वीरगंज, १ फागुन/ नेकपा माओवादीको १४ औं जनयुद्ध दिवस वीरगंज लगायत मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।
आज वीरगंज नगरमा माओवादी कार्यकर्ता, र्समर्थकहरुको र्याली नगर परिक्रमा गरी घण्टाघरमा आयोजित सभामा पुगिरहेका छन्। पर्साको विभिन्न स्थानबाट ठूलो संख्यामा माओवादी कार्यकर्ताहरु अहिले घण्टाघरमा पुगेका छन्। सभामा स्थानीय माओवादी नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेको छ ।
टैंकर चालकद्वारा चक्काजाम
वीरगंज, १ फागुन/ २० वर्षपुराना टैंकरलाई पेट्रोलियम पदार्थ ओर्सार्न वंचित गराएको विरोधमा टैंकर चालकहरुले १ घण्टा चक्काजाम गरेका छन्।
आज वीरगंजको बाइपास, नेपाल आयल निगम वीरगंजको प्रतिमा चोक सडक खण्डमा टैंकर चालकहरुले सवारीसाधन सडकमा तर्ेसाएर १ घण्टा सडक अवरुद्ध पार्नुको साथै सडकमै टायर बालेका थिए।
२० वर्षपुराना थोत्रो टैंकरलाई पेट्रोलियम पदार्थ ओर्सार्न कुपन नदिएको विरोधमा उनीहरु पर््रदर्शनमा उत्रिएको एक टैंकर चालकले बताएका छन्।
महिला तथा पुरूष क्रिकेट प्रतियोगिता सुरु
वीरगंज, १ फागुन/ स्व. हेमन्त र्सराफको स्मृतिमा वीरगंज क्रिकेट एकेडेमीले महिला तथा पुरूष २०-२० क्रिकेट प्रतियोगिता सुरुभएको छ ।
आज वीरगंजको आदर्शनगर रंगशालामा दर्ुइ भारतीय टिमबीच भिडन्त भइरहेको छ ।
प्रतियोगितामा दुइ महिला टोलीसहित ७ वटा टिमको सहभागिता हुनेछ भने प्रतियोगितामा भारतको यूपी, बिहार, राजस्थान, पूणिर्या र नेपालको क्रिकेड एकेडेमी र काठमाडौंको महिला क्रिकेट टोली सहभागी हुने आयोजकले बताएको छ।
सदाचार पद्धतिः नजरानाको ठाउंमा सामान
वीरगंज, १ फागुन/ भंसार कार्यालय वीरगंजका प्रमुख केवलप्रसाद भण्डारीले दस्तुरी प्रथा हटाउने उद्देश्य अनुरुप सो कार्यालयमा सदाचार पद्धति लागू गरेपश्चात अहिले सो भंसारमा भ्रष्ट अधिकृत एवं जांचकी कर्मचारीहरुले नगद दस्तुरी नजरानाको ठाउंमा सामान लिने गरेको तथ्य उजागर भएको छ ।
भरपर्दो स्रोतले जनाए अनुसार माघ २८ गते सो भंसार नाकाबाट विनोद रोडवेजका ललित अग्रवाल तथा छपकैया-२ वीरगंजका कमल कर्ुर्मीले काठमाडौंका लागि कपडा, साडी, वेडसिट भंसार पास गराउंदा जांचकी अधिकृतहरुले नगद नजरानाका ठाउंमा ५ पीस बेडसीट तथा आप\mना श्रीमतीका लागि १० पीस बेसकिमती साडी नजराना लिएका थिए ।
वीरगंज भंसारमा सदाचारको डम्फु बजाउने भंसार प्रमुख केवलप्रसाद भण्डारीले आफू मातहतका अधिकृत, कर्मचारीको नजराना असुल्ने यस शैलीलाई रोक्न कतिको सक्षम हुन्छन् त्यो आउंदो दिनले बताउंछ ।
भनिन्छ वीरगंज भंसार नाकाबाट भंसार अधिकृतहरुले काठमाडौंको लागि सामान पास गर्दा अथवा उद्योगहरुमा तौल युक्त फलाम लगायतका सामानमा तय भए बमोजिमको नजराना होटल लजमा अग्रिम बुझाए पश्चात् मात्रै बढी तौललाई कम तौलमा पास गर्ने परिपाटी चलाएका छन् ।
राज्य अन्धो र बहिरो भयो-पत्रकार महासंघका अध्यक्ष झा
काठमाडौं, १ फागुन/ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले राज्य अन्धो र बहिरो भएको बताएका छन् । आज महासंघद्वारा राजधानीमा अयाोजित र्यालीपछि बोल्दै राज्यले अन्धो भएर पत्रकार ऋषि धमलालाई समेत गिरफ्तार गरेको बताए ।
धमलालाई गिरफ्तार गरेर प्रमाण जुटाउन राज्य लागेबाट गम्भीर आशंका उत्पन्न भएको बताए । उनले कानुनी राज्यको मान्यताअनुसार चल्नुपर्ने भन्दै अगाडि भने,'राज्यले कानुनी प्रक्रिया विपरित पत्रकारलाई गिरफ्तार गर्छ भने चुप लागेर बस्न सकिदैन ।'
मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष पुरुषोत्तम दाहालले ऋषि धमलालाई गिरफ्तार गरेर पत्रकारको छवि धमिल्याउन खोजिएको बताए । उनले धमलाको गिरफ्तारीलाई गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने,'राज्यले गिरफ्तार गरी हिरासतमा बढी समय राख्न समय लम्ब्याइरहेको छ । यसप्रति सचेत हुन जरुरी छ ।'
प्रेस चौतारीका उपाध्यक्ष गणेश बस्नेतले राज्यले हिंसालाई प्रश्रय दिने अभ्रि्रायले ऋषि धमलालाई गिरफ्तार गरेको बताए । उनले धमलालाई गिरफ्तार गरेर पत्रकारहरुलाई तर्सर्ाा खोजिएको भन्दै सबै किसिमका चुनौतीसंग लड्न एकजुट हुन आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जगत नेपालले सबैखाले दण्डहीनाविरुद्ध एकजुट हुन आग्रह गरे । राज्यले पत्रकारलाई अपराधि बनाएर प्रष्ठिामा आंच पुर्याउन खोजिरहेको बताए ।
संचारिका समूहकी अध्यक्ष बबिता बस्नेतले ऋषि धमला अपराधिसम्म हुननसक्ने बताइन् । उनले पत्रकारको छवि धमिल्याउन भएका षड्यन्त्रप्रति शतर्क हुन आग्रह गरिन् ।
हिमाली भोटेहरुले स्वायत्तताको लागि संर्घष्ा गर्ने
काठमाडौं, १ फागुन । हिमाली भोटे लामा राष्टिूय मुक्ति मोर्चा नेपालको हालै राजधानी काठमाडौंमा सम्पन्न दोस्रो राष्टिूय सम्मेलन हिमाली स्वायत्त राज्यको लागि संर्घष्ा गर्ने लगायतका निर्ण्र्ाागरेको छ ।
सो मोर्चाको गत माघ २५ देखि २७ गतेसम्म राजधानीमा सम्पन्न दोस्रो राष्टिूय सम्मेलनले पारित गरेका निर्ण्र्ाारु र्सार्वजनिक तथा नव निर्वाचति पदाधिकारीहरुको परिचयात्मक कार्यक्रममा वितरित प्रेस बक्तव्यमा बैज्ञानिक र वस्तुवादी ढंगले स्वायत्त राज्यको स्थापना गर्न माग गरिएको छ । नेकपा माओवादीका बरिष्ठ नेता तथा रक्षा मन्त्री रामबहादुर थापाले उद्घाटन गर्नु भएको सम्मेलनले छिरिम डम्दुल लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साथै सम्मेलनले लामा राष्टिूय मुक्ति मोर्चा नेपालको नामलाई परिवर्तन गरी हिमाली भोटे लामा राष्टिूय मुक्ति मोर्चा नामाकरण गरेको पनि बक्तव्यमा जनाइएको छ । २०५६ सालमा स्थापना भएको यो संगठन नेकपा माओवादीले नाम फेरेपछि आफ्नो आफ्नो नाम फर्ेर्ने पहिलो भातृ संगठन भएको छ ।
सम्मेलनले नयाँ बन्ने संविधानमा आम हिमाली भोटे, लामा जातिहरुको विचार र भावनालाई सम्बोधन गर्न बैज्ञानिक र वस्तुवादी ढंगले स्वायक्त राज्यहरुको स्थापनाको लागि मोर्चा दृढ भएर अघि बढ्ने, नयाँ बन्ने संविधानमा आम हिमाली भोटे, लामा जातिहरुको विचार र भावनालाई सम्बोधन गर्न बैज्ञानिक र वस्तुवादी ढंगले स्वायक्त राज्यहरुको स्थापनाको लागि संर्घष्ा गर्ने, हिमाली भोटे, लामा, जातिहरुलाई विभाजन, बिखण्डन, अतिक्रमण गर्ने गरिएको अबैज्ञानिक आदिबासी जनजाति सूचिकरण २०५८ र जातिय तथा भाषिक मिथ्या तथ्याङ्क २०५८ को पर्ूण्ा खारेज गर्दै बैज्ञानिक सूचिकरण तथा सत्य तथ्याङ्क संकलनको लागि जोडदार आवाज उठाइने छ । पुरानो सामन्ती खस भाषामा लेखिएका सम्पर्ूण्ा नामहरु हर्टाई नयाँ बन्ने संविधानमा मातृभाषामा पुनरलेखनको पहल गर्ने, र राज्यको सम्पर्ूण्ा तहमा समान सहभागिता प्रतिनिधित्व र समावेशीका लागि सशक्त संर्घष्ा गर्ने निर्ण्र्ाागरेको जनाइएको छ । नवनिर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा निमा लामा,महासचिव नरजङ लामा, कोषाध्यक्ष हिमग्याप लामा -टासी), सचिव थुप्तेन पुनेल, सदस्यहरुमा ताक्ला जिङ्मे लामा, दिपेन्द्र लामा, कार्मा लामा, कुन्छाङ लामा, श्रीमती उषा लामा, श्रीमती निमा लामा, नर्ुर्वु घले, गुरु स्याङ्क्याप लामा, निमा ग्याल्बो लामा, मिङ्मार लामा, उर्गेन दोर्जे लामा, कार्मा ग्याल्जन लामा, उर्गेन छिरिङ लामा निर्वाचित गरेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment