स्वास्थ्यकर्मी श्रमिक संघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

Posted on
  • Feb 4, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ माघ/ नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्य श्रमिक संघले राखेको २१ सूत्रीय मागप्रति अस्पताल व्यवस्थापन पक्षले कुनै पहल नगरेको भन्दै आन्दोलित स्वास्थ्यकर्मीहरुले चरणबद्ध संर्घष्ाको कार्यक्रम घोषणा गरेको छ ।
    आज आन्दोलित सम्पर्ूण्ा कर्मचारीले ओपीडी सेवा बन्द गरी कालो पट्ट िबांधेर अस्पतालको मूलगेट अगाडि धर्ना दिइरहेका छन् ।
    अखिल नेपाल टे्रड युनियन महासंघ, पत्रकार, मानव अधिकारवादी तथा प्रशारणको रोहबरमा माघ २१ गते अस्पताल व्यवस्थापन पक्ष र स्वास्थ्यकर्मी श्रमिक संघबीच वार्ता नभएपछि श्रमिक संघले एक प्रेस विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलनका घोषणा गरेका हुन् ।
    विज्ञप्तिमा माघ २३ गते नारा जुलुससहित वीरगंजको घण्टाघरमा चक्काजाम, २४ गते बजार परिक्रमा र कोणसभा, २५ गते वीरगंज उद्योग वाणिज्य संघ अगाडि कोणसभा, २६ गते ज्ञापनपत्र सहित जिल्ला प्रशासनसमक्ष्ँ कोणसभा,२७ गते वीरगंजको घण्टाघरमा २ घण्टा चक्काजाम र २८ गते थप आन्दोलनको घोषणा गरिने उल्लेख छ ।

    अलखियामठ अतिथि सदन निर्माण हुने

    वीरगंज, २२ माघ/ अलखियामठ अर्न्तर्गत रहेको खाली जग्गा चार कठ्ठाभित्र अतिथि सदन निर्माण हुने भएको छ ।
    फागुन १२ गते शिवरात्रीको शुभ उपलक्ष्यमा अतिथि सदनको शिलान्यास हुने भएकोमा निर्माण कार्य संचालन गर्न सात सदस्यीय निर्माण उपसमिति गठन भएको छ ।
    उक्त समितिको संयोजकमा अशोककुमार श्रेष्ठ, सदस्यहरु निर्मलप्रसाद श्रेष्ठ, रवीन्द्रहरि जोशी, ललित ताम्राकारलगायत रहेका छन् ।

    ममाथि षड्यन्त्र- धमला

    काठमाडौं, २२ माघ/ रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफूमाथि षड्यन्त्र भएको बताएका छन् । आज सिंहदरबारस्थित प्रहरी हिरासतमा भेट्न पुगेका पत्रकारहरुको एक
    समूहलाई उनले भावविव्हल हुदै आफूमाथि सुनियोजित षड्यन्त्र गरेर समग्र प्रेस जगतलाई बदनाम बनाउन खोजिएको बताए ।
    'मलाई फसाउन अनेक षड्यन्त्र भयो,' धमलाले सिंहदरबारको हिरासतको झ्यालबाट भावविव्हल हुदै भने,'पत्रकारलाई आपराधिक घटनामा मुछेर प्रेस जगतको धज्जी उडाउन खोजिएको छ ।'
    भूमिगत सशस्त्र समूह रणवीर सेनासंगको सम्बन्धबारे लगाइएको आरोपलाई बनावटी र सुनियोजित भने । प्रेस जगतमाथि चौतर्फी आक्रमण भइरहदा पछिल्लोपटक पत्रकारहरुलाई आपराधिक समूहसंग जोड्ने कुचेष्टा गरिएको बताए । नेपालगञ्जमा दर्ुघटनामा परेपछि फोक्सोको समस्या भोग्दै आएका धमलालाई प्रहरीले राम्रो व्यवहार गरिरहेको भेटमा संलग्न नेपाल बार एशोशिएसनका अध्यक्ष विश्वकान्त मैनालीले बताए । उनलाई मैनाली सहित बारका पर्ूव अध्यक्ष शम्भु थापा, मानवअधिकारवादी चरण प्रर्साईं र बाबुराम गिरीलेले भेटेका थिए । उनीहरुले धमलालाई आत्मविश्वास उच्च बनाएर रहन आग्रह गरेको बताए । हिजो सांझ रिपोर्र्टर्स क्लब नेपालको पुतलीसडकस्थित कार्यालयबाट सादा पोशाकका प्रहरीको एक समूहले धमलालाई जर्बजस्ती गिरफ्तार गरेको थियो ।
    यसैगरी धमलाको गिरफ्तारीको रिपोर्र्टर्स क्लब नेपाल केन्द्रीय कार्यालय, पर्सर्ााबारा, सुनसरी, रुकुम, लुम्बिनी, पाल्पा, चितवन, पोखरा, खोटाङ, अछाम, जुम्ला, झापा, मोरङ, कैलाली, तनहुंलगायतका शाखाले विज्ञप्ति निकाली भर्त्सना गरेका छन् । उनीहरुले तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् । नेपाल पत्रकार महासंघले पनि विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेको छ ।

    0 comments: