालन गर्न सकिन्छ।
    कारखाना सुचारु गर्न अर्थ मन्त्रालयले रु ६ करोड १५ लाख निकाशा गर्ने बताउंदै उनले भने- कारखाना संचालन र व्यवस्थापनका लागि सरकारले कृषि औजार कारखानाको अध्यक्ष्ँमा अर्थ मन्त्रालयका सहसचिव शंकरप्रसाद अधिकारीलाइ नियुक्ति दिइसकेको छ।
    कारखाना सुचारु भएपछि पहिलो चरणमा कृषि उत्पादका लागि औजारहरु कुटो, कोदालोदेखि आवश्यक पार्टपूर्जा उत्पादन गर्नेछ।
    तत्कालीन सोभियत संघको सहयोगमा स्थापना गरिएको उक्त कारखानाले हलो, टेूलर थ्रेसर, पम्पसेट, फोहर फाल्ने कन्टेनर, विद्युतीय पोल, झोलुंगे पुल, खानेपानी र ढल व्यवस्थापनका औजारहरु उत्पादन गर्दै आइरहेको थियो । वार्षिक १६ हजार मेटि्रक टन उत्पादन क्ष्ँमता रहेको सो कारखाना २०५० सालमा १० प्रतिशत क्षमतामा मात्रै संचालन भइरहंदा बन्द गरिएको थियो।

    0 comments: