फोमनको प्रथम दोश्रो स्थापना दिवसको तयारी पूरा

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ नेपाल आमसंचार मंच -फोमन) को दोश्रो स्थापना दिवस एवं पर्सा शाखाको प्रथम वाषिर्क साधारण सभाको सम्पर्ूण्ा तयारी पूरा भएको छ ।
    माघ २१ र २२ गते फोमनको दोश्रो स्थापना दिवस समारोहमा अतिथि वक्ता एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष्ँ फणिन्द्र नेपालले ँनेपालको सर्न्दर्भमा राष्ट्रवाद’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने फोमन पर्सा संयोजक महेशचन्द्र गौतमले जानकारी गराएका छन्।
    नेपाल अधिराज्यका २५ वटा भन्दा बढी जिल्लाबाट फोमनका शाखा अध्यक्षहरु, प्रतिनिधि, पर्यवेक्षक, फोमनका केन्द्रीय अध्यक्ष नवराज पहाडी र पदाधिकारीहरु, स्थानीय संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, स्थानीय संचारकर्मीलगायत करिब ३०० को सहभागिता रहनेछ ।
    पर्सा शाखाको साधारण सभाले नया“ कार्यसमितिको चयनसमेत गर्नेछ । फोमन पर्सा शाखाको प्रथम वाषिर्क साधारणसभा र दोश्रो स्थापना दिवसलाई सफलतापर्ूवक सम्पन्न गराउन अर्थ संकलन समिति, व्यवस्थापन समिति, प्रचारप्रसार समिति समेत गठन गरिएको जनाएको छ ।

    इन्द्रेणी एफएममा रिले अनसन जारी

    वीरगंज, २० माघ/इन्द्रेणी एफएम श्रमिक संर्घष्ा समितिले १३ सूत्रीय माग राखी दोश्रो दिन पनि रिले अनसनमा बसेका छन् ।
    आज एफएमको मूलगेट अगाडि बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म रिले अनसन बसेको हुन् ।
    प्रतिदिन २ घण्टाको दरले अनसनको समय बढाउदै माघ २१ गतेसम्म जारी राख्ने र २२ गतेदेखि आमरण अनसन बस्ने इन्द्रेणी एफएमका प्रेम लामाले बताए ।

    0 comments: