रेबिज भ्याक्सिन लिनेहरुको घुंइचो

Posted on
  • Feb 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ फागुन/ नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा रेबिज भ्याक्सिन लिनेहरुको आज घुंइचो लागेको छ । ३ वटा रेबिज भ्याक्सिन रु ३०० सयमा अस्पतालले वितरण गरेपछि सुइ लिनेहरुको घुइचो लागेको हो ।
    अनुदानमा प्राप्त ३ वटा भ्याक्सिन अस्पतालले सहुलियत दर रु ३ सयमा वितरण गरिरहेको छ भने बांकी २ भ्याक्सिन निजी क्लिनिकबाट लिन सकिने अस्पतालले जनाएको छ । दिनहुं करिब ३०० जना रेबिज भ्याक्सिन लिन आउने गरेकोमा भ्याक्सिनको लागि तछाडमछाड हुने गरेको छ । क्लिनिकले रु ५०० मा एउटा भ्याक्सिन बिक्री गर्दै आइरहेको छ ।

    वीरगंजमा भुसुनाको प्रकोप

    वीरगंज, ५ फागुन/ वीरगंज उपमहानगरपालिका स्वच्छ, सफा, हराभरा नभएर नै होला लामखुट्टेपछि भुसुनाको प्रकोप बढेको छ ।
    भुसुनाको प्रकोपबाट मानिस र मालजाल पशुसमेत पीडित भएका छन् । भुसुना थुपारिएको फोहरको डुङ्गुर, र्सार्वजनिक सडक, घर-आंगन, घरको भान्छा कोठादेखि बेडरूमसम्म भुसुना भन्किरहेको छ । लामखुट्टेजस्तै भुसुना पनि महामारी रोग फैलाउने किरा मानिन्छ । वीरगंजमा फैलिएको दर्ूगन्ध, नगरको सरसफाईमा उपमहानगरपालिकाद्वारा भइरहेको हेलचेक्रयाइले गर्दा झिंगाको प्रकोप पनि बढीरहेको छ । झिंगा, भुसुना र लामखुट्टेको प्रकोपसंगसंगै नानाथरिको रोगबाट पीडित मानिसहरूको चांप अस्पताल, नर्सिङ होम, डाक्टरको क्लिनिकमा वृद्धि भइरहेको छ ।
    भुसुनाले सिंधै आंखामा आक्रमण गर्ने हुनाले सडकमा सवारी हांकीरहेको चालकको आंखामा भुसुना पसेर सवारी दर्ुघटना पनि भइरहेको छ । भुसुना आंखामा परेपछि निकै चिलाउने गर्दा विषालु भुसुनाको कारण आंखा पाक्ने रोग लगायत अन्य रोग बढ्ने संभावना पनि देखिएको छ ।
    आंपको मयुर लाग्ने बेलामा प्रत्येक वर्षभुसुना देखापर्ने तर यस वर्षविगतको वर्षन्दा बढी भुसुना देखापरेको एक जानिफकारले बताएका छन् । भुसुनाको प्रकोप रोक्ने उपायबारे वीरगंज उपमहानगरपालिकाले बढी चासो लिनुपर्ने एक नागरिकको भनाइ छ । भुसुनाको प्रकोप गाइभैंसी बांध्ने गोठमा बढी देखिएको छ भने वीरगंज नगरको सबै ठाउंमा भुसुना भन्किरहेको पाइन्छ । भुसुना अति सुक्ष्म प्राणी हो ।
    प्रत्येक वर्षपर्सर्ाासीले मच्छरको प्रकोपबाट बच्न झूल -मच्छरदानी), मच्छर भगाउ धुप, मच्छर मार्ने स्प्रे खरिदमा करोडौं खर्च गर्दै आएका छन् । घर वरवर र र्सार्वजनिक सडक नालामा जति फोहर थुप्रियो त्यति मच्छर बढ्ने अवस्था छ ।
    बेला बखत वीरगंज उपमहानरपालिकाले मच्छरको प्रकोप नियन्त्रण गर्न र्सार्वजनिक स्थानमा स्प्रे गर्ने गर्दछ तर त्यो बालुवामा पानी खन्याएसरह मात्र बनेको छ ।

    अपाङ नवल कादमिया कहां र किन गायब

    वीरगंज, ५ फागुन/ करिब १० दिन अगाडिबाट वीरगंज उप महानगरपालिका वडा नं. ९ रामटोल, माइस्थान विद्यापीठ माध्यमिक विद्यालय नजिक घर भएका स्व. मास्टर दिनदयाल कादमियाको कान्छो छोरा हात-खुट्टा दुबै नचल्ने अपा· नवल कादमिया गायब भएका छन् ।
    निज कादमियाको बयोवृद्ध आमा र दिदीले व्यापक खोजी गर्दा वीरगंजमा फेला नपरेपछि विचल्लीमा परेर रूवाबासी गरिरहेका छन् । निजको दाजु नन्दु कादमिया र भाउजुले खोजतलासमा कुनै चिन्ता र चासो नलिएकोले अपा· कादमिया आफै गायब भएका हुन् वा गायब गराइएको होभनेर टोलबासीले विभिन्न आशंका व्यक्त गरिरहेका छन् ।
    निज अपा· गायब हुनु अघि घरमा दिनहुं गृहकलह हुने गरेको टोल, छिमेकका मानिसले बताएका छन् ।

    0 comments: