पेट्रोलियम ढुवानी व्यवसायीद्वारा अनिश्चितकाल लोड-अनलोड बन्द

Posted on
  • Feb 15, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ फागुन/ विभिन्न १४ बुंदे माग राखी मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ ट्याकंर आन्दोलन मूल संर्घष्ा समितिले संर्घष्ाको कार्यक्रम जारी राखेको छ।
    आजदेखि अनिश्चितकाल सम्पर्ूण्ा टैंकरहरुले पेट्रोलियम पदार्थ लोड-अनलोड बन्द र नेपाल आयल निगम वीरगंज र अमलेखगंजको कार्यालयमा धर्ना दिएको संर्घष्ा समितिका संयोजक सुरेन्द्रप्रसाद श्रीवास्तवले रिपोर्टस क्लब नेपाल पर्सा शाखाका सभापति कन्हैया गुप्तालाई बताए। उनले जबसम्म मांग पूरा हंुदैन तबसम्म संर्घष्ाको कार्यक्रम गरिरहने श्रीवास्तवले बताएका छन्।
    श्रीवास्तवका अनुसार नेपाल आयल निगमको केन्द्रीय कार्यालयका महाप्रबन्धक दिगम्बर झाले वार्ताको लागि संर्घष्ा समितिमा पत्राचार गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष्ँ वीरेन्द्रकुमार दास र महासंघका केन्द्रीय सदस्य डिएन पाठकसहित दर्ुइ सदस्यीय वार्ता टोली पठाए पनि वार्ताको कुनै पहल नभएको आरोप लगाएका छन्।
    नेपाल आयल निगमले २० वर्षपुराना ट्याकंरलाई पेट्रोलियम पदार्थ ओर्सार्न नदिइ पुराना ट्याङकरलाई विस्थापित गर्न खोजेको आरोप लगाउंदै पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

    मुस्लिम समुदायको चेतावनी

    वीरगंज, ४ फागुन/ नेपाल मुस्लिम नागरिक समाजका केन्द्रीय अध्यक्ष मसरुद्दिन अंसारीले धार्मिक स्थलमा भइरहेको आक्रमणको घटना तत्काल नियन्त्रण नभए मुस्लिम समुदायको धर्ैयको बांध टुटन सक्ने चेतावनी दिएका छन्।
    आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै उनले मुस्लिमहरुको हक अधिकारको लागि चुनाव जितेर गएका राजनीतिक दलहरुले मुस्लिमहरुको अधिकारलाई बिर्सर्ेेे आरोप लगाए। लोकतान्त्रिक भनिएको वर्तमान सरकार मुस्लिमहरुको शत्रु हो, अंसारीले भने, यसकारण वर्तमान सरकार भयभित हुनु परेको छ।
    अंसारीले मुस्लिमहरुको हक-अधिकार सरकारले चांडै सम्बोधन नगरे देभरका मुस्लिमहरुलाई आन्दोलनमा उत्रिन आह्वान गर्ने चेतावनी दिएका छन्।
    कार्यक्रममा मुस्लिम समाजका केन्द्रीय सदस्य डा. कमरुल होदा, संघगठन प्रमुख रसिद कुरेसी, जिल्ला अध्यक्ष्ँ हलिम अंसारी,जिल्ला उपाध्यक्ष आलम गिर अंसारी र जिल्ला सचिव इन्जिनियर नुरुल होदालगायतको उपस्थिति थियो।

    प्रेस स्वतन्त्रताको अवस्थाबारे जानकारी लिन दुइ पत्रकार वीरगंजमा

    वीरगंज, ४ फागुन/ प्रेस स्वतन्त्रता र सकारात्मक पत्रकारिताका लागि नेपाल भ्रमणमा हिंडेका भोजपुरका पत्रकार द्वय वीरगंज आइपुगेका छन्।
    आज भ्रमणको अन्तिम दिन नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित पत्रकार सम्मेलनमा दुइ पत्रकार नवराज भट्टराइ र नारायणप्रसाद भट्टराइले पर्साको प्रेस स्वतन्त्रताको अवस्थाबारे जानकारी लिएका हुन्।
    स्थानीय संचारगृह, पत्रकार, नागरिक समाज, राजनीतिक दल र सुरक्ष्ँा निकायहरुसंग भेट गरी द्वय पत्रकारहरुले प्रेस स्वतन्त्रताको लागि र्सार्वजनिक सवारी र पैदलयात्राको माध्यमबाट देशभरि भ्रमण गर्ने उद्देश्यको साथ हिंडेको बताए।

    कृपा दैनिकको वाषिर्कोत्सवमा रक्तदान

    वीरगंज, ४ फागुन/ वीरगंजबाट प्रकाशित हुने कृपा दैनिक पत्रिकाले पांचौं वर्षपूरा गरी छैठो वर्षा प्रवेश गरेको छ।
    आज शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको प्रा·णमा वाषिर्कोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए।
    रक्तदान कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाले संचारकर्मीहरुसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरु जोखिम अवस्थामा रहेकोले पत्रकार र प्रशासनबीच सहकार्य गर्न आवश्यकता रहेकोमा जोड दिए।

    बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

    वीरगंज, ४ फागुन/ जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले आह्वान गरेको बन्दको कारण पर्सा र बाराको जनजीवन प्रभावित भएको छ।
    आज वीरगंजको मुख्य बजार बन्द भएका छन् भने छोटो दुरीका सवारीसाधनहरु चलेका छन्।
    यसैवीच बन्दको अवज्ञा गरेको भन्दै ज्वाला सिंह समूहका कार्यकर्ताले आज १२ः३० बजे बारा, लिपनीमाल-८ मा दाना लोड गरी उभिएको ना १ ख ३०८३ नंंको ट्रकमा आगजनी गरेका छन्। वीरगंजबाट गएको वारुण यन्त्र र स्थानीयबासीको सहयोगमा सो आगो नियन्त्रणमा लिएको थियो।
    बन्दको अवज्ञा गरेको भन्दै सो ट्रकमा आगजनी गरेको तुफान सिंहले टेलिफोनमार्फ जिम्मा लिएका छन्।

    फोरम मधेशको भर्त्सना


    वीरगंज, ४ फागुन/ मधेशी जन अधिकार फोरम मधेशले मस्जिदमा सुंगुर काटेर फालेको घटनाप्रति घोर भर्त्सना गरेको छ।
    आज फोरम मधेशका जिल्ला इन्चार्ज जयकरण प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सदिऔंदेखि र्सवधर्म सम्भव समन्वयको देश रही आएकोमा संयुक्त सरकार बनेदेखि धार्मिक सदभाव बिग्रिने क्रियाकलापमा वृद्धि भएको, हिन्दूको आस्था केन्द्र पशुपतिनाथको परम्परागत पूजारी हटाउनु तथा कपिलवस्तुको चन्द्रावटाको मस्जिदमा सुंगुर काटेर फाल्ने दुष्कर्म गरी धार्मिक आस्थामाथि कुठाराघात गर्नु निन्दनीय कार्य गरेको उल्लेख छ ।
    यस्ता घटनामा संलग्नलाई स्थानीय प्रशासनले तुरुन्त कारबाही गर्न जोडदार माग गर्दै मुस्लिम समुदायलाई धर्ैयधारण, सदभाव कायम राख्न आग्रह गरेको उल्लेख छ ।

    0 comments: