बीरगंज, ५ फागुन । एकिकृत सेवा केन्द्र स्थापना गर्नुपर्ने मांग राख्दै छैठो दिन पनि वीरेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।
आज रौतहट डुमरीयाका स्थानियबासिन्दाले गौर-चन्द्रनिगाहपुर राजमार्गमा पर््रदर्शन गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो । लगातारको चक्काजामका कारण्ँ जनजीवन कष्कटर बनेको छ । राजमार्गमा सवारी साधन र यात्रीहरुले दुःख बेहोरिरहेको त्यहांबाट प्राप्त समाचारमा उल्लेख छ।
डुमरियामै सेवा केन्द्र स्थापना गर्नुपर्ने अडान राख्दै स्थानियबासिन्दाहरु बुधवारदेखि राजमार्ग अवरुद्ध गर्दै धर्नामा बस्दै आइरहेको छ ।
यसैवीच रौतहटको क्षेत्र नम्बर ३ को सेवा केन्द्र बगही गाविसमा स्थापना गर्नुपर्ने माग गर्दै गरुडा बजारमा स्थानीयबासिन्दाले आज पनि चक्काजाम गरेका छन्।
सेवा केन्द्र्र बंकुलमा स्थापना गर्ने निर्ण्ँय भएकाले बगहीका बासिन्दाले चक्काजाम गरेका हुन् ।
यसैवीच र्सलाहीको नवलपुर-मलगंवा सडकखण्डको हरिपुरमा स्थानीयवासीले बुधबारदेखि गरेको चक्काजाम आज छैठौं दिन पनि जारी रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment