ढुङगाको घोडामाथि साथी

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • भक्तपुर, १२ फागुन/थिमी बस्ने सानो साथी श्रीया बादे त्यहीको एउटा बिद्यालयमा पढ्छन। उनले बिद्यालयमा धेरै जनावरहरुको चित्र मात्र देखेका थिए। सांच्चिकैको जनावारहरु कस्तो हुन्छ भने श्रीयालाइ थाहा छैन। तर बिदाको दिनमा भक्तपुर आउंदा भने उनले ढुङगाको घोडा चढ्न पाए। भक्तपुर दरवार क्षेत्रमा रहेको सानो पांचतले मन्दिरमा राखिएको घोडा माथि उनले चढ्न पाएका हुन। यो घोडा सांच्चिकै घोडा जस्तै भने दर्गुन भन सक्दैन। श्रीया जस्तै अरु पनि धेरै साना साथीहरु यस मन्दिरमा रहेको घोडामा चढेर फोटो खिच्ने गर्दछन। यस मन्दिरमा घोडा बाहेक गैडा, सिह र ऊंट पनि बनाइएका छन। यिनीहरु पनि ढुङगैबाट बनाएका हुन्।
    यस मन्दिर भन्दा अलि परको सानो कृष्ण मन्दिरमा भने ढुङगाको हाती राखिएको छ। नेपालको बिभिन्न ठाउंबाट आएका साना साथीहरु यो हाती चढेर औंधी रमाउने गरेका छन। भक्तपुरमा बस्ने साथी साना साथीहरुले अरु ठाउँमा बस्ने साना साथीहरुलाइ घोडा, हाती, ऊंट, सिह, र गैडा चढ्नलाइ भक्तपुर घुम्न आउनको लागि भनेकोे छ है।- रविन राचलिका हरीत समूह भक्तपुर

    0 comments: