भगवान शिवको जन्मदिनः शिवरात्रि

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ शिवरात्रि भगवान शिव उत्पति हुनुभएको रातको नामद्वारा रहेको हो भन्ने कुरा पुराणहरुमा उल्लेख छ। आज वीरगंजको अलखियामठमा पूजा गर्ने ब्रतालु महिलाहरुको ठूलो लाम लागेको थियो। बारा, पर्साको शिव मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ।
    आज सफा, शुद्ध भइ शिव मन्दिर गएर पूजा गर्ने, नाचगान गर्ने, धुनी बाली जागृत बसेर भांगको लडडु खाने गर्दछन्। शिवलाई मनपर्ने दूध, फलफूल बेलपत्र चर्ढाईन्छ भने शिव भगवानलाई जाडोबाट बचाउन घरघरमा दाउरा मागी राति आगो बाली भजन गर्ने, प्रसाद लने गरिन्छ र यो दिन चार प्रकारकोमहाद्वीप, अखण्डद्वीप, लक्ष्यद्वीप, दियोत्सवको पूजा हुुनको साथै किरांतेश्वर महादेव र कैलासकुटमा नाचगान गर्ने परम्परा छ।
    कतिपय बाबा, जोगीहरु नभइ विभिन्न लागूपदार्थ गांजा, चरेश, बेचबिखन र ओसारपसारको काम गर्ने गरेका छन् भने कुनै लागू औषध व्यापारी गिरोहबाट संचालित भइ उनीहरुले नेपाल र भारतलगायत विभिन्न ठाउंमा जासुसी गरी हिन्दू धर्मको नाममा लागू औषध र गुप्तचरी गर्ने गरेका छन्।
    आज ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले प्रकाशित गरेको शिव अवतरण सन्देशमा भनिएको छ - सबै आत्माहरुको पारलौकिक परमपिता निराकार परम आत्माको यस साकार मनुष्य सृष्टिमा दिव्य तथा अलौकिक अवतरणको स्मृति दिवस भएको नाताले विश्वको सबैभन्दा महान पर्व शिवरात्रि हो। सबैभन्दा ठूलो शुभ सूचना यो छ कि शिवरात्रिको वर्तमान समयसंग र हामी सबैको जीवनसंग प्रत्यक्ष सम्बन्ध छ। यतिमात्र होइन, र्सवाधिक खुशीकोर् इश्वरीय सन्देश त यो छ कि शिवरात्रिको वृतान्त अब हुबहु पूनरावृत भइरहेको छ तथा सम्पर्ूण्ा मनुष्यात्माहरुको सबै दुःखहरुको अन्त अब अतिश्रि्र हुनेवाला छ।
    आध्यात्मिक अर्थमा रात्रि आत्माहरुको अज्ञात अन्धकार र आशुरी लक्षणहरुको सूचक हो। आज विश्वमा चारैतिर चिन्ता, भय तथा निराशाको वातावरण छ। पापाचार, दूराचार एवं भ्रष्टाचार चरम सीमामा पुगिसकेको छ। मनुष्य विकारहरुको आगोमा जलिरहेको छ। प्राणी मात्र दुःख तथा प्राकृतिक प्रकोपले गर्दा अशान्त छन्। चारैतिर अकाल मृत्यु भइरहेको छ। रगतैरगतको खोला बग्ने हृदयविदारक खेल सुरु भइसकेको छ। गीतामा वणिर्त अति धर्मग्लानिको सबै चिह्नहरु प्रकट भइसकेका छन्। महामारी महाविनाशको सम्पर्ूण्ा तयारी भइसकेको छ। जसको संकेत पनि देखिन थालेको छ।
    र् वर्तमान समय कलियुगको अन्त्य र सत्युगको आदि सन्धिकालको बेला चलिरहेको छ। यो नै त्यो पुरुषोत्तम संयमयुग हो जब परमात्मा शिव पुनः अवतरित भएर अज्ञान अन्धकाररुपी घोर रात्रिलाई अन्त्य गराएर नयां विश्वको नव प्रभातको पुनरोदय गराउनुहुन्छ। भनिन्छ- ज्ञान, र्सर्ूय प्रकटा, अज्ञात अंधकार विनाश।
    आज भक्तजहरु बिर्सिसकेका छन् कि शिव नै परमात्मा हुनुहुन्छ। जसको निराका, ज्योर्तिमय स्वरुपको प्रतिमा -स्मारक चिन्ह शिवलिंग हो जसको पूजा संसारभरि अरु मर्ूर्तिहरुभन्दा सम्भवतः र्सवाधिक हुन्छ। भारतमा शिवको १२ अति प्रसिद्ध तर्ीथस्थल द्वादश ज्योतिलिर्ंगम भनिन्छ जुन परमात्माको प्रकाशमय स्वरुपको सूचक हो। शिवलिंगमा जुन त्रिपुण्डी बनाइन्छ त्यो परमात्माको त्रिमर्ूर्ति -ब्रह्मा, विष्णु, शंकरको रचयिता), त्रिनेत्र, त्रिकालदर्शी र त्रिलोकीनाथ भएको परिचायक हो। सुक्ष्म आकारी महादेव शंकरलाई पनि निराकार परमात्माको ध्यानमा मग्न मुद्रामा बसेको देखाइन्छ। गोपेश्वर र रामेश्वरको शिव मन्दिर पनि यसै सत्यको द्योतक हो कि नाराकार शिव साकार शरीरधारी देवता श्री कृष्ण र श्रीरामको पनि परमपिता परमात्मा हुनुहुन्छ।
    करन करावनहार विश्व पिता शिव, ब्रह्माद्वारा नयां पावन सत्तोप्रधान सृष्टिको पुनर्स्थापना, विष्णुद्वारा नयां सृष्टिको पालना र शंकरद्वारा पुरानो, पतित तमोप्रधान कलियुगी सृष्टिको विनाश गराउनु हुन्छ। कलियुगको अन्त्यमा जब संसारमा अज्ञानता रुपी घोर अन्धकार हुन जान्छ तब परमात्मा शिव प्रजापिता ब्रह्माको तन -शरीर रुपी रथ) मा अवतरित भएर्रर् इश्वरीय सदज्ञान र सहज राजयोगको शिक्ष्ँा दिनुहुन्छ।

    0 comments: