यादव समूह छुटै जनदिवस मनाउंदै

Posted on
  • Feb 12, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ फागुन/ माओवादी नेता मातृका यादवको बलियो पकड रहेको बारा जिल्लामा छुटै जनदिवस मनाइने बताइएको छ।
    आज एकीकृत माओवादीले धुमधामका साथ १४ औं जनयुद्ध दिवस मनाइरहंदा माओवादी नेता मातृका यादव र्समर्थकले बारामा छुटै कार्यक्रम गरी दिवस मनाउंदैछन् ।
    बाराको कलैया, स्रि्रौनगढ, कोल्भी, सिमरामा र्‍याली तथा दिउंसो सभा गरी छुटै माओवादी दिवस मनाइने नेकपा माओवादी मधेश राज्य समितिका सदस्य राजन यादवले संचारकर्मीलाई जानकारी दिएका छन्।
    एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य मातृका यादवले माओवादी परित्याग गरी नेकपा माओवादीलाई पर्ुनगठन गरका थिए ।
    एकता केन्द्र मसालस“ग एकीकरण्ँ भएपछि यादवले असन्तुष्टि जनाउ“दै आएका थिए। माओबादीले जनयुद्ध दिवस मनाउने तयारी गरिरहेका बेला यादवले नयां पार्टर्ीीठन गरेको उद्घोष गरेका थिए।

    वीरेन्द्र राजमार्ग अवरुद्ध

    रौतहट, १ फागुन/ र्सवदलीय निर्ण्र्ााो विरोध गर्दै एकीकृत सेवा स्थापना गर्नुपर्ने माग वीरेन्द्र राजमार्गमा स्थानीयबासीले चक्काजाम गरेका छन् ।
    आज बिहानदेखि रौतहट-चपुर सडकखण्डमा स्थानीयबासीले सडक अवरुद्ध गरेका हुन् ।
    सडक अवरुद्ध हुंदा सयौं सवारीसाधन र यात्रीहरु अलपत्रमा परेका छन् ।
    हिजो सांझ र्सवदलीय बैठकले रौतहटको विभिन्न ६ स्थानमा एकिकृत सेवा केन्द्र स्थापना गर्न पहल गर्ने निर्ण्र्ाागरेको थियो । पर््रदर्शनकारीहरुले डुमरियामा सेवा केन्द्र स्थापना गर्नुपर्ने अडान राख्दै सडक अवरुद्ध गरेको प्राप्त समाचारमा उल्लेख छ।

    0 comments: