नेपाल आमसंचार मंचको दोश्रो स्थापना दिवस एवं पर्साको प्रथम साधारणसभा सम्पन्न

Posted on
  • Feb 3, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ माघ/ नेपाल आम संचार मंच फोमनको दोश्रो स्थापना दिवस तथा फोमन पर्साको प्रथम साधारणसभाको उदघाटन समारोह सम्पन्न भयो।
    आज वीरगंजको होटल सम्झनामा आयोजित कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ पत्रकार श्रीकृष्ण अमात्यले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
    कार्यक्रममा नेकपा मालेका शत्रुघन उपाध्यायले शुभकामना मन्तव्य दिनुहुंदै गलत सूचना प्रवाह भएमा निर्दोष मानिसले आत्महत्या गर्नुपर्ने र पीत पत्रकारिताले समाजमा बेइज्जति बनाउन बाध्य हुने कुरा औंल्याउनुभएको थियो । उहांले पत्रकारको जाति, धर्म, पार्टर्ीीुंदैन । जहां पत्रकारिता जगत अस्तव्यस्त हुन्छ, त्यो देशको हालत कस्तो होला - भनेर प्रश्न गर्नुभएको थियो ।
    उहांले नेपाली र भोजपुरीमा पत्रिका निकाल्न आग्रह गर्दै भन्नुभयो हिन्दी भाषा हामीलाई किन चाहियो -
    मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सदस्य देवेन्द्रलाल नेपालीले नेपालको सर्न्दर्भमा राष्ट्रवाद र पत्रकारिताको बारेमा बोल्नुहुंदै राष्ट्रमा त्यस्ता मानिसहरुको समुदाय हुनर्ुपर्छ जहां कोशी डुब्दा महाकालीलाई दुःखोस्, हिमाल फुट्दा तर्राईलाई पीडा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
    उहांले र्सार्वभौमिकता, स्वतन्त्रताको रक्षार्थ राष्ट्रवाद हुनर्ुपर्दछ । राजनीतिक दलहरु सम्पर्ूण्ा राष्ट्रको अंग हुन सक्दैन । राष्ट्र एउटा ठूलो परिधि हो भने राजनीतिक दल सानो अंग हो । सम्पर्ूण्ा राष्ट्रको प्रतिनिधित्व राजनीतिक दलहरुले गर्न सक्दैनन् । राजनीति दलहरुको एकता नै राष्ट्रिय एकता होइन । परम्परागत शक्ति र आधुनिक शक्तिको एकता नै राष्ट्रिय एकता हो । बयलगाडालाई नकारेर मोबाइल मात्र उपभोग गर्‍यौं भने देश चलाउन सकिदैन । राजनीतिक दलहरुको एकता नै राष्ट्रिय एकता हो भन्नु अव्यवहारिक, अवैज्ञानिक हो । नेपाल विखण्डनको संघारमा उभिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
    उहांले नागरिक समाज र पत्रकारहरु मिलेर राष्ट्रवादलाई जोगाउन अग्रसर हुनु पर्दछ । राजनीतिक दलहरु राष्ट्रवाद जोगाउन असफल हुंदै गइरहेको आरोप लगाउनुभयो ।
    महिला पत्रकार संजाल, पर्साकी अध्यक्ष रसना ढकालले पत्रकारहरु छाता संगठन भित्र आबद्ध हुनुपर्ने जोड दिनुहुंदै सबै पत्रकार संगठनहरुबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभएको थियो ।
    नेसपाका महासचिव रामचन्द्र रामले पत्रकारहरुमाथि लाठी चार्ज, पत्रकारहरुको हत्या हुनु र अहिले देशमा डरलाग्दो वातावरण बनेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
    नेमकिपा पर्साका अध्यक्ष निजामुद्दिन साहले पत्रकारहरुले सत्यता नछिपाइ लेख्नु पर्नेमा जोड दिनुहुंदै सुनेको, अरुले भनेको भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । उहांले मधेश शब्दबाट देश टुक्रिदैन । नेपाली कहिले विदेशी हुन सक्दैन । मधेशमा नेपाली नै छैन भनेर एकीकृत सेवा केन्द्रको घोषणा गरेर देशवासीलाई लडाउने, झगडा चर्काउने खेल भइरहेको आरोप लगाउनुभयो ।
    उहांले विश्वको एकमात्र पहिचान हिन्दू राष्ट्र मेटाएर के राष्ट्रवाद टिक्छ र भनी प्रश्नसमेत गर्नुभयो ।
    धर्म जागरण मंचका ओमप्रकाश सिकारियाले देशको विकास पछिल्तिर गए पनि पत्रकारिता क्षेत्र अघि बढेकोमा शुभकामना व्यक्त गर्नुभयो । उहांले सेलहरुको अनकन्ट्रोल ग्रोथबाट क्यान्सर हुन्छ । त्यस्तै पीत पत्रकारिताको वृद्धिले भोलि नकारात्मक प्रभाव पार्न सक्ने खतरा औल्याउनुभयो ।
    उहांले राष्ट्रियता के हो भन्ने कुरामा जडता छ । सबै जडताबाट मुक्त नभइ नयां नेपाल निर्माण हुन सक्दैन, जबसम्म एक नेपालीलाई दुःख हुंदा अर्को नेपाली संवेदनशील हुन सक्दैन । राज्य र राष्ट्रियता फरक हुनेमा जोड दिनुभयो।
    नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति श्याम पोखरेलले राष्ट्र, राष्ट्रियता र पेशागत सुरक्ष्ँाका लागि लड्ने क्षमता पत्रकारहरुमा होस् भनी कामना व्यक्त गर्नुभयो ।
    नेपाल प्रेस युनियन पर्साका अध्यक्ष काशीनाथ यादवले स्थापना दिवस र साधारणसभाको पर्ूण्ासफलताको कामना गर्दै नेपाली पत्रकारिता संख्यात्मक मात्र होइन गुणात्मक विकास गर्न जोड दिनुभयो ।
    राष्ट्रिय फोटो पत्रकार संघ पर्साका अध्यक्ष्ँ राजु श्रेष्ठले अनेक ठाउंमा बसेका पत्रकारहरु एक ठाउंमा उभिनुपर्नेमा जोड दिनुहुंदै अनेकतामा एकता आजको आवश्यकता हो । समाचारको यथार्थ विवरण संकलन लिने वातावरण राजनीतिक दलहरुले बनाइदिन आग्रह गर्दै भन्नुभयो- नीतिहरुको राजा राजनीति हो । सुरक्षा दिने निकाय आफै हतास मनस्थितिमा छ ।
    नेपाली कांग्रेस पर्साका सचिव बाबुलाल कुम्हालले पत्रकारहरुको कलम निर्भिकता, निष्पक्षतापर्ूवक चलेमा लोकतन्त्र र राष्ट्रवादको रक्षा हुन्छ र हत्याराहरुको पर्दाफास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
    एकीकृत नेकपा माओवादी पर्साका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले शान्ति प्रक्रिया निष्कर्षा नपुगेको बताउंदै पत्रकारहरुले जनपक्षीय प्रगतिशील संविधान निर्माणमा अहं भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहांले अन्तर्रर्ााट्रयवादी नै राष्ट्रवादी हुन्छ । अन्तर्रर्ााट्रयवादी र मानवतावादी एक हुनु पर्दछ भन्नुभयो ।
    प्रेस काउन्सिल नेपालका पर्ूव सदस्य दीपेन्द्र चौहानले भारतलाई गाली गरेर राष्ट्रियता खोज्ने, दौरा सुरुवालमा राष्ट्रियता देख्ने राष्ट्रवादीहरु नेपालमा छन् भन्नुभयो । उहांले राष्ट्रियतामाथि आक्रमण निरन्तर भइरहेको छ । खस उच्च जातिका ढाका टोपी लाउने प्रशासकहरुले नै ६० लाख नेपाली नागरिकता कसलाई, किन बांडियो भनेर प्रश्न गर्नुभयो ।
    नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालले कार्यक्रमको सफलताको कामना गर्दै पत्रकारहरु जनहितका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
    राप्रपाका केन्द्रीय सदस्य विन्दु पहाडीले सबै दलको भावना सबै पत्रकारहरुको पीडा फोमनले सुन्न सकोस् भनी कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।
    कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साह, नेकपा संयुक्तका रामराज्य जैसवाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार श्रीकृष्ण अमात्य, फोमनका केन्द्रीय अध्यक्ष, फोमन पर्साका संयोजक महेशचन्द्र गौतमले अतिथिहरुलाई मायांको चिनो प्रदान गर्नुको साथै फोमन कार्य समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
    फोमन पर्साका संयोजक महेशचन्द्र गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन विजय भण्डारीले गर्नुभएको थियो ।
    भोलिसम्म चल्ने सो साधारणसभामा नेपाल अधिराज्यका २५ वटा भन्दा बढी जिल्लाबाट फोमनका शाखा अध्यक्षहरू, प्रतिनिधि, पर्यवेक्षक, फोमनका केन्द्रीय अध्यक्ष नवराज पहाडी र पदाधिकारीहरू, स्थानीय संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, स्थानीय संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।
    भोलि पर्सा शाखाको साधारणसभाले नयां कार्यसमितिको चयनसमेत गर्नेछ ।

    नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्ष र आन्दोलित कर्मचारीको वार्ता भंग, आमहडतालको तयारी

    वीरगंज, २१ माघ/ नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी संघका आन्दोलित कर्मचारी र अस्पतालको व्यवस्थापन पक्ष्ँबीच वार्ता भंग भएको छ ।
    आज अस्पताल व्यवस्थापन संचालक समिति र स्वास्थ्यकर्मी संघबीच सहमति नहुंदा व्यवस्थापन समितिले अस्पतालमा रहेका सम्पर्ूण्ा आन्दोलित कर्मचारीलाई बाहिर निकालेका छन् ।
    स्वास्थ्यकर्मी संघले राखेको २१ बुंदे मांगप्रति कुनै सुनुवाइ नभएपछि अहिले अनिश्चितकालीन हडतालमा उत्रने तयारी भइरहेको आन्दोलित कर्मचारी संजीव गुप्ताले बताएका छन् ।

    दुइ पक्षबीच भिडन्त, १२ राउन्ड अश्रुग्यास, ८ राउन्ड गोली प्रहार, ६ जना घाइते

    वीरगंज, २१ माघ/ सरस्वती पूजाको मर्ूर्ति विर्सजन गर्ने निहुंमा दुइ पक्षबीच झडप हुंदा ६ जनाभन्दा बढी घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै ८ राउन्ड हवाइ फायर र १२ राउन्ड अश्रुग्यास प्रहार भएको छ।
    आज भेडीयाही नजिकै रहेको त्रिवेणी नदीमा सरस्वती माताको मर्ूर्ति बिर्सजन गर्ने क्रममा भेडियाही गाउं र नकटुवा गाउंका केटाहरुबीच नचनियां भनी जिस्काएको निहुमा कुटपिट हुंदा रजवटीया त्रिवेणी, नकटुवा परसौनी,कटुवा कर्ुर्मी टोलका युवाहरुले भेडीयाही गाउंका युवाहरुमाथि ढुंगामुढा गरेपछि विवाद चर्किदै गएपछि प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिएको थियो ।
    घाइते हुनेहरुमा भेडीयाहीका जगदीश साह, विनोद साह, त्रिलोकी साहलगायत रहेका छन् ।
    झडपमा संलग्न रहेको आरोपमा प्रहरीले भेडीयाहीका जाकिर मियां, मकदुल मियां र प्रभु साहलाई पक्राउ गरेको छ ।
    स्थानीय भद्रभलादमी र प्रहरीको एक छलफलले सो विवादलाइ साम्य पार्ने पहल भइरहेको छ।
    हिजो दिउंसो बाराको नकटुवामा दुवै समूहबीच झडप हुंदा भेडीयाहीका राजन सिंह, संजोग सिंह र विग्न हजराका १७ वषर्ीय छोरा घाइते भएका थिए भने सोही विषयलाई लिएर आज पुनः दर्ुइ पक्ष्ँबीच झडप भएको थियो ।

    विषाक्त मदिरा सेवनबाट ३ जनाको मृत्यु, ७ गम्भीर

    वीरगंज, २१ माघ/ विषाक्त मदिरा सेवन गरेर रौतहटमा तीनजनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।
    गए राति विलाश राउतको पसलबाट विषाक्त रक्सी सेवन गरेका रौतहटका ५० वषर्ीय विलाश राउत, ३० वषर्ीय इन्द्र राउत र ३५ वषर्ीय राजन हजराको मृत्यु भएको छ भने रौतहटका रामनाथ ठाकुर, भोला राउत, शिवदयाल राम, सुरेन्द्र यादव, अच्छेलाल बैठा, दिपनारायण राउत र बारा खोपवा गाविसका ३५ वषर्ीय कुलबहादुर मण्डल बिरामी भएका छन् ।
    विरामीहरु ७ जनाको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा हुन नसकेपछि थप उपचारको लागि रक्सौलको डंकन अस्पताल रेफर गरेको छ ।
    मृतक ३ जनाको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
    यसैवीच रौतहटमा अवैध रक्सी उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा सिकन्दर साहलाई प्रहरीले आज पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । प्रहरीले सो गाउंमा रहेका अवैध रक्सीभट्टहिरु नष्ट गर्ने कार्य जारी राखेको छ ।

    १८ वटा ट्रक जनमुक्ति सेनाको नियन्त्रणमा

    हरी शर्मा
    नवलपरासी २१ माघ । नवलपरासीस्थित माओवादी चौथो डिभिजनका जनमुक्ति सेनाहरुले १८ वटा ट्रक नियन्त्रणमा लिएका छन् ।
    उनीहरुले सुनौलीवाट सिमेन्ट लिएर जांदै गरेको १८ वटा ट्रकलाई नवलपरासीको अरुणखोलावाट गएरातिदेखि नियन्त्रणमा लिएको वताईएको छ ।
    अवैधरुपमा सिमेन्ट लिएर आएको भन्दै हतियारसहित सैन्य पोशाकमा आएका जनमुक्ति सेनाले सिमेन्टको चलानी पत्र र मोवाइल लिएर गएको पीडित चालकहरुले वताए।
    भंसार कागजपत्र रहेको सिमेन्ट नियन्त्रणमा लिएको भन्दै चालकहरुले आज विहान एक घण्टा राजमार्गसमेत वन्द गराएका थिए ।
    स्थानीय प्रशासनले कागज पत्र फिर्ता गराउनको निम्ती पहल गर्ने जनाएपछि अवरुद्ध सडक संचालन गर्न दिईएको चालकहरुले वताएका छन् ।
    कागज पत्र फिर्ता नपाए पुन राजमार्ग वन्द गर्ने चालकहरुले चेतावनि दिएका छन् ।
    जनमुक्ति सेनाले ट्रक नियन्त्रणमा नलिएको बताउने माओवादी जनमुक्ति सेना चौथो डिभिजनका कमाण्डर यम वहादुर अधिकारी प्रतिक्षाले वाई.सि.एल.ले अवैध सिमेन्ट आएको जानकारीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको दावी गर्नुभयो ।

    हतियारसहित चार पक्राउ

    नवलपरासी २१ माघ । भूमिगत समूहका नामवाट नवलपरासी जिल्लाका विभिन्न स्थानमा चन्दा आतंक र अपराधिक कृयाकलापमा संलग्न भएको आरोपमा हतियारसहित पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेको छ ।
    अखिल तर्राई मुक्ति मोर्चाका नवलपरासी इन्चार्ज प्रशान्त भनिने हरि ओम शर्मा, रामग्राम नगरपालिका वडा न.ं ८ उनवचवाट पक्राउ परेका प्रशान्त र भगवती धोवीलाई प्रहरीले पक्राउ गरेको हो ।
    त्यसैगरि सोही संगठनका फिरोज भनिने दान वहादुर हरिजन र क्रान्ती भनिने पिंकु केवटलाई स्वाठीवाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    उनिहरुले हालसम्म विभिन्न व्यापारी र र्सवसाधरण सहित ४७ जनावाट ८ लाख ४१ हजार ५ सय रुपैयां चन्दा असुल गरेको पत्रकार सम्मेलनमा स्वीकारेका छन् ।
    चन्दा असुल गरेकाहरु मध्ये सवै भन्दा वढि चन्दा निर्माण व्यवसायी भरत रायमाझीसंग ५ लाख रुपैयां असुल गरेको समेत वताएका छन् ।
    उनीहरुले विभिन्न व्यक्तिहरुसंग चन्दा असुल उपर गर्ने क्रममा फोन नंम्बर उपलव्ध गराउनेमा परासीका केहि व्यक्तिहरुले सहयोग गरेको जानकारि दिएकाछन् ।
    परासी क्षेत्रलाई चार वटा क्षेत्रमा विभाजन गरि चन्दा असुल उपर गर्दै आएको भए पनि अहिलेसम्म कसैको हत्या नगरेको उनीहरुले दावी गरेका छन् ।
    पक्राउ परेका सवैलाई हातहतियारसम्बन्धी मुद्दा चलाईने नवलपरासीका प्रहरी उपरीक्षक श्याम वहादुर खत्रीले वताउनु भएको छ ।

    पत्रकार वीरेन्द्र केएम बेपत्ता

    काठमाडौं, २१ माघ/ रिपोर्र्टर्स क्लब नेपाल सुनसरी शाखाका अध्यक्ष एवं रिपोर्र्टर्स नेपाल डट कम र नेपाल वान टेलिभिजनका सुनसरी संवाददाता वीरेन्द्र केएमलाई प्रहरीले वेपत्ता पारेको घटनाको घोरभर्त्सना एवं निन्दा गरेको छ ।
    आज क्लबका अध्यक्ष्ँ ऋषि धमलाले एक प्रेस विज्ञप्ति जारी गरी दर्ुइ दिनदेखि सर्म्पर्कमा नरहेका उनको अवस्था तत्काल र्सार्वजनिक गरी रिहाईको जोडदार माग गरेको छ ।
    विज्ञप्तिमा सुनसरीमा सक्रिय निडर पत्रकार केएमले सशस्त्र समूहको गतिविधिको खोजमूलक समाचार लेख्दै आएका थिए । उनलाई पक्राउ गर्नुलाई षड्यन्त्रमूलक ठहर गर्दै राज्यले पत्रकारमाथि गरेको दर्ुर्व्यवहारको निन्दो गर्दछ।
    यसैगरी नेपाल जापान डट कमका रामसेवक महतोलाई प्रहरीले पक्राउ गरेको घटनाको रिपोर्र्टर्स क्लब नेपाल घोरभर्त्सना गर्दछ । क्लब महतोको तत्काल रिहाईको माग गर्दै पत्रकारहरुको सुरक्षामाथि राज्य स्वयंबाट प्रश्न तर्ेसाउनुलाई प्रेस स्वतन्त्रतामाथिको चुनौती ठान्दछ ।
    एकातर्फपत्रकारहरुमाथि शृंखलावद्ध आक्रमण भइरहदा पनि राज्यले सुरक्षा दिन नसकिरहेको अवस्था छ भने अर्कोतर्फराज्य स्वयंले असुरक्षित बनाइरहेको छ ।
    यस्ता घटनाको भर्त्सना गर्दै प्रेसमाथि हुने कुनैपनि आक्रमणविरुद्ध एकजुट भई सशक्त रुपमा प्रस्तुत हुन पत्रकार, नागरिक समाज एवं लोकतन्त्रप्रति विश्वास गर्ने सबै शक्तिहरुलाई आग्रह गरेको उल्लेख छ ।

    0 comments: