सरकारसंग सदभावनाको सहकार्य कुनै पनि बेला टुटन सक्छ

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ सदभावना पार्टर्ीी महासचिव एवं संविधानसभा सभासद् अनिलकुमार झाले माओवादी सरकारसंगको सदभावनाको सहकार्य कुनै पनि बेला टुट्न सक्ने चेतावनी दिएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्ष्ँमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले अलग देशको माग मधेशी जनताहरुले गरिरहेका छैनन् । मधेशवाद पार्टर्ीी देशलाई विखण्डन गर्ने कुनै योजना नरहेको बताए ।
    उनले भने तराइका जिल्ला सदरमुकामहरु कही गइरहेको छैनन, एकीकृत सेवा केन्द्रको प्रक्रिया गलत भयो।
    लोकतन्त्र र मधेशवाद दर्ुइ आंखाजस्तो हो, उनले भने- मधेशमा भय र त्रासको वातावरण कायम छ ।
    सभासद झाले सदनबाट आउनु पर्ने संघीयता सडकबाट आउछ, सडकबाट आउनुपर्ने गणतन्त्र सदनबाट हुन्छ भनेका थिए । उनले नेपाललाई गणतन्त्र बनाउन लडेका माओवादी जनमुक्ति सेनालाई सम्मान,समायोजन र सहुलियत, सुविधा दिनुपर्नेमा जोड दिए।
    उनले भने निर्धारित समयमा नया नेपालको संविधान लेखनकार्य सम्पन्न हुन्छ ।
    कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।

    0 comments: