बारा र रौतहटमा अफिम र गांजा फडानी अभियान

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन । बारा र रौतहटमा अवैधरुपमा लगाइएको लागू औषध अफीम खेती नष्ट गर्ने अभियान सुरु भएको छ ।
    बारा जिल्लाको कचोर्वा, भगवानपुर पटर्ेवा, बेलडारी, सनफुलवा, कोल्हवी र प्रष्टोकामा करिब लगाइएको गांजा र अफीम खेती नष्ट गर्न प्रहरी टोली खटाइने जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
    यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले हिजो रौतहटको पथरा, सगैया, बंकुल, सरमुजवा र आसपासका गाउ“मा लगाइएको ५० बिघा क्षेत्रफलको अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । अन्य गा“उमा लगाइएको अफिम खेती नष्ट पार्ने काम जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनु भयो।

    0 comments: